Thursday, June 27, 2013

सुमन अधिकारी।
धादिङ १४ असार । सरस्वती उच्च माध्यमिक विद्यालय धुवाँकोट धादिङमा विहिवार पुरस्कार वितरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यावस्थापन समितिका सदस्य निम बहादुर गुरुङको अध्यक्षता एकीकृत नेकपा माओवादी ताम्सालीङ राज्य समितिका सदस्य राजु नेपाल विकासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष भिम बहादुर दाहाल, समाजसेवी राजकुमार श्रेष्ठ, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधी, शिक्षक तथा अभिभावकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी राजु नेपाल विकासले विद्यार्थीहरुमा छाडा प्रवृत्तिले गर्दा शैक्षिक गुणस्तर खस्कीएको बताउनु भएको थियो ।

 आधुनिकताले जति फड्को मारेपनि विद्यार्थीहरुले त्यसको दुरुपयोग गर्दा उनीहरुको पढाई खस्कीदै गईरहेको धारणा राख्नु भएको थियो ।
 विद्यालय तहदेखीनै विद्यार्थीहरुले मोबाइल फोन बोक्नु, सामाजिक सञ्जाल फेसवुकको दुरुपयोग गर्नुले पनी उनीहरुको पढाई प्रतिको झुकाव कम भएको धारणा राख्नु भएको थियो ।  प्रवेशीका परिक्षामा  सामुदायिक विद्यालय तर्फको नतिजा न्युन हुनुनै यसको प्रमुख कारण रहेको बताउनु भएको थियो । विद्यार्थीहरुको अभिभावकहरुले नै आफ्नो छोराछोरीको पढाई प्रति चासो नदेखाउनु र शिक्षकहरुले पनि  कडाई नगर्नुले पनि शैक्षिक गुणस्तर खस्कीएको तर्क राख्नु भयो ।
 सो अवसरमा शैक्षिक सत्र २०६९ सालमा कक्षागत रुपमा प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीबाट पुरस्कृत गरिएको सहकर्मी सुमन अधिकारीले जानकारी दिनुभएको थियो । कार्यक्रमको अवसर पारेर २०६८ सालको  प्रवेशीका परिक्षामा विशिष्ट श्रेणी ल्याउन सफल छात्रा मिलन दाहाललाई नगद पाँच हजारबाट पुरस्कृत गरिएको थियो । विद्यालयमा आजै भएको अन्रतक्रिया कार्यक्रमका सहभागीहरुले विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्नको लागी शिक्षक र अभिभावकहरुको महत्वपुर्ण भुमिका रहने उल्लेख गरेका थिए । अहिले विद्यार्थीहरु उच्छृङखल कार्यमा लागेको भन्दै अभिभावकहरुले विद्यार्थीहरुलाई अनुशासनको दायरामा ल्याउनु पर्ने सुझाव दिएका थिए ।

Related Posts:

  • एमाओवादीको जनसम्बन्ध अभियान सकियो धादिङको तीन क्षेत्रमा नै चुनाव जित्ने दावी भाद्र ५ ।धादिङ । एनेकपा माओवादी धादिङले श्रावण १० गतेवाट “पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानसभावाटै संविधान”  को मूल नारासहित संविधानसभाको निर्वाचनको तयारी… Read More
  • चुनावको तयारीमा एमाओवादी धादिङले १८ जनाको नाम  छनौटको लागि केन्द्रमा पठायो धादिङ । एकीकृत नेकपा माओवादीले धादिङले आगामी संविधानसभा निर्वाचनको लागि प्रत्येक्ष र शनिबार जिल्ला समिति सदस्यहरुको बैठकले प्रत्येक निर्वाचन क्षेत्रबाट प्रत्यक्ष ३… Read More
  • आफ्नै भाईबुहारीलाई करणी गर्ने प्रहरी फन्दामा  धादिङ असार २६ गते । सुनौला बजार गाउँ विकास समिति वडा न. ३ मा आफ्नै जेठाजुले जवरजस्ती करणी गरेको भन्दै बुहारी न्याएको लागी  जिल्ला प्रहरी कार्यलय सम्म आईपुगेकी छिन् । मंगलवार अपराह्रन बारीमा कोदोको विउ गोड्न गए… Read More
  • झक्कु सुवेदी सहित तीन केन्द्रीय सदस्य धादिङमा धादिङ श्रावण १६ । एकीकृत नेकपा (माओवादी)ले संविधानसभाको निर्वाचनलाई कन्द्रित गरेर देशव्यापीरूपमा एक महिने जनपरिचालन अभियान सञ्चालन गरि रहेको छ । साउन १० देखि सुरु भएको यस अभियानका क्रममा धादिङमा तीन केन्द्रीय नेता आएका छन् … Read More
  • धादिङको विकासको लागी प्रतिवद्ध छु– प्रजिअ पोख्रेल धादिङ असार २६ । समग्र जिल्लाको विकासको लागी आफु प्रतिवद्ध रहेको केहि समय अगाडी कार्यभार सम्हाल्नु भएका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोख्रेलले बताउनु भएको छ । जिल्लामा शान्ति सुव्यावस्था कायम गर्नको लागी  सबैको म… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts