धादिङ जेष्ठ २ गते गजुरी /
शिक्षकहरुले विद्यालय समयमा तास खेलेको भन्दै गजुरी पिंडा माध्यमिक विद्यालय पिंडा ५ भिमसेनस्थानमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । गत बैशाख २९ गते विद्यालय समयमै शिक्षकहरुले विद्यालयमा तास खेलेकाले आफूहरुले तालाबन्दी गरेको विद्यार्थीहरुले बताएका छन् । नेपाल बन्दको दिन पढाई नभएको भन्दै शिक्षकहरुले विद्यालयमा तास खेलेको विद्यालय प्रशासनले पनि स्विकारेको छ । विद्यालयका प्रधानाध्यापक हरिबहादुर श्रेष्ठले नेपाल बन्दको दिन विद्यार्थीहरु फर्किसकेपछि शिक्षकहरुले तास खेलेको स्विकार्नुभयो । विद्यार्थीहरुलाई तासको बारेमा समेत जानकारी दिनु पर्ने भएकाले सिक्नको लागि भन्दै शिक्षकहरुले तास खेलेको आफूले बुझेको प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो । यद्यपी आफू भने सो दिन कामको सिलसिलामा विद्यालय बाहिर रहेको प्रधानाध्यापक श्रेष्ठको भनाई थियो ।

0 comments:
Post a Comment