Saturday, November 26, 2011

सुदिप विश्वकर्मा
धादिङ्ग मंसिर १०/
संघिय मामीला, संबिधान सभा,व्यबस्थापिका तथा संस्किृति मंन्त्रि गोपाल किराँतीले राजनितीक निती र सहमतीको आधारमा शान्ती प्रक्रिया टुङ्गि सकेको बताउनु भएको छ ।
आज धादिङ्गको सदरमुकाम धादिङ्गबेशीमा नेपालका प्रथम सहिद क्याप्टेन लखन थापाको नव निर्मित शालिक आनावरण कार्यक्रममा बोल्दै मन्त्रि किराँतीले माओबादी भित्रैका एकाथरि नेताहरुले अबरोध गरे पनि जनमुक्ति सेनाको समायोजनमा जाने लहरले शान्ती प्रक्रिया टुङ्गिएको धारणा राख्नु भएको थियो  ।
 कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मंन्त्रि किराँतीले माओबादीका कारणले शान्ती र संबिधान नभाडिने भन्दै उहाले एथासक्य किसान, गरिव,मजदुर,दलित र जनपक्षिय संविधान नेपाली जनताको अगाडी सार्बजनिक गर्ने तयारीमा सरकार अगाडी बढेको बताउनु भयो । ,त्यस्तै गरि उहाँले जनपक्षिय संबिधान नबने नेपाली जनतालाई अस्विकार्य हुने समेत बताउनु हुदै संघियता हुने कि नहुने भन्ने विषयमा बहस अनावश्यक भई सकेकाले अब देश संघिय राज्यमा जाने ठोकुवा गर्नुभएको थियो ।
एकिकृत ने।क।पा माओबादीका पोलिटव्युरो सदस्यय समेत रहनु भएका मंन्त्रि किराँतीले लखन थापाले गर्नु भएको त्याग लाई स्मरण गर्दै लखन थापाको बलिदानले नै देश यो अवस्थामा आएको बताउनु भयो। ,सहिदको सपना साकार पार्न आफु दृढ भएर लागी पर्ने , लखन थापाको बलिदान लाई स्मरण गर्नको लागी सरकारले लखन थापा स्मिृती अक्षयकोष निर्माण गर्ने र उहाँको संम्मानमा सरकारले कुनै कमजोरी नराख्ने प्रतिबद्धता पनि उहाले ब्यक्त गर्नु थियो ।
त्यस्तै गरि कार्यक्रमका विषेश अतिथी एकिकृत नेकपा माओवादीका केद्रिय सदस्य तथा धादिङ्ग क्षेत्र नः १ का सभासद पुष्प विक्रम मल्लले शान्ती र संबिधानका लागी माओबादी बाट सदनमा रहेका २३६ जना सभासद्ले बलिदान गर्न तयार रहेको धारणा राख्नु थियो । उक्त शालिक अनावरण कार्यक्रममा एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा धादिङ क्षेत्र नं  १ का सभासद पुष्प विक्रम मल्ल, जिल्ला सह ईञ्चार्ज रामबहादुर भण्डारी, नेपाली कांङगे्रसका सचिव भक्त लामा नेकपा एमालेका जिल्ला अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी, सरकारी कार्यलयका प्रमुख, विभिन्न संघ सस्थाका प्रतिनिधि लगायतको आतिथ्य रहको थियो । 
आदीवासी जनजाती जिल्ला समन्वय परिषद् ,आदीवासी जनजाती उत्थान जिल्ला समन्वय समती र जिल्ला विकास समिती धादिङ्ग द्धारा आयोजित कार्यक्रममा आदीवासी जनजाती जिल्ला समन्वय परिषद धादिङ्गका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको सभापत्तित्व रहेको थियो ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts