किशोर अधिकारी
माघ २३ किराञ्चोक
रिठ्ठाबोटे प्राथमिक विद्यालय किराञ्चोक २, मझुवाका शिक्षक सुनबहादुर स्याङ्तानलाई शनिवार एमाले कार्यकर्ताले हातपात गरेको विरोधमा अखिल नेपाल शिक्षक संगठनले हिजो किराञ्चोकका सम्पूर्ण शैक्षिक संस्था बन्द गराएको छ । किराञ्चोकमा भएको एमालेको गाउँ अघिवेशन सकेर फर्कने क्रममा एमाले कार्यकर्ताहरुले शिक्षक स्याङ्तान सहित अन्य माओवादी कार्यकर्ताहरु माथि हातपात गरेको विरोधमा विद्यालयहरु बन्द गरिएको अखिल नेपाल शिक्षक संगठन किराञ्चोकका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिनु भएको छ । यद्यपी किराञ्चोकका दुई माध्यमिक विद्यालयमा सञ्चालन भैरहेको टेष्ट परीक्षा भने निर्वाद सञ्चालन भयो ।
यसैबीच अखिल नेपाल शिक्षक संगठन धादिङले आज एक विज्ञप्ति जारी गरी घटनको विरोध गरेको छ । संगठनका जिल्ला सचिव रमेश कठायतले हिजो एक विज्ञप्ति जारी गरी घटनाको घोर भत्र्सना र दोषी माथि तत्काल कारबाहीको माग गर्नुभएको हो । देशमा शान्ति प्रक्रिया अघि बढिरहेको अवस्थामा आफूलाई बामपन्थि भन्ने एमाले कार्यकर्ताहरु समेत शिक्षकहरु माथि आक्रमणमा उत्रिनु निन्दनीय भन्दै विज्ञप्तिमा तत्काल दोषी माथि कारवाही नभए कडा भन्दा कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

0 comments:
Post a Comment