Friday, March 16, 2012



 देवेन्द्र कोइराला 
२ वटा लैना बाख्रा एकै ठाउँमा बाँध्यो भने एउटा माउले अर्कोको बच्चालाई देखि सहंदैन । आफ्ना मुसार्ने र अर्काको बच्चो नजिक आयो कि उसलाई मुन्टो बटारेर हान्ने र कान टोकिहाल्ने गर्छ । कसले टोक्यो भन्ने कुरा त्यो कलिलो पाठो प्या‘। गरेर कराएपछि मात्रै थाहा हुन्छ । बिगत एकवर्षदेखि माओवादीभित्रको दैनिकी पनि यस्तै हान्ने र टोक्नेमै बित्यो । तर उनीहरुले अर्काको हैन आफ्नै पाठापाठीलाई टोकेर र टोकाएर ूमहान् संघर्षूको बिजारोपण गरे । शत्रुसंग लडेर वीरगति प्राप्त गर्न उत्साहित कार्यकर्ताहरु आफ्नै सहयात्रीहरुसंग मन फुकाएर भाले जुधाईमा उत्रिए र उतारिए । अहिलेसम्म प्राप्त उपलव्धीहरुको रक्षा गर्ने, नेपालको आमूल परिवर्तनको चाहनालाई मूर्तरुप दिने, वर्गमित्र र वर्गदुष्मनहरुको पहिचान गर्ने कार्यमा हामी चुक्यौं । यो स्वर्ण अवसरलाई सदुपयोग गर्न नसक्दा सर्वहारा जनताको पक्षमा बढिभन्दा बढि हित गर्नसक्ने संविधान बनाउने र त्यो गर्न नसकेपनि कमसेकम कमभन्दा कम प्रतिक्रियावादी संविधान बनाउने, त्यसबाट नभए आम जनताको फैसलामा विश्वास गर्दै कानूनी वा गैरकानूनी संघर्षका विकल्प र त्यसका आधारहरु तयार गर्ने विषयमा हामी प्रवेश नै गरेनौं ।

कम्युनिष्टहरुका हरेक कदमहरु वैज्ञानिक, यथार्थपरक र योजनावद्ध हुनुपर्नेमा त्यसको उल्टो भयो । आफ्नै आङ्ग कन्याएर छारो उडाउने प्रतिष्पर्धा चल्यो । बरु प्रतिक्रियावादीहरुका हरेक कामहरु शुरुदेखि नै योजनाबद्ध थिए र यहि योजनाका कडीका रुपमा जनताबाट थुकेर फालिएका विशाल हरुवा जत्थाले सिंहदरवार कब्जा मात्रै गरेन, शान्ति प्रकृया र संविधान निर्माणको कार्यलाई एक ठटृामजाकको रुपमा स्थापित गर्न सफल भयो । प्रचण्ड नेतृत्वको सरकारले पूरा अवधि काम गर्न पाएको भए सायद यतिखेर नयां संविधानले दोश्रो वाषिर्कोत्सवको तयारीमा हुने थियो । तर हामी योजनाविहिन बन्यौं । बिगत एकवर्षको यो भाले जुधाईमा जुध्नेहरुले के पाए भनेर मूल्यांकन गरिसक्ने बेला आएको छैन ।
किनकी जुधाईमा बिराम लागेको छ । अन्तीम फैसला नभएसम्म यो टुर्नामेन्टको नतिजा निस्किहाल्ने अपेक्षा गरिएको छैन । तर त्यो जुधाईबाट प्रतिक्रियावादीहरुले भने भरपूर फाइदा र मनोरञ्जन लिए । अहिले आएर बिगत एकवर्षदेखिको यो जुधाईमा बिराम लागेको छ । तर यो पनि ूटिफिन टाइमू हो वा साच्चिकै मैजारो भएको हो भन्ने संशय भने बांकी नै रहेको छ ।
बिगत एकवर्षदेखि माओवादीको नेतृत्वसमूह र हेडक्वार्टरलाई अत्यन्तै कमजोर बनाइयो । यही नेतृत्वको रक्षाको लागि प्राणको आहूति दिन तयार हुने कार्यकर्ताहरु यसैका बिरुद्ध खन्याइए । यस प्रतिष्पर्धामा आफ्नो मर्यादाको समेत ख्याल नगरी भएका नभएका कुराहरु जोडजाम गरी अत्यन्तै नकारात्मक र असभ्य तरिकाले प्रस्तुत गरियो । नेतृत्व कमजोर र विभाजित हुंदा जनताको मनोबल कस्तो हुने रहेछ भन्ने कुरा अहिले हामीले देखिसकेका छौं । मियो कमजोर हुँदा र हल्लाउँदा त्यसको असर खलोको केन्द्रमा मात्रै पर्दैन पूरै दाईँ हाल्ने प्रक्रिया नै पर्दछ भन्ने कुरालाई नजरअन्दाज गरियो । कमजोर भकारी फोर्न मुसालाई कुनै अप्ठ्यारो पर्दैन भन्ने कुराको ख्याल गरिएन र पार्टीभित्र र बाहिर सबैतिरबाट निरन्तर डसिएको घाइते नेतृत्वलाई मुन्ट्याउन प्रतिक्रियावादीहरु एकजुट भएर लागे । यसको तत्कालिन परिणाम हामी जुन देखिरहेका छौं यसको दीर्घकालीन असर उत्तिकै हानिकारक छ । किनकी यो प्रतिक्रियावादी र क्रान्तिकारीहरुको हतियारविहिन युद्ध हो र यो युद्धमा आम जनताको मनोविज्ञानमा पर्ने असरले धेरै कुराको भविष्य निर्धारण गर्दछ ।
नेपाल अहिले निकै ठूलो चुनौति र सम्भावनाबाट गुज्रिएको छ । तर अहिले आएर सम्भावना कम र चुनौतिहरुको पारो बढ्दै छ । चुनौतिहरु थपिएका छन् र सम्भावनाहरु हृ्रास हुंदैछन् । क्रान्तिकारीहरु रुपान्तरण हुँदैछन् तर त्यो रुपान्तरणको दिशा उल्टोतर्फ गैरहेको छ । हामीपनि अरुजस्तै बन्ने प्रकृयामा धसिंदै गैरहेका छौं । हाम्रा मौलिकताहरु खोसिंदै र असान्दर्भिक बनाइंदैछन् । यस अवस्थामा सबै उस्तै रहेछन् भन्ने आशंका जनतामा तीब्र हुने र निराशा बढ्ने क्रम बढ्दो छ । यसैपनि यो संविधानसभा र यसले बनाउने संविधान क्रान्तिकारीहरुको लागि कुनै चमत्कारपूर्ण हुने छैन । फेरि संविधान बन्न नसकेको अवस्थामा पूर्व राजाका दुई दर्जन पूर्व खेतालाहरुले माओवादीका बिरुद्धको आक्रमण तीब्र पार्ने र अस्थिरता निम्त्याई पुरानै लुटको साम्राज्य खडा गर्न हरतरहले प्रयत्न गर्नेछन् । त्यसको जवाफमा क्रान्तिकारीहरुले पनि त्यही अस्थिरताका बीचबाट आफ्नो जीउको धुलो टक्टक्याएर उनीहरुलाई परास्त गरी जनताको पक्षमा र क्रान्तिका पक्षमा आफ्नो कार्यभार पूरा गर्नको लागि मनैदेखि एकजुट हुनुपर्छ र त्यसको शुरुवात भैसकेको भएपनि यसलाई अझै सुदृढ तरिकाबाट लैजानुपर्दछ । पार्टीभित्रका अन्तरविरोधहरुलाई वैज्ञानिक र माक्र्सवादी पद्धतिबाट समाधान गरी केन्द्रदेखि गाउंस्तरसम्म कचमच्चिएको संगठनलाई कसिलो गर्न जोड्नै पर्छ र यो बिना अन्य योजनाका बिषयमा कल्पना गर्नु हावामा फूल फूलाउने कल्पना गर्नु सरह हुनेछ ।९मभखभलमचबपयष्चबबि२नmबष्।िअयm०

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts