काठमाडौं श्रावण १ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ग्रामीण क्षेत्रमा अहिलेसम्म ६ लाखभन्दा बढी सुधारिएको चुलो जडान गरेको छ । सन् १९९९ देखि २०१२ सम्म विभिन्न दातृ निकायको आर्थिक एवम् प्राविधिक सहयोगमा देशका ६३ जिल्लामा ती चुलो जडान गर्न सफल भएको केन्द्रद्वारा आज राजधानीमा पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । यस क्रममा विभिन्न २२ जिल्लाका ५० भन्दा बढी गाविसलाई घरभित्रको धुवाँमुक्त गाविस घोषणा पनि गरिएको छ । यसबाट घरभित्रको धुवाँ प्रदूषण कमी, दाउराको खपतमा कमी तथा पकाउने समयमा बचत गर्नमा उल्लेख्य योगदान पुगेको छ । विश्व स्वास्थ्य संगठनले विकोसोन्मुख देशहरुमा घरभित्रको वायु प्रदुषणलाई मृत्युको चौथो कारक तत्वका रुपमा लिएको छ । सन् २००९ मा सङ्गठनले नेपालमा गरेको अध्ययनमा घरभित्रको धुवाँ प्रदूषणबाट वर्षेनी सातहजार ५०० ले अकालमा ज्यान गुमाउनु परेको तथ्याङ्क छ । नेपालमा अहिले पनि ८६ प्रतिशत बासिन्दाले खाना पकाउने ऊर्जाको रुपमा दाउराको प्रयोग गरिरहेका छन् ।
पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक प्रा. डा गोविन्दराज पोखरेलले सुधारिएको चुलोले ग्रामीण जीवनमा ऐतिहासिक सफलता प्राप्त गरेको र नेपालको नमूना विश्वका कतिपय देशहरुले पनि अनुशरण गरेको बताउनुभयो ।

0 comments:
Post a Comment