धादिङ १५ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले मंसीर ४ मा जुनसुकै हालतमा पनि संविधान सभाको निर्वाचन हुने विश्वास व्यक्त गर्नुभएको छ । देश संक्रमण कालिमा गुज्रिरहेको भन्दै केसीले निर्वाचनै निकासको उत्तम विकल्प रहेको तर्क राख्नु भयो । नेपाल पे्रस युनियन धादिङ् शाखाले शनिवार धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीको यस्तो बताउनु भएको हो । नेकपा–माओवादी सहितका केहि दलहरुले बर्तमान सरकार विघटन हुनुपर्ने र राजनीतिक दलकै नेतृत्वमा सरकार गठन हुनुपर्ने लगायतका माग राखि आन्दोलन गरिरहेको सन्दर्भमा कसरी मंसिर ४ गते निर्वाचन हुन सक्छ भनि पत्रकारहरुको जिज्ञासामा नेता केसीले सरकार कुनै हालतमा परिवर्तन गर्न नहुने र निर्वाचनमा सहभागि हुन आन्दोलनरत दलहरु संग वार्ता भईरहेकोेले उहाँहरुले पनि निर्वाचनमा भाग लिने दावी गर्नुभयो ।
Friday, June 28, 2013
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment