५ चैत, भक्तपुर / परिक्षा नियन्त्रण कार्यालय भक्तपुरले मंगलबारदेखी सुरुहुने यसबर्षको एसएलसी परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । देशभर एकै समयमा संचालन हुने परीक्षाका क्रममा चिट चोरेको वा चोर्न लगाउनेलाई ६ महिना कैद र १ लाख रुपैंया जरिवाना हुने भएको छ ।
परिक्षाका लागि सबै जिल्लामा प्रश्नपत्र पुगिसकेको र परीक्षा केन्द्रमा केन्द्राध्यक्ष देखि निरिक्षकहरुको समेत ब्यवस्था भइसकेको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ । परीक्षालाई सुरक्षित एवं मर्यादित बनाउन सुरक्षाकर्मी ब्यवस्था गरिएको र अभद्र ब्यवहार देखाउने, चीट चोर्न उक्साउने लगायतका अनैतिक आचरण प्रस्तुत गर्नलाई एक लाख नगद जरिवाना र ६ महिनाको कैद वा दुबै सजाय हुने बताइएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसबर्षकुल पाँच लाख ८२ हजार दुई सय मध्ये नियमिततर्फ ४ लाख ४६ लाख एक सय ६० जना र आशिंक तर्फ८२ हजार ९१ जनाले एसएलसी परीक्षा दिने भएका छन । परीक्षा चैत्र ७ गते मंगलवारवाट सुरु हुदैछ ।
0 comments:
Post a Comment