Wednesday, July 25, 2012

१० साउन, काठमाडौं । विशेष अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैदको फसला सुनाएको छ ।
अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले बुधबार जोशीलाई डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार विगो र त्यति नै जरिवानाको फैसला सुनाएको हो । जोशीको मुद्धामा वादी तथाप्रतिवादी दुबै पक्षको बहस ६ गते सकिएपछि फैसलाको मिति बुधबारलाई ताकिएको थियो ।
हदम्याद नाघेको भन्दै सफाई दिने विशेष अदालतको निर्णय उल्टाउँदै सर्वोच्चअदालतले सुनुवाई गर्न विशेष अदालत पठाएको थियो । विशेषका तत्कालिन अध्यक्ष भूपध्याजअधिकारी तथा सदस्यद्धय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले २०६३ सालकार्तिक ३० गते हदम्यादको कारण देखाउँदै जोशी विरुद्धकोमुद्धा खारेज गरेको थियो ।
तीनपटक गृहसहित सात पटक मन्त्री भएका जोशीले पदकेा दुरुपयोग गरी ३ करोड ९३ लाख ६२ हजार ५ सय ७६ रुपैयाँ भ्रष्टाचार गरेको दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० साल माघमा विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

Related Posts:

  • पूर्व राजा ज्ञानेन्द्र युरोप जानेअसार ३०, काठमाण्डौं । आफू राजाकै हैसियतमा बस्ने तर राजनीति नगर्ने अभिव्यक्ति दिएपछि चर्चामा आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसँगै डेढसाता लामो युरोप भ्रमणमा जानुहुने भएको छ । नारायणहिटी दरबार छाडेपछि पहिलोपटक युरोप जा… Read More
  • भेलामा हिडेका ३ माओवादी कार्यकर्ताको दुर्घटनामा मृत्यू१ साउन, काठमाण्डौ । एकीकृत नेकपा माओवादीको आजदेखि सुरु हुने भनिएको विस्तारित वैठक भोलीसम्मका लागि स्थगित भएको छ । आज बिहान नवलपरासी र धादिङमा भएका दुईवटा सडक दुर्घटनामा वैठकमा भाग लिन आइरहेका तीन जना राज्यसमिति सदस्यको ज्या… Read More
  • एमाओवादीमा अध्यक्ष प्रचण्डको प्रतिवेदन पारित, भोलिबाट विस्तारित बैठककाठमाडौं, असार ३१ । एकीकृत नेकपा (माओवादी)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भोलि साउन १ देखि सुरु हुने सातौं विस्तारित बैठ… Read More
  • सरकारद्वारा १ खर्ब ६१ अर्बको एक तृतियांश बजेट प्रस्तुतकाठमाडौं, असार ३१ । सरकारले नयाँ आर्थिक वर्ष २०६९/७० का लागि अध्यादेशमार्फत एक तृतियांश बजेटको घोषणा गरेको छ । आइतबार अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले आउँदो चार महिनाका लागि १ खर्ब ६१ अर्ब २ करोड ४८ लाखको बजेट प्रस्तुत गर… Read More
  • खै भेदभाव मुक्त समाज ?असार २९ धादिङ । अन्तरजातीय विवाहका विषयलाई लिएर गैर दलितहरुको आक्रमणबाट विस्थापित भएका पिंडाका दलित समूदाय दोषी माथि कारबाहीको माग गर्दै भएको आन्दोलन अझै जारी छ । मूलाखर्क घटना संयुक्त संघर्ष समितिको गठन गरी आन्दोलनका कार्यक्… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts