धादिङबेसी मंसिर ९/
चेपाङ समुदायको आथिर्क तथा सामाजिक विकासको लागि छुट्याउदै आएको रकम घटाएकोमा चेपाङ समुदायले गुनासो गरेका छन् । राज्यले देशभका चेपाङ समुदायको आथिर्क तथा सामाजिक विकासको लागि भनेर गत वर्ष ९५ लाख रुपैंया विनियोजन गरेकोमा यस वर्ष ४५ लाख रुपैंया मात्र विनियोजन गरिएको भन्दै उनीहरुले गुनासो गरेका हुन् ।
सिमान्तकृत समुदायको रुपमा रहेको चेपाङको आथिर्क, शैक्षिक तथा सामाजिक विकासका लागि भनेर २०३४ सालदेखि प्रजा (चेपाङ) विकास कार्यक्रम सञ्चालन गरिदै आइरहेको भए पनि पछिल्लो समयमा भने कार्यक्रमको रकम घटाएको नेपाल चेपाङ संघका केन्द्रीय सदस्य तिलक चेपाङले बताउनु भयो ।
सरकारले दिंदै आएको रकमको आधा पनि विनियोजन नगरेपछि चेपाङ समुदायका लागि सञ्चालित विभिन्न योजना तथा कार्यक्रम अलपत्र परेको उहाँको भनाई रहेको छ । चेपाङ विकास कार्यक्रम अन्तर्गत प्राप्त रकम चेपाङ विद्या्र्थीलाई विद्या्यलय पोशाक खरिद, विभिन्न पुर्वाधार विकास लगायतका शिर्षकमा खर्च हुने गरेको र रकम घटाएपछि सोही अनुपातमा खर्च गरेर सबैतिर पुर्र्याउन नसकिने संघका अध्यक्ष जितेन्द्र चेपाङको धारणा छ ।
चेपाङ समुदायका विकासका लागि भनेर राज्यले छुट्याएको कुल बजेट मध्ये धादिङ जिल्लाका लागि ९ लाख ९५ हजार मात्र पर्न आएको अध्यक्ष चेपाङले बताउनु भयो । सो रकमबाट जिल्लाका प्राथमिक तहमा अध्ययनरत ४५ सय चेपाङ विद्यार्थीलाई विद्या्यलय पोशाक, जिल्लामा निर्माणाधिन अवस्थामा रहेको एकमात्र चेपाङ छात्राबास भवन निर्माण तथा व्यवस्थापन तर्फ समेत अफ्ठेरो परेको र आएको सानो रकमबाट धेरै शिर्षकमा खर्च पुर्याउनु पर्दा आफुहरु निकै समस्यामा परेको चेपाङ संघका जिल्ला कोषाध्यक्ष सन्तमान चेपाङलेबताउनु भयो ।

0 comments:
Post a Comment