धादिङ १० श्रावण / एमाले पार्टी प्रति अहिले गुण्डाहरुको रुचि बढ्न थालेको छ भने एमालेले पनि धमाधम गुण्डाहरुलाई भर्ति गर्न थालेको देखिन्छ । भर्खरै मात्र काठमाडौमा एक कार्यक्रमको आयोजना गरि चर्चित गुन्डा साजन महर्जन नेकपा एमालेमा प्रवेश गराइएको छ । उनलाई फूलमाला र रातो टिका लगाएर छिराउने बहु चर्चित नेता हुन् । केपी शर्मा ओली कामरेड अनि डाकाको नाइके चक्रे मिलन गुरुङ चाही आदरणीय प्रदिप नेपाल कामरेडको धर्म भाई पर्नु हुन्छ । एमाले धादिङ क्षेत्र नं. १ का उपाध्यक्ष समेत रहेका चरी विभिन्न अपराधमा संम्लग्न नामुद गुण्डा हुन् । उनी गत वर्ष धादिङमा १७ करोड रुपैयाँको टेन्डर मिलाएर फर्कने क्रममा प्रहरीको फन्दामा परेका थिए । ऐर महरा भन्ने अर्को गुन्डा एमालेको लागि चिर परिचित हतियार तस्कर भएको राजेन्द्र भट्टराईले फेसबुकमा लेखेका छन् । युथ फोर्स का परशुराम बस्नेत एमालेका हतियार खरिद( बिक्रि गर्ने एमाले ब्यापारी समेत भएको राजेन्द्र भट्टराईले लेखेका छन् । किन नामुद गुन्डाहरु एमाले प्रति आकर्षित हुँदै छन् ? आफ्ना जनजाति नेताहरुलाई कार्वाही गर्ने एमाले केहि बिचार नै नगरी किन फुलमालाले स्वागत गरी गुण्डाहरुलाई पार्टी प्रबेस गराउँदै छ ?
Wednesday, July 25, 2012
Related Posts:
किराञ्चोकमा आज एक दर्जन भत्कियो किशोर अधिकारीधादिङ २६ श्रावण किराञ्चोक । अबिरल बर्षाको कारण किराञ्चोक–१ प्रवाङमा विहिवार स्थानीय सरोज अधिकारीको २ तले कच्चि घर भत्किएको छ । घर भत्किँदा घरमा रहेको अन्नपात, लत्ताकपडा र जिन्सी सामानहरु पुरीदा २ लाख बराबरको … Read More
बन्दको कारण दुर्घटना १२ को मृत्यू २३ श्रावण, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत भुमेस्थान गाउँ विकास वडा न ६ कमेरेमा यात्रुबाहक बस दुर्घटना हुदाँ १२ जनाको मृत्यु भएको छ । अन्य ३५ जना घाइते भएका छन् । १० जनाको घटनास्थलमै र अन्य २ जनाको काठमाडौंको स… Read More
नुवाकोटमा व्यावसायिक अनारखेती सुरु नुवाकोट श्रावण २६ । नुवाकोटको विदुरमा व्यावसायिक अनारखेती शुरु भएको छ । स्थानीय रामेश्वर अधिकारीले शुरु गर्नुभएको व्यवसायीक अनार खेतीको आज एक कार्यक्रमबीच औपचारिक सुभारम्भ गरिएको हो । खेतीका लागि अधिकारीलाई दर्पण सहकारी संस… Read More
ढोला स्वास्थ्य चौकिमा सार्वजनिक सुनुवाई शालिकराम दुवाडीधादिङ २६ श्रावण, ढोला/ जिल्लाको ढोला गाउँ विकास समिति स्थित स्वास्थ्य चौकीको आयोजनामा विहिवार ढोला–६, राना चौतारामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा गत आर्थिक बर्ष २०६७/६८ साल… Read More
तान्द्राङ गोरखामा गाउँ घर क्लिनिक सञ्चालन गोरखा श्रावण २६ । गोरखा तान्द्राङ–३ मा विहिवार प्राथमिक स्वस्थ्य सेवा गाउँ घर क्लिनिक सञ्चालनको लागि समुदाय परिचालन सम्वन्धी १ दिने गोष्ठि सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यलय गोर्खाको सहयोग र तान्द्राङ उपस्वस्थ्… Read More
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment