धादिङ माघ २० किराञ्चोक /
एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् धादिङ क्षेत्र नं. १ का सभासद पुष्प विक्रम मल्लले ६ हजार ५ सय माओवादी जनसेनालाई सम्मानजनक तवरले नेपाली सेना अन्तर्गतको महानिर्देशनालय समायोजन गर्नुपर्ने बताउनु भएको छ । एकीकृत नेकपा माओवादी किराञ्चोकको प्रथम गाउँ सम्मेलनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै मल्लले सम्मानजनक ढङ्गबाट सेना समायोजन गरेर समयमै संविधान निर्माण र शान्ति प्रक्रिया टुङ्गयाउनु पर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मल्ले राष्ट्रियताको आधारमा जातीय प्रदेशको नाम राख्नुपर्ने र आत्म निर्णयको अधिकार सहित महिला, दलित र आदिवासी जनजातीलाई विशेष अधिकार दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । यस्तै कार्यक्रमका विशेष अतिथि एवम् धादिङ क्षेत्र नं. ३ का सभासद शालिकराम जम्कट्टेलले नयाँ नेपाल निर्माण गर्न प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्था सहितको शासकीय स्वरुप अपनाउनुपर्ने बताउनुभयो । जनसेना समायोजका सन्दर्भमा पार्टीले हदैसम्मको लचकता अपनाई सकेकाले अव यस विषयमा थप लचकता अपनाउन नसकिने उहाँको भनाई थियो ।
एनेकपा माओवादी किराञ्चोकका सचिव बद्रिप्रसाद जम्कट्टेलको अध्यक्षतामा सम्पन्न सम्मेलनमा एकीकृत माओवादी धादिङका सह–इञ्चार्ज शेरबहादुर भण्डारी, जिल्ला सचिव राजु नेपाल, सह–सचिव विजय बुर्लाकोटी, जनवर्गिय संगठन धादिङका अध्यक्ष तारा भण्डारी लगायतको आतिथ्य रहेको थियो ।
अधिवेशनले उद्धवकार्की इञ्चार्ज रहनेगरी पार्टीको किराञ्चोक गाउँ कमिटि गठन गरेको छ । पुनर्गठित कमिटिको सह–इञ्चार्जमा रामजीबहादुर श्रेष्ठ, हरिशरण तामाङ, चेलीमाया तामाङ र सुनबहादुर स्याङ्तान चयन हुनुभएको छ । यसैगरी सचिवमा बद्रिप्रसाद जम्कट्टेल, सह–सचिवमा प्रमोदराज अधिकारी, सहदेव प्रसाद जम्कट्टेल र देवराज ओझा चयन हुनुभएको छ ।

0 comments:
Post a Comment