Saturday, February 18, 2012

रामकुमार थापा
धादिङबेसी फाल्गुन ६/
माओवादी लडाकुलाई बिग्रेडियर जनरल (सहायक रथी) सम्म दिने गरी आएको नेपाली सेनाको प्रस्ताव आफूहरुलाई मान्य नहुने नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले बताउनु भएको छ । प्रधान सेनापतिले सेना भित्र नै छलफल नगरी यस्तो प्रस्ताव ल्याउनु अलोकतान्त्रिक र अराजक भएको उहाँको भनाई थियो । नेपाल प्रेस युनियन धादिङले आज धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले सेनाले पछिल्लो प्रस्ताव तुरुन्त फिर्ता लिनुपर्ने बताउनुभयो । देशमा परिवर्तनको लागि मुख्य भूमिका नेपाली काँग्रेस र एकीकृत नेकपा माओवादीको भएको र अन्य दलहरुले सहायकको  भुमिका मात्रै निभएको भन्दै कोइरालाले माओवादीले शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाली काँग्रेसको नेतृत्वमा संविधान जारी गर्नुपर्ने बताउनुभयो । शान्ति प्रक्रियाको मुख्य हिंस्सा माओवादी पनि भएकाले आपूmहरुले डा. बाबुराम भट्टराईको राजीनामा नमागेको उहाँको भनाई थियो । वर्तमान सरकारले सेना समायोजन गरेर शान्ति प्रक्रिया टुङ्गयाउनु पर्ने बताउनु भएका कोइरालाले –‘नेपाली काँग्रेको नेतृत्वमा संविधान जारी गर्दै अर्काे निर्वाचन गर्नुपर्छ ’ भन्नुभयो । नेपाली काँग्रेस सुधारिएको संसदीय व्यवस्थाको पक्षमा रहेको भन्दै उहाँले यदि राष्ट्रपतिय प्रणलीमा जाने हो भने माओवादीले बहुलवाद मान्नु पर्ने बताउनुभयो । संविधानको प्रस्तावनामा नै बहुलवाद उल्लेख गर्ने हो भने नेपाली काँग्रेसले राष्ट्रपतिय  शासन प्रणाली स्विकार्ने उहाँको भनाई थियो ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts