Add caption |
(न्यायपूर्ण र समानतामुलक राज्यको निर्माणको सुन्दर सपना बोकेर संघर्षमा लागिपरिरहेका एक योद्धालाई २०५५ साल जेष्ठ १८ गते घरबाटै चिलले चल्ला टिपेझैं टिपेर लगे प्रहरीले । रातभरीको यातनापछि भोलिपल्ट धादिङ जिल्लाकै ज्यामरूङ गाविसको गोलाभञ्ज्याङमा आँखामा पट्टी र हातमा डोरीले बाँधेको अवस्थामा नै पछाडिबाट गोली हानियो । गोली हात, छातीमा लाग्यो र फोक्सो समेत छेड्यो ।)
धादिङ जिल्ला आगिञ्चोक गाविस गोलाङटारमा बुवा ईन्द्र बहादुर र आमा पदमकुकारीबाट २०१५ सालमा कार्तिक १० गते आफ्नै निवासमा जन्मनु भएका जिउँदा सहिदका रुपमा चिनिने रामबहादुर भण्डारी ७ जना दिदी र ५ दाजुभाई मध्य कान्छा सन्तान हुनुहुन्छ ।
मध्यम परिवारमा जन्मिनु भएकाका भण्डारी समाजमा भएको विभेद असमानता शोषण, दमन, अन्याय, अत्याचार एवं सामन्ती पुँजीवादी व्यवस्थाको अन्त्य गरि सम्मुन्नत नयाँ नेपालको निर्माणको लागि नयाँ जनवादी क्रान्ति पुरागरि सामाजवाद र वैज्ञानिक साम्यवादको स्थापना गर्ने सोचकाका साथ निरनन्तर अगाडि बढीरहनु भएको छ । त्यसैका खातिर आफ्नो नीजि जीवनको मुल्यहरुको बलिदानी गर्ने अठोटका साथ आफु सर्वहारावर्गको पक्षमा सधैं उभिई रहने प्रणगरि नेपाली क्रान्तिमा दृढतापूर्वक अगाडी बढिरहनु भएको छ । पाकिस्तानमा जुल्फीक अली भुट्टोलाई फाँसी दिएपछि मानिसले बाच्न पाउने अधिकारको हनन्को विरोध नेपालमा हुँदा राज्यले दमनगरे पछि त्यसका प्रतिरोध स्वरुप तात्कालिन पंञ्चायती राजा वीरेन्द्रद्वारा जनमत संग्रहको घोषणाको समेत प्रभावमा पर्नु भएको भण्डारीलाई क्रान्तिमा लाग्न थप प्रेरणा मिलेको थियो । रामबहादुर भण्डारी ०३६ असार १५ गते नेपाल कम्यूनिष्ट पार्टी (चौथो महाधिवेसन) को भातृसंगठन अखिल नेपाल किसान संघ (२००७) मा ईलाका नं. ४ को सदस्य हुँदै राजनीतिक यात्रा सुरु गर्नु भएको भण्डारी २ वर्ष कृयाशिल काम गरेपछि ०३८ श्रावण ७ गते नेपाल कम्यूनिष्ट पाटी चौथौ महाधिवेशनको उम्मेद्वार सदस्य बन्नु भयो । ६ महिनाको परिक्षणकाल पुरा गर्दै पार्टी सदस्य बनेका भण्डारी, ०४२ सालमा पार्टीको इलाका कमिर्टी सदस्य बन्दै ०४७ मंसिर २८ गते इलाका कमिटी सदस्यमा निर्वाचितको कार्ययोजना अनुसार
तात्कालिन नेकपा माओवादीले ०५२ साल फागुन १ गते जनयुद्धको उद्घोष गर्दै क्रान्ति पुराभए पछिमात्र नीजि जिवनमा फर्कने सोचका साथ घर परिवारबाट विदा लिएर जनस्वयम सेवक दल कमाण्डर, बन्दै युद्धमा होमिनु भएको रामबहादुर भण्डारी त्यसपछि मुक्ति र क. बलवीरको नामले स्थापित हुनु भयो ।
युद्धको दौरानमा लामो समय जेलहिरासद पर्नु भएको बलबीर घर गएको बेला स्थानिय पार्टी कार्यकर्ताले नै सुराकी गर्दा आफु गिरफ्तार परेको तितो यथार्त सँगालेको बताउनु हुन्छ । ०५५ साल जेष्ठ १८ गते रातको १२ बजे सुति रहेको अवस्थामा गिरफ्तार गरि आत्मसमपर्णको लागि हरेक प्रयत्न गरियो । आफ्नो ज्यानको बाजी थापेर क्रान्तिमा होमिएको योद्धा कायर बनेर पार्टीको गोपनियता र अनुसाशन लत्याई आत्मसमर्पण नगर्ने मेरो अठोट पछि मलाई त्यसै रात यातना दिदैं ज्यामरुङ–८ गोला भञ्ज्याङ ल्याईयो र बिहान अन्दाजी ३ः४५बजे तिर हात पछाडी बाँधेर आँखामा पट्टी र हातमा डोरीले बाँधेको अवस्थामा नै पछाडिबाट गोली हाने गोली छातीमा लाग्यो र फोक्सो समेत छेड्यो ,
पछाडीबाट हानेको गोली मुटु नजीकैबाट बाँयाँ स्तनबाट बाहिरिएको थियो तत्पश्चातः भण्डारीलाई मृत घोषण गरि प्रहरी सदरमुकाम फर्कियो । स्थानिय जनतामा असाध्यै भिजेका बलवीरलाई घटना स्थलबाट स्थानियबासीले बाँच्ने झिनो आसा राख्दै हेलिकप्टरबाट काठमाडौ शिक्षण अस्पताल पु¥याए । भण्डारीलाई बचाउन अन्तिम प्रयास गर्न अनुरोध गर्दै चक्रबहादुर भण्डारीको नेतृत्वमा उपचार सहयोग समिति समेत बनाईयो । मुटु नजिक बाट गोलीले प्वालपारेर गएकोले बचाउने कुनै ग्यारेन्टी नलिएका डाक्टरहरु डा. प्रकाश सामयी र भगवान कोईरालाको टोलीले अन्ततः बलवीरलाई बचाए, ४९ दिन प्रहरीको नीगरानीमा उपचार पछि राज्यले झुटा मुद्धा चलाई ०५५ साल जेष्ठ १८ देखि ०५८ साल साउन २५ गते सम्म जेल हिरासदमा राख्यो ।
घाईते शरीर कठोर एवं कष्ठकर याताना कल्पना गरियो भने पनि जीउ नै सिरिङ्ग हुन्छ । तर ति दिनको सम्झना गदै भण्डारी भन्नु हुन्छ , वास्तवमा क्रान्तिकारीहरुको लागि जेल एउटा विश्व विद्यालयको रुपमा लिन सकिन्छ । जेल मोर्चा क्रान्तिको अर्को फरक मोर्चाको रुपमा लिएको भण्डारीको अनुभव छ ।
धादिङ कारागार, केन्द्रीय कारागार, भद्रबन्दी गृह भरतपूर, भैरहवा कारगार गरि ५ वटा जेलहिरासदमा आफ्नो जेल जीवनलार्ई सहज र सरल बनाउँदै माओवादी आस्थाका बन्दीहरु सँग जेलमोर्चा बनाउँदै महान जनयुद्धलाई सहयोग पू¥याउने ढंगले बैधानिक गतिविधि अगाडि बढाउने क्रियासिल भुमिका निर्वाह गर्नु भएका भण्डारीले जेल जीवनमा कृष्ण सेन इच्छुक, देव गुरुङ, सुरश आलेमगर, पवनमान सिह,ं गंगा नारायण श्रेष्ठ सँग सहकार्य गर्न पाउँदा खुुसी पनि लागेको बताउनु हुन्छ । ।
जनयुद्धको हरेकक्षण शिक्षा वर्धक र स्मरण योग्य रहेको बताउनु हुने भण्डारी आफुले २०५४ साल चैत्र महिनामा सामन्ती व्यवस्थाले रुढविादी संस्कार संस्कृति विरुद्ध महिलाहरुले हलो जोते अनिष्ठ हुन्छ भन्ने गलत संस्कारलाई चिर्न कुम्पुर सेराबेसीमा महिलाहरुलाई सामुहिकरुपमा हलो जोत्न लगाएको घटना स्मरण योग्य रहेको बताउनु हुन्छ । त्यस्तै जनयुद्धको क्रममा कल्पनै नगरेको छातीमा गोली लागेर मृत्युको दोसाधमा पुगेको र घाईते अवस्थामा नै झुटा मुद्धा लगाई ३ वर्ष २ महिना ७ दिन सम्म विभिन्न मानसिक तथा शारिरिक याताना दिई कष्टकर पूर्ण त्यो जेलजविन मेरो लागि कहिल्यै नविर्सने घटना हो ।
कि सास चाहियो कि लास..को माग गर्दै राज्य माग गर्दै आएका भण्डारीका आफ्ना दुई छोरालाई आन्दोलन कै क्रममा पारियो । हाल पारिवारीक पिडामा रहेका वलवीरका माईला छोरा सुचन्द्र भण्डारी २०५८ साल चैत्र १९ गते जिल्लाकै बसेरी गाविसमा पार्टीको केन्द्रीकरण कार्यक्रममा जाँदा स्थानिय सुराकीको आधारमा गोरखा आरुघाटबाट आएका तत्कालिन कथित सुरक्षा कर्मीले बुढाथुमबाट पक्राउ गरेको थियो ।
त्यसैगरि जेठो छोरा सुवास भण्डारीलाई तत्कालिन माओवादीको सैन्य फर्मेसन अनुसार बासु स्मृति चौथौ ब्रिगेडमा कम्पनी कमाण्डरको भुमिका निर्वाह गर्दै जुम्ला कार्वाहीमा दायाँहात गुमाए पछि आफ्नो फर्मेसन परिवर्तन गर्दै काठमाडौ नयाँबजारमा पार्टीकै इन्ट तथा हतियार विभागमा कामगर्दै गर्दा ०६० साल असोजमा गिरफतार परेका थिए । उनीे पनि अहिले सम्म वेपत्ताको सुचीमा रहेका छन् ।
राजनीतिक आस्थाकै कारण तात्कालिन दुस्मनले गोली हानेपछि विग्रियको स्वस्थ्यका कारण लौरो नै मेरो साहारा बन्न पुग्यो र क्रान्तिका बाँकी कार्यभार पुरा गर्न लौरोका साहारा लिएर जिल्ला( जिल्ला पुग्नु हुने भण्डारी । अचानोको पिर खुकुरीलाई थाहा नहुन सक्छ, अहिले वर्ग निष्ठाको अथवा पदलोलुपता, अधिभुत र सामन्तवादी सोच र चाकरीवादले पार्टीमा गुट मौलाएको र एमाले काँग्रेस हुने खतरा बढेर जान थालेको स्वीकार गर्नु हुन्छ त्यस्का लागि आफुले पार्टी भित्र गलत प्रवृतीको विषयमा निरन्तर अन्तर संघर्ष चलाउदै आएको बताउनु हुन्छ । जनतामा स्वार्थ हुँदैन जो सँग स्वार्थ छैन त्यसले निश्पक्ष न्याय गर्ने बताउने भण्डारी जनताको लागि प्रत्यक्ष
आफुले केहि गर्न नसके पनि जनताको ऋणिभएर जनताको प्यारो छोरो भएर काम गर्ने छु । जिल्ला पार्टीको घेराबन्दीमा परेको स्वीकार्न हुन्न भण्डारी आफुलाई नेतृत्वले योग्यता अनुरुपको हैसियत दिएको बताउनु हुन्छ । उहाँ वास्तविक राजनीति गर्न केहि लिन भन्दा पनि केहि दिन गरिने भएकाले निजी स्वार्थभन्दा सामुहिक हितलाई प्राथमिकता राखेरमा विचार सिद्धान्तमा आफु अगाडि बढी रहेको बताउनु हुन्छ । हामीबाट जनताले ठुलो आशा र भारोसा राखेको बताउनु हुने भण्डारी पार्टीमा गुटका आधारमा पदिए जिम्मेवारी बाँडिने गलत प्रवृतीको खुल्ला विरोध गर्दै आउनु भएको छ । विरोधीहरुले एमाओवादी दक्षिणपन्थी र संसोधनवादी भयो भन्ने आरोपको खण्डन गर्दै भण्डारी लेनिन को भनाई उदृत गर्नु हुन्छ, क्रान्ति गतिशित रुपमा अगाडी बढ्दै गरेको र क्रान्तिकालमा परिस्थिति तिब्र गतिमा परिवर्तन हुने गर्छ । परिस्थिति परिवर्तन सँगै क्रान्तिकारीहरुले आफ्ना कार्यनीतिहरु बदल्न सक्नु पदर्छ यदि त्यो हुन सकेन भने क्रान्तिलाई विजयमा पु¥याउन सकिदैन( लेनिन । अहिले एमाओवादी पार्टी दक्षिण पन्थी वा संसोधनवाद तर्फ नलागेको बताउँदै परिस्थिति परिवर्तन सँगै कार्यनीति बदलिएको बताउनु हुन्छ ।
विचारलाई सही ढंगले बुझ्न नसक्नेहरुले केहि आर्थिक हिना मिना गरे होला, व्यक्ति केन्द्रित भएर वा गुटको पक्षपोषण गरे होला ती पात्र पार्टी नीति भित्र पर्दैनन् । ति पार्टी र जनताबाट आफै पाखा लाग्नेमा भण्डारी ढुक्क हुनुहुन्छ । चाकडी प्रथा वा नेतृत्वको वरिपरी घुम्ने अवसर लुट्ने प्रवृती पार्टीमा अब धेरै समय रहन नसक्ने बताउने भण्डारी एमाओवादीले यो दाश्रो संविधानसभाको निर्वाचनमा पनि दुनियाँलाई चकित पार्दै जित्ने दवी गर्नु हुन्छ । तपाईले सभासद बन्न किन चासो नदेखाउनु भाको भन्ने प्रश्नमा भण्डारी आफु पार्टीको नेतृत्व र योजनालाई पूर्ण समर्थन गर्ने मान्छे भएकोले यो चाहियो त्यो चाहियो नत्र काम गर्दिन भन्ने पक्षमा नरहेको पार्टीले जे जिम्मेवारी दिन्छ त्यहि पुरा गर्ने हो भन्नु हुन्छ । एमाओवादीले दोस्रो संविधानसभाको निर्वाचनमा पनि दुनियाँलाई चकित पार्दै जित्ने दावी गर्छन् जिउँदा सहिद भण्डारी । हामीले जनताको खायौं र जनताकै मुक्तिका लागि लड्यौं अनि बलिदान पनि ग¥यौं । यो महान तथ्यलाई यहाँ तोडमरोड गरिएकोमा उहाँले केही मिडियाहरुको रिमोट कसको हातमा छ भनेर प्रश्न गर्नुहुन्छ । ‘अहिले जनताको चेतनाको यो उच्चतासहित आम उत्पीडितहरुलाई मुक्तिमार्ग देखाउने जनयुद्ध महान छ र महान रहिरहनेछ । (प्रस्तुती नारायण सिलवाल)
1 comments:
Honest and totally devoted communist of Dhading.
Post a Comment