Friday, June 28, 2013

धादिङ १५ असार । जिल्ला खेलकदु विकास समिति धादिङले  शनिबार एक कार्यक्रमको आयोजना गरि  नुवाकोटमा सम्पन्न भएको नेपाल–भारत आमन्त्रित मैत्रीपुर्ण अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताका बिजयी दश जना खेलाडीहरुलाई सम्मान गरेको छ ।
जेठ २६ देखी २७ गते सम्म सञ्चालन भएको प्रतियोगितामा  धादिङ जिल्लाबाट प्रतिनिधित्व गरि पाँच वटा स्वर्ण, तीन वटा रजत र दुई वटा कास्य पदक जित्ने  तेक्वान्दो खेलाडीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनराज भण्डारी शैलेसले जानकारी दिनुभएको छ । जिल्ला खेलकुद विकास समितिको कार्यलयमा सम्पन्न भएको सम्मान कार्यक्रममा स्वर्ण पदक विजेताहरु सुजिता तामाङ, प्रदिप गीरी, मोहन तामाङ, राजेस कुमार गुप्ता र सुमन थापालाई मेडल र प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
यस्तै प्रतियोगतामा सहभागी भई रजत पदक विजेताहरु गजुरीकी सिवानी घल, सम्झना भण्डारी र अमिता घले यस्तै कास्य पदक विजेताहरु विष्णुकुमार श्रेष्ठ र शंकर तामाङलाई मेडल र प्रमाणपत्रबाट सम्मान गरिएको थियो । धादिङ तेकान्दो डोजाङका प्रमुख रमेशमान तुलाधरको अध्यक्षता, एकीकृत नेकपा माओवादीका ताम्सालीङ राज्य समितिका सदस्य रामबहादुर भण्डारीको प्रमुख आतिथ्यता र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनराज भण्डारी शैलेसको विषेश आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जनश्रेय तेक्वान्दो डोजाङका प्रमुख प्रताम सिंह तामाङ, तेक्वान्दोका प्रशिक्षक तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
 सो अवसरमा बोल्दै कार्यक्रममा प्रमुख अतिथी राम बहादुर भण्डारीले समाज परिवर्तनका संबाहक युवा भएकाले खेल युवाहरुको महत्वपुर्ण पाटो रहेको उल्लेख गर्नुभयो । खेलाडीहरुले देश विदेशमा आफ्नो र राष्ट्रको नाम राख्ने  भएकोले सरकारले पनि खेल  क्षेत्रलाई महत्वको  साथ हेर्नुपर्ने औल्याउनु भएको थियो । जिल्ला खेलकुद समिति सक्रीय बन्दै गईरहेको भन्दै अधिल्ला नेतृत्व भन्दो अहिलेको जिल्ला खेलकुद विकास समिति नीकै सक्रिय रहेको प्रमाणीत हुदै गईरहेको बताउनु भएको थियो । सम्मान पश्चात विजयी खेलाडीहरुले आफुहरुलाई खेल खेल्नको लागी निकै हौसल्ला थपिएको बताएका थिए ।

Related Posts:

  • एमाओवादी कार्यकर्ताकोे जिम्मेवारी बाँडफाड कार्यशैली सुधारौं जनता हाम्रै पक्षमा–भण्डारी धादिङबेसी । एकीकृत नेकपा माओवादी धादिङका नवनिर्वाचित अध्यक्ष रामबहादुर भण्डारीले कार्यकर्तालाई कार्यशैलि सुधार्न अनुरोध गर्नुभएको छ ।  हामी आफ्नै कार्यशैलिका कारण वर्गिय … Read More
  • चट्याङबाट कृषि रेडियोको प्रसारण अबरुद्ध  भरत रेग्मी कृषि रेडियो धादिङ बैशाख १९ धादिङ   । आज बिहान परेको चट्याङबाट धादिङको जिवनपुरमा संचालन भईरहेको कृषि रेडियो को प्रसारण अबरुद्ध भएको छ ।  चट्याङबाट रेडियोको प्रसारणमा रहेको दुईथान कम्प्युटर… Read More
  • एड्भान्स एकेडेमीमा चिनिया भाषाको कक्षा सुरु धादिङबेसी जेष्ठ ५ । एड्भान्स एकेडेमी धादिङबेशिमा शैक्षिक सत्र २०७१ बाट चिनिया भाषामा कक्षा संचालन शुरु गरिएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि चिनिया भाषामा कक्षा संचालनको विषयमा शिक्षक र अविभावकहरु विच अन्तरक्रिय… Read More
  • कोरियाबाट चेपाङलाई आर्थिक सहयोग जारी दक्षिण कोरियाको किम्हेबाट संकलन  भएको रकम चितवनको लोथर ६ कान्दामा रहेका चेपाङको घर बनाउन कान्दा रुपान्तरण अभियानमा सकृय रहेको  संस्था लक्ष्मी प्रस्तिस्ठान लाई हस्तान्तरण  गरिएको छ । अगस्ट 15 मा लक्ष्म… Read More
  • शिक्षक बलिदानी दिवस मनाईयो रामकुमार थापा बैशाख २९ धादिङबेसी । १० बर्षे जनयुद्धको समयमा धादिङबाट सहादत गर्नुहुने शिक्षकहरुको सम्झनामा आईतबार अखिल नेपाल शिक्षक संगठनले शिक्षक  वलिदानी दिवस मनाएको छ । तात्कालिन शाहि सेनाले नेकपा माओवादीको दश बर्ष… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts