Showing posts with label फिचर न्यूज. Show all posts
Showing posts with label फिचर न्यूज. Show all posts

Thursday, July 26, 2012


काठमाडौं, साउन ११– देशमा प्रजातन्त्रको उदय हुनुअघि विक्रम संवत २००६ साल साउन ११ गते आजकै दिन राणा सरकारको तानशाही संस्कारसँगै मौलाएको ब्राम्हणवाद र जातीय भेदभावसँगै हलीप्रथा अन्त्यका लागि पहिलोपटक लमजुङको दुराडाँडा अर्चल्यानीका बाहुनहरुले २७ जना बाहुनहरुले सामुहिकरुपमा हलोले खेत जोतेका थिए । यसैको सम्झनामा आजको दिनलाई हलोक्रन्ति दिवसको रुपमा मनाउने गरिएको छ ।
पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायतका बाहुनहरुले हलो समाएको भन्दै उनीहरुलाई तत्कालीन राणा शासकले दण्ड सजाय दिएको थियो ।
२००६ सालमा दुराडाँडामा पहिलोपटक हलो जोतेपछि तनहुँ, कास्की र धादिङमा पनि जोत्न सुरु गरिएको थियो । २००७ साल बैशाखमा अर्घाखाँची र गोरखा तथा २००८ सालमा स्याङ्जामा पनि हलो जोत्न शुरु गरिएको थियो ।
बाहुनहरुले पहिलोपटक हलो जोतेको स्मरणमा लमजुङको दुराडाँडामा पण्डित तोयानाथ अधिकारी स्मृति प्रतिष्ठानले आज विभिन्न कार्यक्रम गर्दैछ ।

Wednesday, July 25, 2012

धादिङ १० श्रावण / एमाले पार्टी प्रति अहिले गुण्डाहरुको रुचि बढ्न थालेको छ भने एमालेले पनि धमाधम गुण्डाहरुलाई भर्ति गर्न थालेको देखिन्छ । भर्खरै मात्र काठमाडौमा एक कार्यक्रमको आयोजना गरि चर्चित गुन्डा साजन महर्जन नेकपा एमालेमा प्रवेश गराइएको छ ।  उनलाई फूलमाला र रातो टिका लगाएर छिराउने बहु चर्चित नेता हुन् ।  केपी शर्मा ओली कामरेड  अनि डाकाको नाइके चक्रे मिलन गुरुङ चाही आदरणीय प्रदिप नेपाल कामरेडको धर्म भाई पर्नु हुन्छ ।   एमाले धादिङ क्षेत्र नं. १ का उपाध्यक्ष समेत रहेका  चरी  विभिन्न अपराधमा संम्लग्न नामुद गुण्डा हुन् । उनी गत वर्ष धादिङमा १७ करोड रुपैयाँको टेन्डर मिलाएर फर्कने क्रममा  प्रहरीको फन्दामा परेका थिए ।    ऐर महरा भन्ने अर्को गुन्डा एमालेको लागि चिर परिचित हतियार तस्कर भएको राजेन्द्र भट्टराईले फेसबुकमा लेखेका छन्  ।  युथ फोर्स का परशुराम बस्नेत एमालेका हतियार खरिद( बिक्रि गर्ने एमाले ब्यापारी समेत भएको राजेन्द्र भट्टराईले लेखेका छन् ।  किन नामुद गुन्डाहरु एमाले प्रति आकर्षित हुँदै छन् ? आफ्ना जनजाति नेताहरुलाई कार्वाही गर्ने एमाले केहि बिचार नै नगरी किन फुलमालाले स्वागत गरी गुण्डाहरुलाई पार्टी प्रबेस गराउँदै छ ?

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts