Thursday, June 27, 2013

धादिङ १४ असार । जिल्ला प्रहरी कार्यालय धादिङले राजमार्ग क्षेत्रका अपराध नियन्त्रणका लागि धादिङका राजमार्गका सडक खण्डहरुमा एक हप्ते फ्लस आउट नामक विशेष अपरेशन आजबाट सुरु हुँदैछ । आजबाट शुरु हुने उक्त विशेष अपरेशन असार २१ गते अन्त्य हुनेछ ।

हाइवे क्राइम कन्ट्रोल अपरेशन फ्लस आउट नाम दिइएको उक्त विशेष अपरेशन पृथ्वी लोकमार्गको मौवाखोलादेखि पिपलामोड सम्मको ८६ किलोमिटर सडक खण्डमा र त्रिभुवन लोकमार्गको नौबिसे तसर्पू खण्डको ३३ किलोमिटर आसपासका क्षेत्रहरुमा सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
विहिवार पत्रकार सम्मेलन मार्फत प्रहरीले दिएको जानकारी अनुसार धादिङमा पर्ने लोकमार्ग तथा आसपासका क्षेत्रमा विभिन्न अपराधिक घटनाहरु बढिरहेको कारण यसको न्यूनिकरणको लागि यो विशेष अपरेशन शुरु गर्न लागिएको हो । लोकमार्ग आसपासमा चोरी, डकैती, गुण्डागर्दी, लागू औषध ओसार पसार, मानव बेचविखन तथा ओसारपसार र सवारी दुर्घटना तथा सो बाट श्रृजित अन्य अपराधका घटनाहरु वृद्धि भइरहेकोले यो अपरेशन शुरु गर्न लागिएको प्रहरीको दावी छ ।
यस्ता अपराधका घटनाहरुको वृद्धिले सडक आसपासको शान्ति सुरक्षा अमनचयनमा गम्भीर आँच आउने र आसन्न संविधानसभाको निर्वाचनमा समेत असर पुग्ने भएकोले त्यस्ता गैह्र कानुनी तथा अवाञ्छित क्रियाकलाप रोक्न अपरेशन फ्लस आउटको आवश्यकता महसुस गरी अप्रेशन शुरु गरिएको धादिडका प्रहरी नायक उपरिक्षक अशोक सिंहले जानकारी दिनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरी संयुक्त अपरेशनबाट जिल्लाको लोकमार्गहरु तथा आसपासका क्षेत्रहरुमा हुने गैह्र कानुनी क्रियाकलापलाई नियन्त्रण गरी अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन सकिने विश्वास लिइएको धादिङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले व्यक्त गर्नुभयो ।
यो विशेष अपरेशनबाट ट्राफिक नियमको पालना गराउने र सवारी दुर्घटनालाई न्यूनीकरण गर्न पनि विशेष योगदान पुग्ने प्रहरीले बताएको छ । यसको लागि प्रहरीले ठाउँ ठाउँमा चेक प्वाइन्टको स्थापना गरी विशेष चेकजाँच समेत गर्ने कार्यक्रम रहेको बताइएको छ । नेपाल प्रहरीको यो एक हप्ता लामो विशेष अपरेशन फ्लस आउटको क्रममा त्रिशुली नदीमा अवैध रुपमा हुने बालुवा तथा गिट्टी चोरी निकासी कार्यलाई पूर्णतया नियन्त्रण गरिने प्रहरी नायक उपरिक्षक अशोक सिंहले दावी गर्नुभयो

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts