Thursday, July 26, 2012


काठमाडौं, साउन ११– देशमा प्रजातन्त्रको उदय हुनुअघि विक्रम संवत २००६ साल साउन ११ गते आजकै दिन राणा सरकारको तानशाही संस्कारसँगै मौलाएको ब्राम्हणवाद र जातीय भेदभावसँगै हलीप्रथा अन्त्यका लागि पहिलोपटक लमजुङको दुराडाँडा अर्चल्यानीका बाहुनहरुले २७ जना बाहुनहरुले सामुहिकरुपमा हलोले खेत जोतेका थिए । यसैको सम्झनामा आजको दिनलाई हलोक्रन्ति दिवसको रुपमा मनाउने गरिएको छ ।
पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायतका बाहुनहरुले हलो समाएको भन्दै उनीहरुलाई तत्कालीन राणा शासकले दण्ड सजाय दिएको थियो ।
२००६ सालमा दुराडाँडामा पहिलोपटक हलो जोतेपछि तनहुँ, कास्की र धादिङमा पनि जोत्न सुरु गरिएको थियो । २००७ साल बैशाखमा अर्घाखाँची र गोरखा तथा २००८ सालमा स्याङ्जामा पनि हलो जोत्न शुरु गरिएको थियो ।
बाहुनहरुले पहिलोपटक हलो जोतेको स्मरणमा लमजुङको दुराडाँडामा पण्डित तोयानाथ अधिकारी स्मृति प्रतिष्ठानले आज विभिन्न कार्यक्रम गर्दैछ ।

Related Posts:

  • दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकियो अर्जुन खतिवडा चैत्र २८, धादिङवेसी । ‘राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारासहित जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा सोमबारदेखी शुरु गरिएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०६९ बुधबार सकिएक… Read More
  • नलाङ काम्दीमा स्थानिय बासिन्दाको सकृयतामा मोटरबाटो निर्माण धादिङ, बैशाख २ । नेताहरुको घर–घर मोटरबाटो पुगेको धादिङ नलाङ गाविसमा चुनावमा मात्र नेताहरु पुग्ने नलाङ कै काम्दी भन्ने ठाउँका स्थानिय बासीहरुले पैसाउठाएर मोटर बाटो खनेका छन् । विकास निर्माणको लागि नेताकोे मुख ताक्न थाकेरस्थ… Read More
  • आगलागी बाट सत्तरी लाख नोक्सान भरत रेग्मी ,कृषि रेडियो धादिङधादिङको थाँक्रे गाविस वडा नम्बर ९ चिनिमेलमा आगलागीमा दुई वटा घर नस्ट हुँदा सत्तरी लाख नोक्सानआगलागीवाट हरिबंश अधिकारीले सञ्चालन गरेको मट्टीतेल डिलर, किराना पसल तथा मुक्तीनाथ अधिकारीले सञ्चालन गर… Read More
  • विद्यालयलाई शैक्षिक सामाग्री प्रदान धादिङ ।  टुकी नेपाल समाजले नलाङ–८ काम्दीमा रहेको सयपत्री प्राविलाई शैक्षिक सामाग्री वितरण गरेको छ । शिक्षक विद्यार्थी र अविभावकको उपस्थितिमा रेडियो विहानीका सह–स्टेशन म्यानेजर नारायण सिलवाल र प्रत्यूष दैनिकका सम्पादक… Read More
  • माध्यमिक तहको परीक्षा सम्पन्न धादिङ जेष्ठ १० ।  विद्यालय तहमा स्थायी शिक्षक छनोटका लागि शिक्षा सेवा आयोगले लिएको माध्यमिक तहको परीक्षा सम्पन्न भएको छ । तीन दिनसम्म चल्ने परीक्षा अन्तर्गत आयोगले हिजो  माध्यमिक तहको परीक्षा लिएकोे हो । शिक्षक से… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts