धादिङबेसी मंसिर ११/
जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेलले धादिङको दक्षिणी क्षेत्रका विद्यालयहरुमा अनुगमन गरि विद्यालयहरुलाई सुझाव दिनु भएको छ । स्थानीय तहबाट निर्माण गरि लागु गरिएका पाठ्यक्रमको अवस्था र लागु गर्दाका समस्याका बारेमा अनुगमन गरिएको जिल्ला शिक्षा अधिारी पौडेलले बताउनु भयो ।
जोगिमारा स्थित शंखादेबी उच्च मावि, धुषा गाविस स्थित बुद्धि विकास प्रावि, बेनिघाट गाविस स्थित चन्द्रोदय उच्च मावि, चन्द्रोदय मावि र गजुरी गाविस स्थित आदर्श उच्च माध्यमिक विद्यालयको अनुगमन गरिएको थियो ।अनुगमनको क्रममा जिल्ला शक्षिा अधिकारी पौडेलले विद्यालयहरुलाई स्थानीय तहमा निर्माण गरिएको पाठ्यक्रमलाई प्रभावकारी रुपमा लागु गर्न, नियमित रुपमा विद्यार्थीहरुलाई मूल्याङ्कन गर्न निर्देशन दिनुभएको थियो । विद्यालयलाई प्रभावकारी शिक्षण पद्धतीबाट शिक्षण विधि अपनाउन र विद्यालयको हिसाव पारदर्शी बनाउन निर्देशन दिँदै विद्यालय व्यवस्थापन समिति गठन नभएका विद्यालयमा तत्काल नयाँ समिति गठन गर्न निर्देशन दिनुभएको थियो ।
0 comments:
Post a Comment