धादिङका तीन ठुलादलले केन्द्रमा पठाए उम्मेदवारको नाम
धादिङ । मंसिर ४ गते चुनाव हुन्छ, हुँदैन भईहाले पनि भए रहित वातावरणमा मतदान गर्न पाईन्छ पाईदैन, ढुक्क हुन नसकि रहेको अवस्थामा ठुला ४ दलले भने मंसिर ४ गते जसरी नी चुनावहुने दावी गर्दै आएका छन् । उनीहरुले जिल्ला जिल्लाबाट उम्मेद्वारीको नाम सिफरिस गर्न जिल्ला पार्टीलाई निर्देशन पनि गरि सकेका छन् । यसै सिलसिलामा धादिङको तीन वटै क्षेत्रबाट पनि पहिलो संविधान सभाका ठुला दल (एनेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमाले) ले उम्मेदवारको नाम केन्द्रमा सिफरिस गरेका छन् ।
एकीकृत माओवादीले क्षेत्र र जिल्ला समितिबाट क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ पुष्प विक्रम मल्ल, राजु नेपाल र शुसलिा थापालाई, समानुपातिक तर्फ रामबहादुर भण्डारी, रामसिंङ तामाङ र विरबहादुर तामाङलाई, क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ कल्पना धमला, मनराज भण्डारी र गणेश तिवारीलाई, समानुपातिक तर्फ वेदनीधि अधिकारी दीपक विक र लक्ष्मी थापालाई, क्षेत्र नम्बर ३ बाट प्रत्यक्षमा शालिकराम जमरकट्टेल, उत्तम कडेंल र दिपक लामिछानेलाई, समानुपातिक तर्पm रामबहादुर तामाङ, धुव्र सुवेदी र सृजना रिजालको नाम सिफारिस गरेको छ ।
यसैगरी नेपाली काँग्रेसले क्षेत्र नम्बर १ बाट प्रतक्ष्य तर्फ तीलक रुवाली, दीलमान पाख्रीन, नीराजन सिंखडा, फणीकान्त छत्कुली, बासु तिमल्सिना, रेमश धमला, राजेन्द्र अर्याल र शेर बहादुर तामाङ छानेको छ, भने समानुपातिक तर्फ छानिएका गणेश कुमार श्रेष्ठ, चन्द्र थापा, जेम्स नरस, लक्ष्मण कमाल, श्रीमती दुर्गा दाहाल, निर्मला गुरुङ, हरीमायाँ अधिकरी, रविन्द्र जंग, बिजयतारा तामाङ र चोम घले छन् । क्षेत्र नं २ बाट प्रत्यक्ष तर्फ रामनाथ अधिकारी, भिमप्रसाद ढुङ्गाना, रमेश धमला, शिवराज अधिकारी, नन्दप्रसाद रिजाल, डा.राजाराम कार्की, रामकृष्ण अधिकारी, बद्री अर्याल र गेहेन्द्र मल्ललाई र समानुपातिक तर्फ चिजकुमार श्रेष्ठ, गोपाल विक, अम्बिका अधिकारी , उर्मीला थपलीया, ऋषि धमला, नवराज लम्साल, डि.पी.अर्याल, रामहरी नेपाल, कल्पना अधिकारी, झम्क भट्ट, कृष्णमान शाक्य, शंकर परियार, खिलराज गिरी, भोजबहादुर परियार र सूर्यनारायण ठाकुरको नार्म सिफारिस गरेको छ । त्यस्तै नेपाली काँग्रेसले क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फ शिवप्रसाद उप्रेति, माधवराज पाण्डे, मधुकुमार श्रेष्ठ, देवीप्रसाद सिलवाल, वुद्धलक्ष्मि लामा, विश्वप्रकास अर्याल, देवप्रकास त्रिपाठ्ठी, विदुर प्रसाद अकौलीया र अर्जुनप्रसाद उप्रेतीलाई र समानुपातिक तर्फ हरी अधिकारी १ जनाको नाम सिफारिस गरेको छ ।
यसैगरी नेकपा एमालेले क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ डा.रामकुमार अधिकारी, सम्भु थापा र धनबहादुर घलेलाई सिफारीस गरेको छ भने समानुपातिक तर्फ उमेश थापा, रामहरी अधिकारी, कृष्णबहादुर दाहाल, इन्दिरा ढुङ्गाना लगायत अन्य १० जनालाई सिफारीस गरेको छ । २ बाट प्रत्यक्ष तर्फ गुरुप्रसाद बुर्लाकोटी , खेमप्रसाद लोहनी, गंगादेवी श्रेष्ठलाई सीफारीस गरेकोे छ भने समानुपातिक तर्फ गँगालाल तुलाधर , जगन्नाथ नेपाल, जगन्नाथ तिमल्सिना, जानुका सिंखडा लगायत १० जनाकै नाम केन्द्रमा पठाएको छ । नम्बर ३ बाट प्रत्यक्ष तर्फ राजेन्द्रप्रसाद पाण्डे, भुमि त्रिपाठी र सरस्वती श्रेष्ठको नाम सिफारिस गरेको छ । समानुपाति डा पुष्प कडेँल, मायाँ देवी शर्मा कृष्ण हरी श्रेष्ठ, जितेन्द्र चेपाङ लगायत अन्य १० जनाको नाम सीफारीस गरीएको नेकपा एमाले धादिङले जनाएको छ ।
२०६४ सालको संविधान सभाको निर्वाचमा गत निर्वाचनमा क्षेत्र नम्बर १ बाट पुष्प विक्रम मल्ल, क्षेत्र नम्बर २ बाट कल्पना धमला, क्षेत्र नम्बर ३ बाट शालिकराम जमरकट्टेल प्रत्यक्षबाट निर्वाचित हुनु भएको थियो ।
0 comments:
Post a Comment