Monday, July 16, 2012

काठमाडौं, साउन १ । एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले सातौं विस्तारित बैठकमा सहभागी हुन आउनेक्रममा रुपन्देहीको सुनवलमा सडक दुर्घटनामा दई जनाको मृत्यु भएकोमा दुःख प्रकट गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै  सातौं विस्तारित बैठक प्रचारप्रसार उपसमितिका संयोजक विश्वभक्त दुलाल आहुतीले बताएका छन् ।
विज्ञप्तीमा भनिएको छ ‘आज मिति २०६९ साउन १ गते बिहान ३:३० बजे रुपन्देहीको सुनवलचोकमा भएको यात्रुवाहक दुर्घटनामा २ जनाको निधन हुनाका साथै ३ दर्जनभन्दा बढी घाइते भएको र आज बिहान नै धादिङको धुषा-१, कृष्णभिरमा यात्रुवाहक बस खस्दा ३ जनाको निधन हुनाका साथै एक दर्जनभन्दा बढी घाइते भएको घटनाले हाम्रो पार्टी एकीकृत नेकपा(माओवादी) लाई दुःखित र स्तब्ध बनाएको छ ।’
विज्ञप्तीमा सुनवलचोकमा यात्रुवाहक बस र टिप्पर ठक्कर खास्दा टिप्पर चालकका साथै सातौं विस्तारित वैठकमा भाग लिन काठमाडौंतर्फ आउने क्रममा यात्रुवाहक बसमा रहेका एकीकृत नेकपा(माओवादी)का राज्य समिति सदस्य क। अनन्त अधिकारी 'प्रवीण'को दुःखद् निधन भएको छ भने पार्टीका राज्य समिति सदस्यहरू शारु विक(गम्भीर घाइते), मित्र, क्षितिज, शिखर, हिमशिखर, प्रशान्त, नयाराम थापा, ऐनबहादुर कठायत, छवि सुवेदी, जिल्ला समिति सदस्य टोपबहादुर खप्तडी, सचिन्द्र शाही घाइते भएको उल्लेख गरिएको छ ।
त्यसैगरी, प्रारम्भिक विवरणअनुसार उदयपुरको कटारीबाट छुटेको यात्रुवाहक वस धादिङ्गको कृष्णभीरबाट त्रिशुली नदीमा खस्दा सिन्धुली निवासी काशी घिमिरे, उदयपुर निवासी रुकु मगर र एकजना नाबालिकाको निधन भएको, एकीकृत नेकपा (माओवादी)का राज्य समिति सदस्य दिपक चौधरी वेपत्ता भइरहेको र पूर्व जनमुक्ति सेना नेपाल, दोस्रो डिभिजनका कम्पनी कमाण्डरहरू बिनु वान्तवा राई, राजन बराइली गम्भीर घाइते भएको र पूर्व जमुसेका कम्पनी कमाण्डर मिरा कार्कीसहित यात्रुहरू भेषराज धमला, नर्बु तामाङ, सन्तु तामाङ, मिनुकुमारी बराइली, सतमा मगर, नाबालक निराशा यादव, इन्द्रजीत महरा, बुम्भलाल अधिकारी, सुवासलगायत घाइते हुनुभएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
एकीकृत नेपाल कम्युनिस्ट पार्टी ९माओवादी०ले दुर्घटनामा निधन हुनुभएका पार्टीका कमरेडहरूसहित सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धान्जली प्रकट गर्नुका साथै मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Related Posts:

  • एमाओवादीको बिस्तारित बैठक स्थागितकाठमाडौ, श्रावण १ -   एकीकृत माओवादीको सोमबारदेखि सुरु हुने भनिएको सातौं विस्तारित बैठक मंगलबारसम्मका लागि स्थागित भएको छ । सम्पूर्ण तयारी भइसकेपछि पनि सोमबार नै मुलुकका फरक फरक दुई ठाउँमा गाडी दुर्घट्ना भएकोले स्थ… Read More
  • त्रिशुलीमा बस दुर्घटना, मर्नेको संख्या १५ पुग्योगोरखा, श्रावण १ - पृथ्वी राजमार्गको कृष्णभीर सडकबाट सोमबार बिहान त्रिशुली नदीमा यात्रुबाहक बस खस्दा मर्नेको संख्या १५ पुगेको छ । क्रेन लगाएर नदीबाट बस निकालेपछि त्यहाँ थप ६ जनाको शव भेटिएको हो । उदयपुरको कटारीबाट काठमाण्ड… Read More
  • कार्यकर्ताको निधनप्रति एकीकृत माओवादी स्तब्धकाठमाडौं, साउन १ । एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले सातौं विस्तारित बैठकमा सहभागी हुन आउनेक्रममा रुपन्देहीको सुनवलमा सडक दुर्घटनामा दई जनाको मृत्यु भएकोमा दुःख प्रकट गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै … Read More
  • भेलामा हिडेका ३ माओवादी कार्यकर्ताको दुर्घटनामा मृत्यू१ साउन, काठमाण्डौ । एकीकृत नेकपा माओवादीको आजदेखि सुरु हुने भनिएको विस्तारित वैठक भोलीसम्मका लागि स्थगित भएको छ । आज बिहान नवलपरासी र धादिङमा भएका दुईवटा सडक दुर्घटनामा वैठकमा भाग लिन आइरहेका तीन जना राज्यसमिति सदस्यको ज्या… Read More
  • समीक्षाको परीक्षामा समाचार दैनिक डा. गोपाल चिन्तन/ एउटा खास विचारधारा, पार्टी वा समूहको पक्षपोषणका लागि जन्मिएको कुनै पनि प्रकाशनको समीक्षा गर्ने कार्य धेरै चुनौतिपूर्ण काम हो । कि त आफैं पनि त्यही विचार वा समूहको हुनुपर्‍यो । त्यसबेला त आफ्नो प्रकाशन… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts