इश्वर थापा
गोगनपानी, मंसिर ८
धादिङ/ जनसेवा निम्न माध्यमिक विद्यालय गोगनपानी २ कोटथोकमा समुदाय स्तरिय सरसफाई प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक रामकुमार गुरुङको अध्यक्षता र नेपाल रेडक्रस सोसाईटीका, कार्यक्रम अधिकृत, कुस्माकर शर्मा को प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा, शिक्षक, विद्यार्थी र अभिभाकहरुको उपस्थिती रहेको थियो ।
समुदायलाई सरसफाई र खुल्ला दिसा मुक्त क्षेत्र घोसणा गर्ने उदेश्यले आयोजना गरीएको कार्यक्रममा, विद्यालयका ३० जना विद्यार्थीहरुको सहभागीता थियो । कार्यक्रममा विद्यालयका शिक्षक हरिहर सुवेदी र केवलपुर सरसफाई समितिका सभापति प्रकास आचार्यले सहभागी विद्यार्थीहरुलाई विषयबस्तु माथि प्रस्ट्याउनु भएका थियो ।
0 comments:
Post a Comment