Thursday, July 12, 2012

मस्तिष्क मानव सरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । मस्तिष्कबाटै सबै क्रियाकलाप निर्देशित हुन्छन् र मस्तिष्कले नै सरीरका सबै प्रणालीहरु संचालन गरेको हुन्छ ।
मस्तिष्क निकै नै संवेदनशील अंग हो र यसमा हुने गडबडीले शारीरिक तथा मानसिक समस्या पैदा गर्छ । मस्तिष्क निकै महत्वपूर्ण अंग हो भन्नेबारेमा त हामी सबैलाई थाहा छ । तर मस्तिष्कको बनाबट तथा कार्यका विषयमा केही रोचक तथा पत्याउनै नसकिने खालका तथ्यहरु भने जानकारी नहुन सक्छ ।
त्यसैले सोही जानकारीका लागि हामीले यहाँ केही तथ्यहरु प्रस्तुत गरेका छौँ ।
१. कहिलेकाहीँ टाउको दुख्यो वा तनाव भयो भने मस्तिष्क वा दिमाग नै दुख्यो कि भन्ने भान पर्छ । तर खास कुरो के हो भने मस्तिष्क कहिल्यैपनि दुख्दैन । सरीरका अरु भागमा चोटपटक लाग्दा दुखाइ महसुस हुन्छ यसको कारण ती अंगहरुमा दुखाइको चेतना ग्रहण गर्ने रिसेप्टर हुन्छन् । तर मस्तिष्क कोषमा त्यस्ता रिसेप्टर हुँदैनन् । अर्थात् अरु अंगको दुखाइको चेतना दिने मस्तिष्कले आफ्नै दुखाइ भने थाहा पाउँदैन ।
२. मस्तिष्कमा यतिधेरै रक्तनली हुन्छन् की सबै रक्तनलीको लम्बाइ जोड्ने हो भने १ लाख माइल हुन्छ । यो सँगै मस्तिष्कमा खरबौँ न्युरोन हुन्छन् । मस्तिष्कले हाम्रो सरीरको १७ प्रतिशत उर्जा खपत गरेको हुन्छ भने २० प्रतिशत अक्सिजन खपत गरेको हुन्छ ।
३.मानिस ननिदाएको बेला मस्तिष्कबाट १० देखि २३ वाट उर्जा निस्किरहेको हुन्छ । यो उर्जा यतिधेरै हो की त्यो बिजुलीको बल्ब बाल्न समेत पर्याप्त हुन्छ ।
४. महिलाको मस्तिष्क भन्दा पुरुषको मस्तिष्क १० प्रतिशत ठूलो हुन्छ । तर सानो भएपनि महिलाको मस्तिष्कमा पुरुषको भन्दा बढि न्युरोन हुन्छन् र महिलाको मस्तिष्क पुरुषको भन्दा बढि कामकाजी वा सक्रिय हुन्छ । महिलाको मस्तिष्कको बायाँ भाग बढि सक्रिय हुन्छ भने पुरुषको दाहिने भाग । सोही कारण महिला बढि संवेदनशील हुन्छन् भने पुरुष तर्कशील ।
५. निदाएको बेला मानिसको दिमाग झनै सक्रिय हुन्छ । सपनामा मानिसको मस्तिष्क उति नै सक्रिय हुन्छ जति विपनामा सो काम गर्दा मस्तिष्क सक्रिय हुन्थ्यो । सामान्य ज्ञान तथा आइक्यूमा राम्रो ज्ञान हुने तथा रुची राख्ने मानिसले बढि सपना देख्छ ।
६. मानिस किन हाँस्छ भन्ने कुरा उसलाई पनि थाहा हुँदैन । मान्छे चाहेर मात्रै हाँस्न सक्दैन । हाँस्ने भने कुरा मस्तिष्कले आफै नियन्त्रित गर्ने काम हो । मान्छे केबल रमाइला कुरा सुनेर मात्र हाँसेको हुँदैन । ४ महिनाको बच्चाले हामीले भनेका कुरा तथा गरेको इशारा बुझ्दैन तरपनि एक्लैएक्लै मुस्कुराउँछ ।
७. मस्तिष्क ठूलो हुँदैमा मान्छे बढि अब्बल हुन्छ भन्ने कुरा गलत हो । अल्बर्ट आइन्सटाइनको मस्तिष्कको तौल केबल १२३० ग्राम थियो जब की पुरुषहरुको मस्तिष्कको औषत तौल १४ सय ग्राम हुन्छ । कतिपयले भने मानिसकेा टाउको जतिठूलो भयो मान्छे उति नै अब्बल हुने बताउँछन् । @ onlinekhbar

Related Posts:

  • नेपाली बजारमा स्मार्ट टेलिभिजन ब्ल्याक एण्ड ह्वाइट इमेजमा सीमित च्यानल हेर्नुपर्ने एवं भद्दा टेलिभिजन सेट राख्नुपर्ने बाध्यता अब इति… Read More
  • दिमागबारेका केही रोचक तथ्यमस्तिष्क मानव सरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । मस्तिष्कबाटै सबै क्रियाकलाप निर्देशित हुन्छन् र मस्तिष्कले नै सरीरका सबै प्रणालीहरु संचालन गरेको हुन्छ ।मस्तिष्क निकै नै संवेदनशील अंग हो र यसमा हुने गडबडीले शारीरिक तथा मानसि… Read More
  • Changing Channels, From Cable to the Web Curabitur at est vel odio aliquam fermentum in vel tortor. Aliquam eget laoreet metus. Quisque auctor dolor fermentum nisi imperdiet vel placerat purus convallis. Fusce et risus eu justo euismod pellentesque. Suspendiss… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts