इन्द्रकुमारी श्रेष्ठ धादिङ, । करिब २२ वर्षको लामो अन्तरालपछि महाधिवेशनमा जुटेको एकीकृत नेकपा माओवादी यतिबेला आन्तरिक सम्मेलन र भेलाहरुमा जुटेको छ । आगामी माघमा हुने महाधिवेशनलाई मध्यनजर गरी एकीकृत माओवादी धादिङले वडा भेलाहरु सम्पन्न गरि अहिले गाविस सम्मेलनहरु धमाधम सम्पन्न गरिरहेको छ । गत कात्तिक १६ गते सेर्तुङ गाविस देखि अभियानात्मक रुपमा शुरु गरेको गाउँ सम्मेलन हिन्दुहरुको चाड दिपावलीलाई मध्य नजर गर्दै कात्तिक २७ गते देखि मंसिर १ गते सम्म स्थिगित गरेको थियो ।
स्थगित अभियायनलाई फेरि मंसिर २ गतेबाट पुनःनिरन्तरता दिएको एकीकृत नेकपा माओवादी केन्द्रिय महादिवेशन आयोजक समिति सदस्य एवं जिल्ला सम्मेलन ओयाजक समिति संयोजक पुष्पविक्रम मल्लले जानकारी दिनु भएको छ ।
अभियानात्मक रुपमा चलेको गाउँ सम्मेलनमा जुटेको एकीकृत नेकपा माओवादी धादिङले जिल्लाका ५० वटा गाविस मध्ये २० गाविसको हाराहरीका सम्मेलन सम्पन्न गरिसकेको छ ।
‘शान्ति, जनसंविधान र राष्ट्रिय स्वाधीनताको पक्षमा हाम्रो आन्दोलन, सुधारवाद, अराजकतावाद र फूटवादको विरुद्ध गाउँ सम्मेलन भन्ने मूल नाराका साथ हुँदैगरेको सम्मेलन क्षेत्र नं. १ मा तामसालिङ राज्य सम्मेलन आयोजक समिति सदस्य रामबहादुर भण्डारी र राज्य सम्मेलन आयोजक समिति सदस्य राजु नेपाल, क्षेत्र नं २ मा केन्द्रिय महादिवेशन आयोजक समिति सदस्य एवं क्षेत्रिय संयोजक कल्पना धमला, राज्य सम्मेलन अयोजक समिति सदस्य विजय बुर्लाकोटी, क्षेत्र न. ३ मा राज्य सम्मेलन आयोजक समिति सदस्य तथा क्षेत्रिय संयोजक उत्तम कडेलले उद्घाटन गर्दै आउनु भएको छ । दक्षिणपन्थी, यथास्थितिवादी र प्रतिक्रियावादी शक्तिले माओवादीलाई कमजोर बनाउन विभिन्न योजना बनाएर पार्टी फुटाएको भन्दै दुश्मनहरुको षड्यन्त्रमा वैद्य समूह फसेको बताउँदै कल्पना धमलाले आईतवार गोगनपानीको गाउँ सम्मेलन उद्घाटन गर्नु भएको थियो । विचारबाट पलायन भएकाहरुले वैचारिक संघर्ष गर्न नसक्ने अवस्थामा पुगेका कारण भृकुटीमण्डपमा अध्यक्ष प्रचण्डमाथि आक्रमणको असफल प्रयास गरिएको बताउँदै उक्त घटना सुनियोजित भएको बताउँदै क्षेत्र नं १ अन्तरगतको दार्खा गाविसको गाउँ सम्मेलनको उद्घाटन रामबहादुर भण्डारीले गर्नु भएको थियो । आईतबार गोगनपानी जोगिमार र दार्खाको सम्मेलन सकिएको छ । सम्मेलनले राजेन्द्र प्रसाद आचार्य अध्यक्ष र शिव लामा सचिव रहने गरि १५ सदस्यीय गोगनपानी गाउँ समिति गठन गरेको छ । यसैगरी क्षेत्र नं १ अन्तर मंसिर १० गते सल्यानटार, ११ गते गुम्दी, १२ गते बुढाथुम, १५ गते त्रपिूरेश्वर, र मार्पाक, १८ गते फुलखर्कको सम्मेलन हुने क्षेत्रिय संयोजक रामबहादुर भण्डारीले जानकारी दिनुभयो । क्षेत्र नं. २ अन्तर गत आज नीलकण्ठ, मंसिर ५ गते मुरलीभञ्ज्याङ, ७ गते चैनपूर र खरी, ९ गते कल्लेरीको सम्मेलन हुने तामसालिङ राज्य सम्मेलन आयोजक समिति सदस्य मनराज भण्डारी शैलेसले जानकारी दिनुभएको छ । यसै गरी क्षेत्रिय संयोजक उत्तम कडेलका अनुसार छत्रेदेउराली गाविसको सम्मेलन ९ गते गरिने छ । जारी गाउँ सम्मेलन सकेर क्षेत्रिय सम्मेलन गरिने छ तर जिल्ला सम्मेलन भने पार्टीको केन्द्रिय महादिवेशन पछि मात्र गरिने महादिवेशन आयोजक समिति सदस्य एवं धादिङ जिल्ला संयोजक पुष्प विक्रम मल्लले बताउनु भयो ।

0 comments:
Post a Comment