नहेन्द्र खड्का |
एमाले, कांग्रेस र अन्य पार्टीमा रहेका आदिवासी, जनजाति र मधेसी नेताहरू हो १ तिम्रो पहिचान के हो रु तिमी र तिम्रो समुदायमाथि भइरहेको शोषणका रूपहरू के हुन् रु त्यसका लागि तिम्रो पार्टीले के गर्दैछ रु तिमीले के गर्दैछौ रु सोच, विचार गर ।
यो देशमा एनेकपा माओवादीले पहिचान सहितको संघीयताको पक्षमा आवाज उठाइरहेको छ । तिम्रो पक्षमा आवाज उठाइरहेको छ । तर तिम्रो पार्टीका बाहुनवादी नेताहरू त्यसको विरुद्धमा छन् ।
त्यो बाहुनवादको प्रतिकारमा आज तिमीहरूले आवाज उठाउन सक्यौ भने जीवनभरका लागि गर्व गर्न लायक बन्नेछौ । बुढेसकालमा आफ्ना छोराछोरी, नातिनातिनी र पलाति पलातिनीसम्मलाई तिम्रो आफ्नो संघर्षको कथा सुनाउन सक्नेछौ, आफ्नो गौरवगाथा सुनाउन पाउनेछौ । त्यतिबेला तिम्रो शिर ठाडो हुनेछ । इतिहासमा तिम्रो नाम अंकित हुनेछ ।यो देशमा एनेकपा माओवादीले पहिचान सहितको संघीयताको पक्षमा आवाज उठाइरहेको छ । तिम्रो पक्षमा आवाज उठाइरहेको छ । तर तिम्रो पार्टीका बाहुनवादी नेताहरू त्यसको विरुद्धमा छन् ।
तर आज माओवादीले जित्ने भयो, माओवादीको एजेन्डा संविधानमा समावेश हुने र आफ्नो पार्टीको इज्जत प्रतिष्ठामा आँच आउने नाममा तिमीले आफ्नो आवाज उठाउन सकेनौ र नपुंसक जस्तै मौन बस्यौ भने जीवनभरका लागि पश्चातापको भूमरीमा पर्नेछौ । हीनताबोधको शिकार हुनेछौ । तिमीहरू बाँचेर पनि मरेतुल्य हुनेछौ । खाने, पचाउने र नपचेको निष्कासन गर्ने जीवित मेसिन बन्नेछौ, जो लाशसँग तुलना गर्न मिल्ने हुनेछ ।
यस्तो पार्टी जो तिम्रो अधिकारको खिलाप छ, त्यसको के अर्थ छ रु त्यसमा समर्पित हुनुको के मतलब छ ? कतै तिमी केही बाहुनवादीहरूको सत्ता प्राप्तिका लागि भर्याङ त बनिरहेका छैनौ ? सधै तिनको गोठालो, खेतालो र दास त भइरहेका छैनौ ? समय छँदै गम्भीरतापूर्वक सोच । आफ्नो पहिचान र हैसियत कायम गर । नत्र '... गरी पनि सकें , दैलो पनि देखेुं भने जस्तै होला ।
आफ्नो जाति, भाषा, संस्कृति, भूगोल, इतिहास प्रति न्याय गर्ने र त्यसको पहिचान स्थापित गर्ने बेला हो यो । के तिमीसँग आँट छ रु यतिखेर बोल्न नसके कहिले बोल्छौ रु यतिखेर सोच्न नसके कहिले सोच्छौ रु लगनपछिको पोते काम लाग्दैन । यो कुरा याद गर । फेरि अर्कोपटक चुनावमा भोट माग्न आफ्नै गाउँ, वस्ति र टोल जाँदा के नारा लैजान्छौ रु संविधानसभामार्फत् आफ्नो समुदायको पहिचान बचाउने र संविधानमा अंकित गर्ने बेला नार्मद जस्तो मौन बसेपछि कुन मुख लिएर भोलि जनतासँग भोट माग्न जान्छौ रु जनतालाई के मुख देखाउँछौ रु आफ्नै दाजुभाइ, दिदीबहिनीको अनुहार कसरी हेर्छौ रु तिनको सामना कसरी गर्छौ रु
तिमीलाई थाहा छ, महान् नेपाली जनताले नामर्दपना बिल्कुल रुचाउँदैनन् । तिनलाई आफ्नो विचार र भावना अनुसार संघर्ष गर्नुपर्ने बेला टाङमुनि पुच्छर लुकाएर भाग्नेहरू बिल्कुल स्वीकार्य छैनन् । मैदानमा नपुंसकता देखाउनेहरू बिल्कुल मञ्जुर हुने छैनन् । कतै तिमी पनि त्यही दर्जामा त पर्दै छैनौ रु शान्तपूर्वक सोच, विचार गर, अनि निर्णय गर । आफ्नो पार्टीका केही बाहुनवादीहरूको नाक जोगाउनका लागि तिमी आफ्नो आत्मा बेच्न तयार हुने कि नहुने रु आफ्नो आत्मा बेच्नु, त्यो पनि दास बन्नका लागि रु के यो तिम्रा लागि राम्रो कुरा हो रु के यो तिम्रो राजनीतिक, सामाजिक भविष्य सुरक्षित गर्ने कुरा हो रु यसले तिम्रो वर्तमान वा भविष्य मध्ये केलाई फाइदा गर्छ रु नत्र फेरि ुउसै त मुसुरी कस्ती, त्यहींमाथि हिंङले झानेकीु भने जस्तै हुनेछ । त्यसै पनि बाहुनवादीहरूले सदियौंदेखि निर्ममतापूर्वक गोदेको गोदंै छन्, अब आफ्नै दाजुभाइले पनि बाहुनवादीहरूको दलाल भनेर गोद्लान, त्यतिखेर के गर्छौ रु
यदि तिमीमा साँच्चैको एक मुठी साहस, आँट र सौर्य बाँकी छ भने तिमी आफ्नै पार्टीभित्र बोल । आफ्नो पहिचानको पक्षमा बोल । समुदायको हितको खाँतिर बोल । वर्गको पक्षमा बोल । नेपालको वर्गीय समस्याको एउटा पाटो जातीय समस्या हो भनेर बोल । नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुभौगोलिक देश भएकोले सबैको पहिचानलाई मान्यता दिने, पिछडिएको वर्गलाई अग्राधिकार सहित स्थापित गर्ने एनेकपा माओवादीको विचार ठीक छ भनेर बोल । त्यसका नेता क। प्रचण्डले लिएको अडान सही छ भनेर बोल । आफ्नो पार्टीलाई माओवादी पार्टीले उठाएको एजेन्डामा साथ दिन लगाऊ । आवाज उठाऊ । हिम्मत गर । असललाई असल भन, खराबलाई खराब भन ।
यदि तिम्रा सामन्ती सोच भएका नेताहरू मान्दैनन् भने विद्रोहको राँको बाल । विद्रोह हरेक मानवको नैसर्गिक अधिकार हो । तिम्रो पनि हो । त्यो संघर्षको आगो सबैभन्दा पहिला तिम्रै बाहुनवादी नेताहरूका चेतनामा झोस । अनि तिनको पार्टीमा झोस । विद्रोहको नेतृत्व गर । सक्छौ माओवादी पार्टीको झन्डामुनी आऊ । सक्दैनौ तिमी तिम्रै तरिकाले संगठित बन । संयुक्त मोर्चा बनाऊ । मिलेर लडौं । सदिऔंदेखिको उत्पीडनका विरुद्ध लड्न हातेमालो गरौं । त्यो पनि तिमीलाई मञ्जुर छैन भने तिमी तिम्रै तरिकाले लड, हामी हाम्रै तरिकाले लड्छौं । तर आफ्नो अधिकारका लागि लड । संंघर्ष नै अधिकार प्राप्तिको एउटै उपाय हो । यो सब कुरा तिमीलाई थाहा छ । त्यसैले अरूलाई पनि भन । धेरैभन्दा धेरै मानिसहरूलाई बुझाऊ । संगठित गर । प्रशिक्षित गर । आन्दोलित गर । संघर्षको बाटोमा अघि बढ ।
के अझै अशोक राईहरूसँग एक मुठी साहस बाँकी छ रु राई पदवी किन मिलेको हो भन्ने हृदयको कुनै कुनामा टिकेको छ रु कि एमालेमा कुनै काम र अधिकार नभएको पुत्लो जस्तो उपाध्यक्ष बनेर रमाउन पाए सबै पुगेको छ रु के बिजय सुब्बा र सुवास नेम्बाङहरूको छातिभित्र एक चौथाइ लिम्बूवान छ रु के सिद्धिलाल सिंह, केशव स्थापित, केशवलाल श्रेष्ठ र गोपाल शाक्यहरूसँग एक मुठी नेवाः छ, रगतमा रु के वीरबहादुर लामाहरूसँग एक चिम्टी ताम्सालिङ छ, दिमागको कुनाभित्र रु के महेश चौधरी, राजकुमार लेखी र नागेन्द्र चौधरीसँग एक अञ्जुली थारूहट छ, चेतनामा रु के रामचन्द्र झाहरूसँग एक मिथिला छ, हृदयमा रु के कांग्रेसका आदिवासी, जनजाति र मधेसी नेताहरूसँग साहस छ, तिनका बाहुनवादी नेताहरूको विरुद्ध आवाज उठाउने रु कि एमाले(कांग्रेसका केही बाहुनवादी स्वाँठहरूको सेवा गर्दागर्दै आफ्नो पहिचान नै समाप्त भयो रु सबै छोडियो । विचारहीन, क्षमताविहीन र चेतनाशून्य लम्पट भइयो रु अनि त्यस्तो पार्टी जसले चेतनामा बिर्को लगाइदिन्छ, त्यसको के काम छ रु के अर्थ छ रु त्यसमा संगठित हुनुमा के गौरव छ रु सोच, विचार गर । गम्भीर बन । आज सबै जाति र पहिचानका मानिसहरू समेत तिम्रो साथमा छन् । तिम्रो अधिकारको पक्षमा छन् । सिंगो माओवादी तिम्रो एजेन्डा बोकेर हिंडेको छ । बेलैमा सोचेनौ भने भोलि धेरै ढिला हुनेछ । बाँकी तिम्रो जिम्मामा ।http://www.samachardaily.com
0 comments:
Post a Comment