१० साउन, चितवन । ड्यास माओवादीका सचिव नेत्रविक्रम चन्दले भारतसँग सरकारले गरेको बिप्पा सम्झौता खारेज हुनुपर्ने माग गर्नुभएको छ । राष्ट्रिय जनस्वयम्सेवक केन्द्रको दोस्रो पूर्ण बैठकको जानकारी गराउन चितवनमा आयोजित पत्रकार सम्मेलनमा चन्दले कालोबजारी, चेलीबेटी बेचबिखन, लुटपाटविरुद्ध एक भएर संर्घर्ष गर्ने चेतावनी दिनुभयो । बर्तमान अवस्थामा विभिन्न आपराधिक घटनाको बृद्धि भएपनि त्यसलाई नियन्त्रण गर्न सरकार उदासिन रहेको उहाँको आरोप थियो ।
चन्दले राजनैतिक गतिरोध अन्त्यका लागि सर्वपक्षीय गोलमेच सभा र अन्तरिम संयुक्त सरकार नै अहिलेको उपयुक्त र वस्तुवादी विकल्प रहेको बताउनुभयो ।
चन्दले राजनैतिक गतिरोध अन्त्यका लागि सर्वपक्षीय गोलमेच सभा र अन्तरिम संयुक्त सरकार नै अहिलेको उपयुक्त र वस्तुवादी विकल्प रहेको बताउनुभयो ।
0 comments:
Post a Comment