धादिङ फागुन १९ नौबिसे /
जनयुद्धको समयमा धादिङबाट ज्यान गुमाएका १ सय १२ जना सहिद तथा २७ जना वेपत्ता योद्धाहरुको परिवारलाई आज अभिनन्दन गरिएको छ । एनेकपा माओवादी धादिङको आयोजनामा धार्के चालिसेमा भएको एककार्यक्रममा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिद तथा वेपत्ता परिवारका सदस्यहरुलाई दोशल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
सहिद तथा वेपत्ता परिवार समाज धादिङका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संबोधन गर्दै अध्यक्ष प्रचण्डले बेपत्ता योद्धाहरुको अवस्था सार्वजनिक गर्न तत्कालै आयोग बनाउने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् धादिङ क्षेत्र नं.१ का सभासद पुष्पविक्रम मल्ल, केन्द्रिय सदस्य वेधनिधि अधिकारी, धादिङ क्षेत्र नं. ३ का सभासद एवं. मजदुर नेता सालिकराम जम्कटेल सहित जिल्ला नेताहरुको आतिथ्य रहेको थियो । कायक्रम सहिद सप्ताहको अवसर पारेर आयोजना गरिएको हो ।

0 comments:
Post a Comment