Sunday, February 5, 2012

बच्चुराम थापा / माघ २३ मार्पाक /
मंगलादेवी माध्यामिक विद्यालय मार्पाक ७ वोराङमा गत माघ १८ गतेदेखि सञ्चालन भएको खेलकुद सप्ताह आज सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीको अध्यक्षतामा सञ्चालन भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरु संचालन भएका थिए । जस अन्तर्गत प्राथमिक विद्यालय तर्फ गणितीय दौड, रुमाल टिपाई, २०० मिटरको दौड, कक् फाईट, चम्चा गुच्चा दौड र निम्न माध्यामिक तथा माध्यामिक तहतर्फ लङजम्प, सटपुट, डोरी तान्ने, कक फाईट, भलिवल, म्यूजिकल चियर लगायतका खेलहरु सम्पन्न भएको विद्यालय श्रोतले जानकारी दिएको छ । सो अवसरमा भएका विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीहरुलार्य शैक्षिक सामग्रीबाट पुरस्कृत गरिएको थियो । 

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts