Friday, March 2, 2012

धादिङबेसी फागुन १९ गते /
नीलकण्ठ गाविस  बसाह घर भई नगरकोट शिक्षालयमा कार्यरत नेपाली सेनाका जवान इश्वर पन्त र सोहि गाविस  भुल्भुले बस्ने  धादिङ जिल्ला मालपोत कार्यालयमा कार्यरत लक्ष्मी खड्का बिच आज जनवादी विवाह सम्पन्न भएको छ । पुरानो संस्कृतिको अन्त्यका लागी धनि र गरिव विचको बैवाहिक खाडल कम गर्न आफुहरुले जनवादी विवाह गरेको वर वधु ले कार्यक्रममा जानकारी गराएका थिए । विवाह कार्यक्रममा प्रमुख अतिथि तथा एकिकृत नेकपा माओवादी धादिङका सह इन्चार्ज राम बहादुर भण्डारीले जनवादी विवाहले पुरानो पुजीवादी संस्कृतिलाई तोड्दै समाज क्रमिक ढंगले प्रगतिशिल तवरले अगाडी बढि रहेको बताउँदै केटा केटीको राजी खुसी विना नै करपापमा विवाह  हुने र सेक्स अनि विवाह   गर्ने पँुजीवादी संस्कृतिलाई तोड्दै प्रेम, विवाह पछि सेक्सको जनवादी संस्कृतिले समाज रुपान्तरण गर्दै अगाडी बढेको बताउनु भएको थियो ।
कार्यक्रमा रेडियो बिहानीका निमित्त स्टेशन म्यनेजर नारायण सिलवाल, एकिकृत नेकपा माओवादीका जिल्ला सदस्य रामचन्द्र सामरी लगायतले दाम्पत्य जिवनको शुभकामना दिनु भएको थियो । धादिङबेसी स्थित रेडक्रस सोसाइटीको  हलमा भएको विवाह कार्यक्रममा  बर बधुका परिवार, आफन्त जनहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts