Friday, July 13, 2012

समचार दैनिक / एकीकृत नेकपा माओवादीको नेतृत्वमा सरकार छ । नयाँ आर्थिक वर्षका लागि सरकारले बजेट ल्याउने अन्तिम तयारी पनि गर्दैछ । वर्षभरीका लागि राज्य सञ्चालन गर्न र देशको विकासका लागि जनतामुखी बजेटको आवश्यकता पर्दछ । बजेटविना राज्य एक दिन पनि अगाडि जान सक्दैन् । यसैत राजनीतिक अस्थितरताका कारणले अस्तव्यस्त बनेको हाम्रो देशको अर्थतन्त्र समयमा बजेट नआउने हो भने झनै धरासायी हुने निश्चित छ । तर, यस्तोबेला कांग्रेस–एमालेले राजनीतिक मुद्दाको रूपमा बजेटलाई अगाडि सारेर बजेट आउन नदिन भयंकर ठूलो खेल खेलिरहेका छन् ।
कांग्रेस–एमालेको यतिबेलाको अभीष्ट भनेको कुनै पनि मूल्यमा पूर्ण बजेट आउन नदिने रहेको छ । चाहे देश आर्थिक संकटमा फसे फसोस् तर त्यसको उनीहरूलाई कुनै मतलब भएको देखिंदैन । सरकारमा आफूले मागेको मन्त्री र मन्त्रालय नपाएसम्म बजेट आउन नदिने योजनामा कांग्रेस–एमाले रहेका छन् । त्यसका लागि उनीहरूले राष्ट्रपतिलाई निरंकुश कदम चाल्नसमेत उक्साइरहेका छन् ।
यतिबेला माओवादी सरकारले जनताको पक्षमा केही काम पो गर्छ कि भन्ने त्रासदीले प्रतिपक्ष दलका रूपमा रहेका कांग्रेस–एमाले पार्टीलाई सशंकित बनाइरहेको छ । उनीहरूको उद्देश्य भनेको जनप्रिय काम गर्नबाट यो सरकारलाई कुनै पनि हालतमा वञ्चित गराउनु रहेको छ । अहिलेको नेपालको राजनीतिमा राम्रो काम गर्ने प्रतिस्पर्धा भन्दा पनि राम्रो काम गर्न नदिने प्रतिस्पर्धा हुने गरेको छ । जसले देशको विकास र आर्थिक अवस्था भन्–झन् संकटग्रस्त बन्दै गइरहेको छ ।
कांग्रेस–एमालेको स्वार्थ र नकारात्मक उद्देश्यले नै भए पनि सम्पूर्ण देश नै अहिले बजेटको बहसमा जुटिरहेको छ । आर्थिक मुद्दा सधैं किनारामा पर्ने हाम्रो देशमा बजेटका बारे यति धेरै चर्चा भएको इतिहासमै पहिलो पटक हो । बजेटको बहसले नेपाली जनतामा राम्रै तरंग ल्याएको छ । विकास पर्खेर बसेका जनतालाई बजेट ल्याउन नदिने कांग्रेस–एमालेको निर्णयले निराश तुल्याएको छ ।
यतिबेला कांग्रेस–एमालेले बजेट नल्याउ भनेर होइन कि जनताको पक्षका विषयलाई बजेटमा समेट्नु पर्दछ भन्दै आन्दोलन गर्नुपर्ने थियो । दलहरूबीच बजेटका बारे व्यापक छलफल हुनुपर्दथ्यो । कस्तो बजेट ल्याउँदा देशले विकासको गति पकड्न्छ भन्ने कुरामा दलहरूबीच छलफल केन्द्रित हुनु पर्दथ्यो । तर, त्यसको ठीक उल्टो मन्त्री वा प्रधानमन्त्रीको पदका लागि बजेट ल्याउन नदिने मूर्ख तर्क गरिंदै छ । बजेटको विषयलाई विवादमा तानेर राजनीतिक बखेडाबाजी झिक्दै देशप्रति ठूलो अपराध गर्ने काम भइरहेको छ ।
कांग्रेस–एमालेले सरकारमा बसेर प्रधानमन्त्री र मन्त्री पद धेरै पटक खाएका छन् । उनीहरूले देशको मन्त्री, प्रधानमन्त्रीको पदमा बसेर लाभ प्रसस्तै उठाएका पनि छन् । उनीहरूलाई देशको विकास र उन्नतीका बारे न हिजो चिन्ता थियो न आज । अब बजेट रोकेर देशलाई आर्थिक संक्रमणमा लैजाने कोशिस गर्नु अन्तत: एमाले–कांग्रेसको विनासको राजनीति बाहेक केही नहुने भने निश्चित छ ।

Related Posts:

  • सबैभन्दा बढि कमाउने विश्वका ५ पोर्नस्टारविश्वभरी नै पोर्न फिल्मको कारोबार तिब्र रुपमा बढिरहेको छ ।वर्षेनी झण्डै १५ सय अरब डलर बराबरको कारोबार गर्ने पोर्न फिल्म इन्डस्ट्रीको हैसियत अहिले मूलधारको फिल्म इन्डस्ट्रीलाई चक्मा दिने खालको छ ।यो फिल्म उद्योगमा यतिविधि कारो… Read More
  • समचार दैनिक  कांग्रेस-एमालेलाई संकट समाधानका लागि नभई कुर्सीका लागि प्रधानमन्त्रीको राजीनामा चाहिएको हो: खगेन्द्र संग्रौला ।कांग्रेस-एमालेले आफूले पनि बैठक नडाक्ने र प्रधानमन्त्रीले डाकेको बैठकमा पनि नजानुले उनीहरू सह… Read More
  • बजेटको निहुँमा विनाशको राजनीतिसमचार दैनिक / एकीकृत नेकपा माओवादीको नेतृत्वमा सरकार छ । नयाँ आर्थिक वर्षका लागि सरकारले बजेट ल्याउने अन्तिम तयारी पनि गर्दैछ । वर्षभरीका लागि राज्य सञ्चालन गर्न र देशको विकासका लागि जनतामुखी बजेटको आवश्यकता पर्दछ । बजेटवि… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts