गोरखा जेष्ठ २ गते आहाले /
गोरखा नगरपालिका वडा नं. ७ आहालेमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयमा माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षधर विद्यार्थीहरुले सोमबार आगजनी गरेका छन् । विद्यालयका निमित्त प्रचार्य मेघनाथ लामिछानेको कार्यकक्षमा वैद्य पक्षधर विद्यार्थीहरुले पेट्रोल छर्किएर आगजनी गरेका हुन् । प्रचार्य लामिछानेका अनुसार बिहान प्रर्थनाको समयामा दुई युवा विद्यालयमा कमिटि गठन गर्न भन्दै अएको र उनीहरुलाई दोस्रो घण्टी पछि गठन गर्न अनुरोध गरेकाले आगजनी गरेको बताउनुभयो । प्रधानाध्यापकले सो आग्रह गरेको केहि मिनेट पछि नै एक्कासी आगोको मुस्लो निस्किएपछि विद्यालयमा आगजनी भएको थाहा भएको थियो । आगोलाई शिक्षक र विद्यार्थी मिलेर नियन्त्रणमा लिएका थिए । आगलागिबाट तीन वटा सोफासेट, एउटा टेलिफोन सेट, कार्यालयका कागजात, प्रमाणपत्र, टेवल, कुर्सी जलेका छन् । सो क्रममा करिब एक लाखको बराबरको क्षति भएको विद्यालयस्रोतले जनाएको छ । विद्यालयमा आगो लगाउनेहरुको खोजी भैरहेको गोरखा प्रहरीले जनाएको छ । यसैबीच विद्यालय प्रशासनले एक विज्ञप्ति जारी गरी घटनाको घोर भत्र्सना गरको छ । विद्यालयका निमित्त प्रार्र्चायद्वारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा विद्यालयमा आगजनी गर्नेलाई कडा कारवाही गर्न माग गरिएको छ ।

0 comments:
Post a Comment