असार २९ धादिङ । अन्तरजातीय विवाहका विषयलाई लिएर गैर दलितहरुको आक्रमणबाट विस्थापित भएका पिंडाका दलित समूदाय दोषी माथि कारबाहीको माग गर्दै भएको आन्दोलन अझै जारी छ । मूलाखर्क घटना संयुक्त संघर्ष समितिको गठन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो आन्दोलन गर्नेनेले गरि रहन्छन् भने जस्तो जिल्ला प्रशासनले जत दोसीको खोजविन गरेको छ नत ध्यान दिउको छ । पिडित पक्षले असार २७ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो भने असार २८ गते विरोध ¥याली सहित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनेदिउको थियो २९ गते पृथ्वी राजमार्ग र धादिङबेसीमा बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा चक्का जाम गर्ने र ३० गते पृथ्वीराजमार्ग सहित धादिङ बन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन् । आन्दोलनमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, नेपाल दलित संघ, नेपाल उत्पीडित जातिय मुक्ति समाज, दलित सेवा संघ, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ धादिङ र उत्पीडित दलित तथा बालबालिकाको लागि सहायता केन्द्रले समेत ऐकेवद्धता जनाएका छन् । यसअघि नै पीडित पक्षले प्रहरी प्रशासनमा किटानी जाहेरी दिईसकेका छन् । स्थानीय सम्झना सुवेदी र नवराज सुनुवारबीच भएको अन्तरजातीय विवाहका विषयलाई लिएर यहि असार १९ गते स्थानीय गैर दलितहरुले आक्रमण गरेपछि पिंडाका १० घर दलित समूदाय आतङ्कीत बनेका थिए ।
Thursday, July 12, 2012
8:47 PM
newsdhading
National News
No comments
Related Posts:
ट्रक त्रिशुली नदीमा खस्दा तीन जना बेपत्ता जोगिमारा भाद्र ४ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा गाउँ विकास समिति वडा नं. ९ ज्यामिरे नजिकै अण्डा बोकेको मिनी ट्रक त्रिशुली नदीमा खस्दा ट्रक सहित तीन जना बेपत्ता भएका छन् । मुग्लिङबाट काठमाण्डौ जाँदै गरेक… Read More
तमसालिङमा एमाओवादी नेताको जिम्मेवारी फेरवदल धादिङबेसी ११ भाद्र । एकीकृत नेकपा माओवादी ताम्सालिङ राज्य सम्मेलन आयोजक समितिको प्रथम पूर्णबैठक सकिएको छ । राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य विश्वभक्त दुलाल ‘आहुति’ को अध्यक्षतामा सम्पन्न बैठकले महादिवेशन केन्द्रीत … Read More
एकीकृत नेकपा माओवादीको पदाधिकारी बैठक जारी १९ भदौ, काठमाण्डौं । एकीकृत नेकपा माओवादीको पदाधिकारी बैठक अहिले जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा जारी बैठकमा पार्टीको आगामी महाधिबेशनमा प्रस्तुत गर्ने प्रतिवेदनको तयारी, नियुक… Read More
धादिङका माओवादी नेताका जिम्मेवारी हेरफेर धादिङ ११ भाद्र एकीकृत नेकपा माओवादी राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य तथा तामसालिङ राज्य सम्मेलन समितिका संयोजक विश्व भक्त दुलाल आहुतीको प्रमुख आतिथ्यतामा जिल्ला सम्मेलन आयोजक समितिको वैठक सम्पन्न भएको छ । बैठकले जिल… Read More
नलाङ, कटुञ्जे– काठमाडौ गणतान्त्रिक मञ्चको भेला सम्पन्न अध्यक्ष रुद्र भट्ट र कोषाध्यक्ष बुद्धिमान शाक्यनलाङ काठमाडौं भाद १८ । छुट्टा–छुट्टै ठाउँमा भएको नलाङ र कटुञ्जे –काठमाडौ गणतान्त्रिक सम्पर्क समन्वय समितिको भेला शनिवार सम्पन्न भएको छ । ताहचल क्याम्पस मा … Read More
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment