Sunday, May 6, 2012

सुशिला पुलामी मगर /
बैशाख २४ गते पिडा /
 कृषिलाई जिविको पार्जनमुखी होईन व्यवसायिक बनाऔं भन्ने उद्देश्यका साथ पिंडा ५ मुलाखर्कमा शनिवार देखि संचालन गरिएको  दुईदिने व्यवसायिक तराकारी खेती तालिम सम्पन्न भएको छ । स्थानीय आमा समूहको आयोजना र क्लिन एण्ड ग्रिन न्यू नेपालको सहयोगमा सञ्चालन भएको तालिममा पिंडा गाउँ विकास समितिको वडा नंं. ४, ५ र ७ का कृषकहरुको सहभागिता रहेको थियो । तालिममा केन्द्रीय विउ उत्पादन केन्द्र खुमलटारका कृषि विज्ञ डा. भरतकुमार पौडेल, क्लिन एण्ड ग्रिन न्यू नेपालका अध्यक्ष जयराम भण्डारी लगायतले सहजीकरण गर्नुभएको थियो । सो अवसमार कृषिको व्यवसायिकीकरण, तरकारी खेती गर्ने तरिका र बालीमा लाग्ने रोग नियन्त्रणका विषयमा जानकारी दिइएको पिंडाबाट सुशिला पुलामी मगरले जानकारी दिनुभएको छ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts