धादिङ माघ २२ धुवाँकोट /
स्थानीय शासन तथा सामुदायिक विकास समाज हेटौंडा र जिल्ला विकास समिति धादिङ सम्मिलित एक समूहले धुवाँकोटमा सञ्चालित नागरिक सचेतना केन्द्रको हिजो अनुगमन गरेको छ । नागरिक सचेतना केन्द्र धुवाँकोटका संयोजक कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा हिजो सम्पन्न एक कार्यक्रमका बीच सो टोलीले नागरिक सचेतना केन्द्रद्वारा सञ्चालित योजना, योजनाको प्राथमिकता, प्रजनन् स्वास्थ्य, सरसफाई लगायतको क्षेत्रमा अनुगमन गरेको हो । सो अवसरमा स्थानीय शासन तथा सामुदायिक विकास समाज हेटौंडाका प्रमुख बृजेश्वरी श्रेष्ठ, जिल्ला विकास समिति धादिङका ललितजंग शाह, धुवाँकोट गाउँ विकास समितिका सहायक सचिव अर्जुन बहादुर श्रेष्ठ, प्रगतिशील महिला वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक भैरव बहादुर अधिकारी, प्रयास नेपाल धादिङका सामाजिक परिचालीका सविता अर्याल, पार्वती तामाङ, वडा नागरिक मञ्चका पदाधिकारी लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

0 comments:
Post a Comment