धादिङबेसी माघ २३ गते /
विभिन्न ५२ शुत्रिय माग राख्दै संयुक्त शिक्षक आन्दोलन जिल्ला समिति धादिङको आयोजनामा आइतबार शिक्षकहरुले जिल्ला शिक्षा कार्यालय धादिङमा धर्ना दिएका छन् । विभिन्न शिक्षक संगठनहरु सम्मिलित संयुक्त शिक्षक आन्दोलन राष्ट्रिय समितिले तय गरेको ४७ र स्थानीय ५ वटा माग समेटेर शिक्षहरुले आज दिउँसो जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका हुन् । त्यसअघि निस्किएको शिक्षकहरुको ¥याली बजार परिक्रमा गर्दै जिल्ला शिक्षा कार्यालयको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा जिल्ला स्थित विभिन्न शिक्षक संगठनका प्रमुख तथा प्रतिनिधिहरुले बोल्नुभएको थियो ।
सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण विद्यालय कर्मचारीहरुलाई स्थायी दरबन्दी कायम गरी सेवा अवधि गणना हुने गरी शिक्षक सरह सेवा, सर्त, सुविधा र दुर्गम भत्ता चालु आर्थिक वर्षमै उपलब्ध गराउनुपर्ने, २०५५ साल यता राजनीतिक, आर्थिक र उमेरका कारण अवकास गरिएका विद्यालय कर्मचारीहरुलाई क्षतिपुर्ति सहित पुनर्वहाली गर्नुपर्ने, अस्थायी शिक्षकहरुलाई निवृत्तिभरणकालागि सेवा अवधि गणना हुनेगरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने, मुलुकभर कार्यरत एक शैक्षिक शत्र पूरा गरेका पि.सी.एफ तथा राहत कोटामा नियुक्त शिक्षकहरुलाई स्थायी दरबन्दीमा रुपमान्तरण गरी स्थायी प्रक्रिया शुरु गर्नुपर्ने लगायतका माग राख्दै शिक्षकहरु आन्दोलित भएका हुन् ।
यसैगरी जिल्ला शिक्षा कार्यालय मार्फत वितरण गरिने भौतिक लगायत विभिन्न कार्यक्रमहरु समयमै पारदशी ढंगले वितरण गर्ने व्यवस्था गर्नुपर्ने, जिल्लाका सम्पूर्ण राहत दरबन्दीमा कार्यरत शिक्षकहरुलाई एक व्यक्ति एक राहत सुविधाको सुनिश्चितता गर्नुपर्ने, जिल्ला शिक्षा कार्यालयमा काम लिएर आउने शिक्षक तथा कर्मचारीहरुलाई विना झन्झट र सहजै सेवा उपलब्ध गराउनुपर्ने लगायतका मागहरुपनि उनीहरुले अघि सारेका छन् । गत पौष मसान्तसम्म पहिलो चरणको आन्दोलनबाट पनि माग पूरा नभएपछि शिक्षकहरुले दोश्रो चरणको आन्दोलन अघि बढाउँदै आएका छन् ।

0 comments:
Post a Comment