धादिङ फागुन १९ गलौंदी /
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनु भएको छ । संक्रमणकालमा केहि समस्या देखिनु स्वभाविक भएपनि यो सफलता पूर्वक सम्पन्न हुने बताउनु भएको हो ।
धादिङमा आजदेखि शुरु भएको कृषि, पर्यटन तथा औद्योगिक मेलाको उद्घाटन समारोहमा संबोधन गर्दै अध्यक्ष प्रचण्डले आफूलाई राष्ट्रिय हिरो बन्ने मौका नगुमाउन गरिने गरेकाले थप जिम्वेवारी र चुनौति थपिएको महसुस भएको बताउनु भयो ।
यसैगरी नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले शान्ति र संविधान हामी सबैले भन्ने गरेपनि त्यसमा कसले र किन बाधक बनिरहेको छ त्यो पैल्याउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली जनताले रगत बगाएर प्राप्त गरेको गणतन्त्र, संघियता र परिवर्तनलाई कसैले तुहाउन नसक्ने बताउनुभयो ।
फागुन २५ गतेसम्म सञ्चालन हुने मेलाको नेता त्रयले संयुक्त रूपमा पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको थियो । नेपाल उद्योग वाणिज्य संध धादिङको आयोजना र जिल्ला विकास समिति धादिङको सह–आयोजनामा शुरुभएको मेला उद्घाटन समारोहमा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् धादिङ क्षेत्र नं. १ का सभासद पुष्प विक्रम मल्ल, धादिङ क्षेत्र नं. ३ का सभासद शालिकराम जम्कटेल, नेकपा एमालेका पोलिटव्यूरो सदस्य गंगालाल तुलाधर, नेपाली काँग्रेस धादिङका सभापति रामनाध अधिकारी, नेकपा एमालेका जिल्ला अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकर्णीकार, धादिङका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद आचार्य, स्थानीय विकास अधिकारी शंकर नेपाल लगायतको आतिथ्य रहेको थियो । “संवृद्ध धादिङको परिकल्पना, कृषि तथा पर्यटनको विकास र उद्योगको स्थापना” भन्ने मुल नाराका शुरु भएको मेला उद्घाटन कार्यक्रम अधि धादिङ जिल्लालाई झल्काउने विविध झाँकी सहितको ¥याली समेत निकालिएको थियो ।

0 comments:
Post a Comment