धादिङ माघ २७ बुढाथुम /
शिक्षकहरुको पेशागत विकास सम्बन्धी, दोस्रो चरणको ५ दिने तालिम, बद्रिविशाल उच्च माध्यामिक विद्यालय वुढाथुम –५, मा हिजो सम्पन्न भएको छ । वुढाथुम, वसेरी र मुलपानी गाउँ विकास समितिका विभिन्न विषयका, २५ जना विषयगत शिक्षकहरुको सहभागिता रहेको, तालिममा, विषयगत रोष्टर प्रशिक्षकहरुले प्रशिक्षण दिनुभएको थियो ।
५ दिनसम्म चलेको तालिममा विज्ञान विषयतर्फ, रोष्टर प्रशिक्षक, हरिप्रसाद रेग्मी, सामाजिक तर्फ कृष्ण प्रसाद शर्मा र गणितर्फ मोहन बहादुर अधिकारीले प्रशिक्षण दिनुभएको हो । सो अवसरमा शिक्षकहरुको पेशागत दक्षता अभिवृद्धि, शिक्षण सिकाई क्रियाकलापमा एकरुपता ल्याउने र शिक्षणका क्रममा आइपर्ने समस्यालाई कसरी हल गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराइएको, बुढाथुमबाट शिवराज अधिकारीले जानकारी दिनुभएको छ ।

0 comments:
Post a Comment