Sunday, May 6, 2012

धादिङ बैशाख २४ धुषा /
एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य  पुष्पविक्रम मल्लले तोकिएकै सयमयमा संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ । एकीकृत नेकपा माओवादी धादिङ अन्तर्गत इलका नं. १३ को राजनीतिक प्रशिक्षण कार्यक्रमलाई आज चरौंदीमा  सम्बोधन गर्दै मल्लले ‘दक्षिणपन्थी अवसरवाद र जडशुत्रवाद पार्टीको मुख्य दुश्मन हो’ भन्नुभयो । पार्टीका  १३  नं. इलाका सह–इञ्चार्ज ढुण्डबहादुर  सिलवालको अध्यक्षता र सभासद मल्लको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एनेकपा माओवादीका जिल्ला सह–ईञ्चार्ज रामबहादुर भण्डारी र उत्तम कंडेल, सचिव राजु नेपाल तथा योङ कम्युनिष्ट लिग धादिङका संयोजक मनराज भण्डारी लगायतको आतिथ्य रहेको थियो । इलाका नं. १३ भित्रका विभिन्न गाउँ विकास समितिका पार्टी कार्यकर्ता र शुभचिन्तकहरुको सहभागिता रहेको कार्यक्रममा गाउँ पार्टी इञ्चार्जहरुले आफ्नो गाविसमा पार्टीको अवस्था र गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । सो अवसरमा प्रमुख अतिथि तथा अतिथिहरुले समसामयिक राजनीतिक अवस्था र पार्टीको भावी कार्यदिशाको बारेमा प्रशिक्षण दिनुभएको थियो

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts