Tuesday, July 31, 2012

धादिङ, साउन १६ । उत्तरी धादिङको झार्लाङ गाविसका एक दम्पतीमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।  अभियुक्तहरूले गत असार २३ गते राति झार्लाङ गाविस–४ ङम्देन निवासी ५६ वर्षीय जङ्गबहादुर तामाङ र उनकी श्रीमती ६३ वर्षीया कान्छीमाया तामाङलाई सुतिरहेको अवस्थामा ढुङ्गाले टाउकोमा प्रहार गरी सख्त घाइते बनाएका थिए । 
सो घटनामा संलग्न धादिङ झार्लाङ गाविस–४ निवासी सुली भन्ने आकाश तामाङ, झार्लाङ–९ घर भई हाल मुरलीभञ्ज्याङ–२ ससाह निवासी २० वर्षीय सन्तबहादुर तामाङ, झार्लाङ–२ घर भई हाल मुरलीभञ्ज्याङ–२ ससाह निवासी २० वर्षीय मर्चा भन्ने अनिफ तामाङ र २२ वर्षीय तिलमान तामाङलाई प्रहरीले सार्वजनिक गरेको हो । अभियुक्त आकाश तामाङ यही साउन ५ गते र अन्य तीन जना साउन ६ गते धादिङको विभिन्न स्थानबाट पक्राउ परेका प्रहरीनायब उपरीक्षक गणेश रेग्मीले बताए ।
घाइते जङ्गबहादुर तामाङले धामी–झाँक्रीको समेत काम गर्ने गरेका र अभियुक्त आकाश तामाङ सधँै बिरामी भइराख्ने भएकाले आकाशलाई जङ्गबहादुरले नै बिरामी बनाएको भन्दै जङ्गबहादुर दम्पतीमाथि कुटपिट गरेको अभियुक्तहरूले प्रहरीसमक्ष स्वीकार गरेका छन् । आक्रमणमा संलग्न चारैजनालाई सोमबार पत्रकारसम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । घाइते दम्पतिको हाल काठमाडाँैमा उपचार भइरहेकोमा जङ्गबहादुरको अवस्था चिन्ताजनक रहेको बताइएको छ । दम्पतीको हत्याका लागि अभियुक्त आकाश तामाङले ४६ हजार रुपैयाँ आफूहरूलाई दिएको र अझै पैसा दिने कबोल गरेको बयानका क्रममा उनीहरूले बताएका छन् ।
यसैबीच, अपाङ्गता भएकी ५६ वर्षीया महिलालाई बलात्कार गर्ने जोगिमारा गाविस–९ चौकीटारका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । चौकीटारका २७ वर्षीय सुदिरचन्द्र अधिकारीले यही साउन १२ गते ती महिलालाई घर नजिकै बलात्कार गरेकोले गाउँलेको पहलमा प्रहरीले निजलाई पक्राउ गरेको हो । प्रहरीले अधिकारीविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक राजकुमार थिङले जानाकारी दिए ।
आफ्नो घरमा बोलाएर र महिलाकै घरमा गएर पटक–पटक आफूले ती महिलालाई बलात्कार गर्ने गरेको अधिकारीले प्रहरीमा बयान दिएका छन् । ती महिला बोल्न नसक्ने भएकीले अधिकारीले यसको फाइदा उठाएर विभिन्न बहानामा बलात्कार गर्दै आएको स्थानीयवासीको भनाइ छ । जिल्लामा क्रियाशील अधिकारकर्मी र महिलाअधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले अपाङ्गता भएकी महिलामाथि गरिएको यौनशोषणको निन्दा गर्दै पीडकलाई कडा कारबाही गर्न माग गरेका छन् ।

Related Posts:

  • भ्रष्टाचारको मुद्धामा पूर्वमन्त्री जोशीलाई डेढ वर्ष कैद१० साउन, काठमाडौं । विशेष अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैदको फसला सुनाएको छ ।अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चाल… Read More
  • कक्षा १२ को विज्ञान विषयमा ७२.३१ उत्तीर्णकाठमाडौं, श्रावण ७ - उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को आइतबार प्रकाशित परीक्षाफलमा ७२‌.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विज्ञानतर्फको परीक्षामा सामेल भएका ३० हजार दुई सय परीक्षार्थी मध्ये २१ हजार ८ सय ३८ … Read More
  • प्रधानमन्त्री निवासबाटबाट ३७ अधिकारकर्मी पक्राउपुलिस क्लव। काठमाडौ,श्रावण ४ । प्रधानमन्त्री निवास वालुवाटार अगाडी धर्ना दिन गएका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ। अपरान्ह साँढे चार बजे धर्ना तथा प्रदर्शन गर्न गएका अधिकारकर्मीहरुलाई प्रधानमन्त्री निवास पुग्नु … Read More
  • 'नयाँ शीराबाट सहमति खोज्ने कार्यको थालनी'काठमाडौ, श्रावण १० - माओवादी, कांग्रेस र एमालेका नेताहरुले दलहरुबीच नयाँ शीराबाट सहमति खोज्ने कार्यको थालनी भएको बताएका छन् । उनीहरुले थप छलफल गरेर सहमतिमा पुग्ने सहमति बनेकोसमेत उल्लेख गरे ।  बुधबार एमाले कन्द्रीय … Read More
  • विप्पा सम्झौता खारेज हुनुपर्छ : चन्द१० साउन, चितवन । ड्यास माओवादीका सचिव  नेत्रविक्रम चन्दले भारतसँग   सरकारले गरेको बिप्पा सम्झौता खारेज हुनुपर्ने माग गर्नुभएको छ । राष्ट्रिय जनस्वयम्सेवक केन्द्रको दोस्रो पूर्ण बैठकको जानकारी गराउन चितवनमा आयोज… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts