Monday, April 2, 2012

नारायण सिलवाल
 / धादिङ चैत्र २० /
एकीकृत नेकपा (माओवादी) धादिङले यही चैत्र २४ गते धादिङबेसीमा जनसभाको आयोजना गरेको छ । ऐतिहासिक जनआन्दोलन दिवसको अवसर पारेर राष्ट्रिय स्वाधीनता, शान्ति र जनताको संघीय गणतन्त्रात्मक संविधानको लागि आवाज बुलन्द गर्न जनसभाको आयोजना गरेको एकीकृत नेकपा (माओवादी) धादिङका ईञ्चार्ज पुष्पविक्रम मल्लले जनमुक्तिमार्ग साप्ताहिकलाई जानकारी दिनुभयो ।
जेष्ठ १४ गते नजिकिंदै जाँदा जनताको पक्षमा समयमै जनसंविधान जारी गर्न दबाव सिर्जना गर्ने उद्देश्यले जिल्ला सदरमुकाममा जनसभाको आयोजना गरिएको उहाँले बताउनुभयो । चैत्र २४ गते नीलकण्ठ उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको जनसभालाई भव्यतापूर्वक सम्पन्न गर्न उहाँले जनसभा आयोजक समिति र उपसमितिहरु मार्फत तयारीमा जुटिरहेको जानकारी दिनुभयो । जनसभामा सहिद–बेपत्ता परिवार, जनयुद्ध र जनआन्दोलनका घाइते, अपांगहरु, माओवादी नेता कार्यकता, शुभचिन्तक शुभेच्छुक लगायत विशाल जनसमुदायको उपस्थित रहने माओवादीले बताएको छ । चैत्र २४ गते १२ बजे पुछारबजारबाट शुरु हुने ¥याली १ बजे नीलकण्ठ क्याम्पस प्रांगणमा पुगी विविध सांस्कृतिक कार्यक्रमसहितको जनसभामा परिणत हुने माओवादी धादिङले जानकारी दिएको छ ।
जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका जनताका एजेण्डाहरु नयाँ बन्ने संविधानमा समावेश गरी समयमै संविधान जारी गर्न दबाव सिर्जना गर्ने उद्देश्यले देशभरी नै जनआन्दोलन दिवसको अवसर पारेर जनसभाहरु सम्पन्न हुने माओवादी स्रोतले बताएको छ ।
पार्टीभित्र चुलिंदै गएको अन्तर्संघर्षमा बढिरहेको अराजकताका विरुद्धमा वैचारिक स्पष्टतामार्फत एकीकृत क्रान्तिकारी पार्टी निर्माण गर्दै शान्ति र संविधान निर्माणको प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन सहयोग पु¥याउने उद्देश्यले आयोजित  जनसभामा माओवादीका शिर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts