लेखनाथ ढकाल |
विश्वका धेरै देशमा सहकारी आन्दोलन तत्कालीन त्यहाँको कानुनको बर्खिलापमा नै सुरू भएथ्यो । नागरिकहरूको सामुहिक कार्यलाई कानुनले दण्डनीय बनाउनु हास्यास्पद हुन्थ्यो, नागरिक आफैले मिलेर गरेको सामाजिक कार्यलाई राज्यले व्यवस्थित गर्न विस्तारै कानुनी व्यवस्थाहरू हुदै गए । आजका दिनमा विश्वका सबै राज्य र सबै सरकारहरू सहकारीलाई कानुनी व्यवस्था गर्न थालेका छन् । केही समयदेखि संयुक्त राष्ट्र संघले विश्वका सबै देशमा सहकारीको अभ्यास एकरूपमा हुन सकोस भन्ने उद्देश्यले कानुन बनाउनदेखि लिएर सहकारीको विकास र प्रबद्र्धन हुने वातावरण बनाउन प्रयत्नरत रहेको छ । आजको विश्वव्यापीकरणको समयमा प्राय सबै देशमा सहकारीको एउटै मूल सिद्धान्त मानेर देशका कानुन बन्ने गरेका छन् ।
सन् २००० पछि बनाइएका सहकारी कानुन तथा भएका कानुनमा गरिएका संशोधनहरूमा सहकारीको परिभाषा, मुल्य र सिद्धान्तहरूलाई एक रूपमा राख्ने गरिएका छन् । राज्यहरूलाई यस कुरामा सहयोग गर्न विश्व श्रमिक संगठनले परामर्शदाताको काम पनि गर्ने गरेको छ । हालैको एउटा अध्ययनका आधारमा श्रम संगठनले प्रकाशीत गरेको टिप्पणी अनुसार सहकारीको मर्म र तत्कालीनका सूचनाहरूको अभावमा नै कानुन बनाएर लागु गर्ने गरिएकोले कानुन परामर्श कमिसन बनाएर काम गर्नु पर्ने आवश्यकता रहको बताइएको छ । कानुन नबनाइकन काम गर्दा गैर कानुनी हुने कानुन बनाएर काम गर्दा राज्यको कार्यक्रम हुने भन्ने दुबै सोचाई वास्तविक सहकारी होइनन् । राज्यले सहकारीलाई उपयुक्त वातावरण बनाएर नागरिकहरू सक्रियपूर्वक सामाजिक आर्थिक गतिविधिमा सक्रिय हुन सकुन भन्ने हो, एकातिर भने निजीकरणले नाफाका लागि गर्ने हरेक गैर मानवीय क्रियाकलापको विकल्पमा नागरिकहरूको अभियान स्थापित गर्ने उपाय हो अर्कोतिर । राज्यको आप्mनो क्षेत्र र आप्mनो क्रियाकलाप हुदाहुदै नागरिकहरूको पहल, नेतृत्व र पहुच बृद्धि गर्ने उपाय हो सहकारी । तर, हामे सरकारले अर्थतन्त्रका तीन खम्बा भनेर सहकारीलाई उउटा भनेर सम्बोधन गरेको छ– यो सैद्धान्तिक, व्यवहारिक, र प्रचलन लगायत सबै हिसावले उपयुक्त छैन । सोचाई, भनाई र यो तीनखम्बे कुरा विरोधाभाषपूर्ण छ । सहकारी सामाजिक आर्थिक विकासको आम क्रियाकलाप हो भन्ने मान्यतालाई यसले कुण्ठित पार्न खोजेको छ । सन् १९८० तिर सिङगापुरले आप्mनो देशको अर्थतन्त्रलाई ‘को–अपरेटिभ इकोनोमी’ भनेको थियो । त्यहाको निजी क्षेत्र कतै हतास भएन, विश्वका ठूला मल्टीनेशनलहरूको ठूलो बजार सिङगापुर रहेको छ । यहाँ भन्न खोजिएको कुरा के हो भने हाम्रो देशमा सोच विचार नगरी विश्वव्यापी चासो र सरोकारका विषयहरूमा जे पनि बोल्ने लेख्ने गरिन्छ । आज विश्वको सहकारी आन्दोलनको नेतृत्वदायी भूमिकामा रहेका हाम्रा दुबै छिमेकीहरूबाट समेत हामीलाई त्यति पत्याएको अवस्था देखिदैन, यो चुनौतीका लागि अतिकति मात्र चिन्तन मनन गरेर बोल्ने गरेमा सहकारी क्षेत्र पनि नागरिक तहमा विश्वका जनतासंगको सम्बन्ध विस्तार गर्ने हाम्रो महत्वपूर्ण विकल्प हो । सहकारी गैर सरकारी क्षेत्रमा विश्वको आर्थिक शक्तिका रूपमा विकास भएको प्रविधि हो । सन् २०२० सम्ममा सबैभन्दा ठूलो र सबैभन्दा उत्तम व्यवसायिक मोडलका रूपमा प्रस्तुत हुने घोषणा हालै सहकारीका विश्वभरका नेताहरूको सम्मेलन ‘को–अपरेटिभ युनाइटेड’ बाट गरिएको छ ।
नेपाल प्राचीन इतिहास र आप्mनै परम्परा भएको देश भएपनि लामो समयको केन्द्रीकृत सामन्ती शासन व्यवस्था तथा कुशासनका कारण समसामयिक समयमा विश्वमा विकास भएका नवीन सोच र प्रविधिलाई आत्मसात गर्ने प्रवित्तिको विकास नभएको मान्न सकिन्छ । व्यक्तिगत सम्पत्तिको सर्बोच्चता, निजी घर, निजी खेत, आप्mनै स्वामित्वमा सम्पत्ति हुनुपर्ने र त्यको मालिक आपूm हुनुपर्ने मानसिकता पहिलो विश्वयुद्धभन्दा पनि धेरै अगाडिको सभ्यता हो । हाम्रो सामाजिक स्तर लगभग यस्तै स्तरमा देखिन्छ । यो सहकारीसप्रय छैन । सहकारी औद्योगिक विकासपछिको मानवीय उच्च चेतनाको प्रक्रिया हो । औद्योगिक श्रमिकहरूले प्रतिपादन गरेको प्रविधिमा सहकार्यको विकासक्रम सुरू भएको हो । सामन्ती सोच र सामन्ती उत्पादन सम्बन्धको स्तरमा सहकारीको उपादेयता परिणाममुखी हुन नसक्नुको कारण सहजै बुभ्mन सकिन्छ । अतः असल अभ्यासको सहकारी पद्धतिलाई अपनाउने प्रयत्न गर्नु हाम्रो पछौटे सामाजिक सोचबाट अगाडि बढने उत्पे्ररक प्रक्रिया हुन सक्नेछ, यसलाई यही रूपमा अपनाउने प्रयत्न गरिनु आवश्यक छ । तर, हाम्रो पछौटे मानसिकताले नवीन, आधुनिक, सिर्जनात्मक र मौलिक संस्कारको विकास हुने बाटोमा अवरोध गर्ने गरेको स्पष्ट उदाहरण यो क्षेत्रमा पनि देखिन्छ । गलत मान्यता बनाएर सहकारी आन्दोलनको गलत अभ्यास गरिएको कुरालाई यसको परिणामले देखाएको छ । यसबाट पाठ सिकेर नयाँ परिमार्जित कदम उठाउनु पर्ने कुरालाई सबैले महसुस गरिरहेको अवस्थामा राज्यको जिम्मेवारीमा रहेको पक्षले पुरानो मानसिकता नै देखाउने काम गरिरह्यो भने नेपाली समाज कसरी अगाडि बढ्ला ? यो त एउटा उदाहरण मात्र हो आम सामजिक रूपान्तरणको प्रक्रियालाई यसले प्रतिनिधित्व गर्न सक्ने भएकोले यहाँ उल्लेख गर्न चाहेको हो । सहकारी पद्धतिलाई बुभ्mने, बुझाउने र यसको उपयोग गर्ने काम उचित ढङगले अगाडि बढाउनु पर्ने काम बाँकी छ भन्ने कुरा तथ्यहरूले देखाई रहेका छन् । उचित मार्ग के हुनु पर्ने हो ? र भइरहेको अभ्यासमा के समस्या रहेका छन् ? भन्ने कुरामा छलफल, अन्तरक्रिया, चिन्तन–मनन तथा अध्ययन–अनुसन्धान हुन आवश्यक देखिन्छ । हाम्रो देशको सहकारी आन्दोलनमा रहेको अन्योल र समस्याहरूलाई गहन ढङगले अध्ययन गरी परिमार्जित दिशा निर्धारण गरिनु आवश्यक रहेको सबैले महसुस गरिरहेको तथ्य हो ।
आधारभूत रूपमा निम्न तीन विषयबाट सहकारी आन्दोलनको जग उभिएको हुनु पर्ने हो– १) देश, काल, परिस्थिति, आवश्यकता र राष्ट्रिय उद्देश्य अनुसारको स्पष्ट अवधारणा र नीति । २) स्पष्ट, सरल, मूर्त, पूर्ण र व्यवहारिक विधि–प्रक्रिया र मापदण्ड ३) कार्यान्वयन ः स्पष्ट अवधारणा तथा त्यसमा आधारित नीति, विधि–प्रक्रिया र मापदण्ड का आधारमा स्थानीय स्रोत, साधन, बजार, आवश्यकता, उपयोगिता, पहुच आदिको आधारमा स्थानीय समुदायको पहल, नेतृत्व र सहभागितामा आत्मनिर्भर व्यवसायिक संगठनको रूपमा सहकारी संगठन स्थापना गरी योजनाबद्ध व्यवसाय सञ्चालन हुनुपर्ने । बिद्यालय र विश्वबिद्यालयमा सहकारी सम्बन्धी शिक्षालाई व्यापक रूपमा राखिनु पदैछ । र आमसञ्चारमा सहकारीलाई उल्लेख्य स्थान दिनु पर्दछ । यी प्रक्रिया प्रभावकारी रूपमा अपनाउनु हाम्रो सहकारी आन्दोलनको परिमार्जन र समाजिक रूपान्तरणका लागि उपयुक्त सहकारी आन्दोलन को दिशा हुने औल्याइन्छ – पहिले सहकारीको हाम्रो परिबेशमा अपनाउने अवधारणा र नीति तय गर्ने । दोश्रो तय गरिएको अवधारणा र नीतिको आधारमा विधि–प्रक्रिया र मापदण्ड तय गर्ने । त्यसपछि कार्यान्वयनमा जाने । नीति, विधि–प्रक्रिया र कार्यान्वयन एकापसमा अन्योन्याश्रित छन् र एकले अर्कोलाई परिमार्जित गर्ने काम निरन्तर रूपमा गरिरहनु पर्दछ । समाज विकासको यो निरन्तर प्रक्रिया हो र विकासको यो मोडल नै नेपाली समाजिक रूपान्तरण तथा आधुनिकीकरण तर्फको सफल यात्राको थालनि पनि हो । सहकारी आन्दोलनको परिमाजैनले यो यात्राको तय गर्न सजिलो हुनेछ । यो सबैको सहमतीको बाटो पनि हो ।
सहकारी प्रक्रिया समाज विकासको सिद्धान्त हो । समुदायको स्वतन्त्र गतिविधि हो । संघीयता र समावेशी लोकतन्त्रको व्यवहारिक उपयोग गरिने बाटो पनि हो । “सबै सहकार्य सहकारी होइनन, तर सबै सहकारी सहकार्यका उत्कृष्ठ नमुना हुन् ।” यो विचारलाई एक पटक गहिरिएर विचार गर्ने हो भने सहकारीको नजिक पुगिन्छ । सहकारी पहिचानका अभिव्यक्तिहरूमा अभिव्यक्त सहकारीको परिभाषा, मुल्य र सिद्धान्तको आधारमा स्थापित भई सञ्चालन हुने औपचारिक वा अनौपचारिक व्यवसायिक संगठन सहकारी हुन ।

–लेखनाथ ढकाल |
0 comments:
Post a Comment