Friday, May 4, 2012

देशलाई त आराम दिन सक्नुभएन है तपार्इंहरुले ?
–देश र जनाताको मुक्ति, परिवर्तन र सुख शान्ति दिने भन्ने हाम्रो नियत हो । जनतालाई हरेक किसिमको आहात हुन नपरोस,हामीले गरेको बिचार,हामीले गरेको राजनिति बाट जनता ले सुःख अनुभुति गर्न पाउन भन्ने चाहाना हो ।
सहमति भयो भनेर एउटा दलको नेताले एकाथरी कुरा गर्ने, अनि अर्को दलको नेता हैन त्यसमा त कुरा मिलेकै छैन भन्ने आखिरी जनतालाई घुमाएको घुमाई ?
–जनतालाई थाहा छ र हामीले पनि त्यहि कुरालाई स्पष्ट गरेका छौं । यो समाज नै बर्गीय धरातलको समाज भएको हुनाले एउटा वर्ग,  पक्षधरका हाम्रा जनताहरु जो उत्पीडनमा परेका छन,जो आज सम्म शासित छन्, हाम्रो प्रयत्न चाहीँ के हो त भन्दाखेरी जनतालाई चाहे सहमती होस, चाहे असहमती होस हाम्रो पक्ष र वर्गको लागि यो पार्टीले वकालत गर्दै छ, भनेर विश्वास दिलाउनु हो ।
आम जनतालाई जेठ १४ को डर छ संविधान नआउला देश गृहयुद्धमा फस्छा कि ! भनेर, हाम्रा पाठक एवम् श्रोतालाई साक्षी राखेर भन्न सक्नुहुन्छ संविधान आउछ भनेर ?
–अहिलेको वर्तमान राजनीतिक धरातलले संविधान नआउने भन्ने संकेत चाहीँ देखाउदैन । नँया शान्ति र संविधानको विकल्प नदेखिएको हुनाले शान्ति प्रक्रिया एउटा टुङ्गोमा पुगीसकेको छ । अब नयाँ संविधान अनिवार्य छ । आउँछ, यदि कसैले रोकावट गर्छ भने जनता चुप लागेर बस्दैनन्् ।
यहाँसम्म आउदा जीवनलाई कसरी परिभाषित गर्नुहुन्छ
–आफूमा जुन घटनाहरु घट्छन, त्यसलाई बुझ्ने, व्याख्या गर्ने र बदल्ने यही नै हो जिवन । हामीले आफूलाई र दुनियालाई बदल्ने क्रममा हाम्रो बर्गको अध्ययन गर्नुपर्छ, हामीले त्यहाँ दर्शन, राजनीति र जनताको सत्ता खोज्नुपर्छ । यो चिज प्राप्त गर्न आफ्नो जीवनलाई पनि बदल्नु पर्छ, ता कि आफूलाई नबदली दुनियालाई बदल्न सक्दैनौं ।
यहाँको घर ?
–मेरो घर यहि धादिङ जिल्लाको आगिञ्चोक गा.वि.स वडा नम्बर १ मा पर्दछ ।  त्यहिँ एउटा सामान्य किसान परिवारमा जन्मिएको हुँ ।
घरमा को–को हुनुहुन्छ ?
–अहिले मेरो श्रीमती, २ भाई छोरा र १ छोरी छन् । मेरो जेठो र माईलो छोराहरु सुवास भण्डारी र सुचन्द्र भण्डारीलाई सर्वहारा बर्गको मुक्ति आन्दोलनमा राज्यले आफ्नो कब्जामा लिएर बेपत्ता बनाएको छ । ७ जना परिवार बाट घटेर ५ जना भएका छौं ।
बाल्यकालका कुरा सम्झनुस न अलिकती ?
–जव म चेतनामा आईसके पछि, म कराईसँग दुध माग्थे, सिङ्माङसँग घ्यू माग्थँे, त्यतिसम्मको मुख बोल्ने लाटो जस्तो थिएँ म । चोर्न जान्दैनथे, सिधा थिएँ र मलाई समाजमा यो सोझो, मुख बोल्ने लाटो, केही गर्न सक्दैन भनेर म प्रति आशा कम गर्थे ।
त्यस्तो मान्छे, कसरी शुरु भयो राजनितीक यात्रा ?
–समाजमा जब अन्ययाय असमानता र भेदभावहरु देखेपछि स्वभाविक रुपमा न्यायको पछाडी उभिनु पर्छ भन्ने जाग्यो । तर देखीने गरी चाही २०३५ सालमा पाकिस्तानको राष्ट्रपति जुल्फीकर अलि भुट्टो लाई सैनिक शासकले फासी दियो । त्यसको बिरुद्धमा संसारैभरी विरोध भयो  र नेपालमा पनि आन्दोलन गर्ने क्रममा भारतीय राजदुतावासमा ज्ञापन पत्र दिन जाँदा राज्यले दमन ग¥यो । राज्यले यसरी न्यायलाई दवाउँदो रहेछ भनेर उठेको राजनितिको ज्वारभाट बाट जनमत संग्रह सम्पन्न भईसके पछाडी राजनितिमा जान उर्जा थप्यो । कम्युनिष्टप्रति आस्था जाग्यो र कम्युनिष्ट भएर राजनीति गर्दै अगाडी आएँ । 
अहिलेको यो अवस्थामा आईपुग्दा आफ्नै दल भित्र तछाडमछाड भएको छ,खुट्टा तान्न आफ्नैले पहिले सुरु गर्छन,कहिले काही व्यर्थै राजनीति गरेछु जस्तो लाग्दैन ? 
–राजनीतिलाई अलि विकृत बनाउनको निम्ती खुट्टा तान्ने, आक्षेप लगाउनु चाहीँ हुदैन । यदि हामी राजनीति गर्छांै, हामीलाई कुनै विचार दर्शन मन पर्छ  भने त्यसैको हिमायती बनेर त्यसको नै पक्षपोषण गर्दै राजनिति गरीन्छ र त्यसरी गरेको राजनिती फोहरी पनि हुदैन । अन्तरविरोधको सवालहरु, अन्तसंघर्षका सबालहरु, आलोचना गर्ने सवालहरु जुन छ त्यो यथार्थ रुपमा गर्नुपर्छ । राजनीतिकै भरमा विचारकै भरमा यो आस्था लगाउने प्रवृत्ति मेरो चाँही छैन ।   
रेडियो बिहानी ९७.६ मेगाहर्जमा हरेक हप्ताको बुधबार बेलुका ०८ः०० देखि ८ः३० बजेसम्म प्रसारण हुने कार्यक्रम जीवन र जगतमा एकीकृत नेकपा माओवादी धादिङका सह–ईन्चार्ज रामबहादुर भण्डारीसँग कार्यक्रम ुंचालक साथी सुजन रेग्मीले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts