Saturday, September 28, 2013

टापबहादुरको गोठमा मकैको घाँसले छोपि राखेको अवस्थामा फेला परेको काठ
असोज १३ । एकिकृत नेकपा माओवादीको सहायक संगठन योङ कम्युनिष्ट लिग धादिङले अवैधरुपमा बेच्नको लागि लुकाई राखेको काठ आफ्नो नियन्त्रणमा लिएको छ । जोगिमारा गाउँ विकास समिति वडा नं. ७ निवासी एमालेका जिल्ला कमिटि सदस्य समेत रहेका टापबहादुर श्रेष्ठले काटेर लुकाईराखेको २४५ थान सालको थाम (काठ)लाई योङ कम्युनिष्ट लिगको सक्रियतामा नियन्त्रमा लिइएको हो । 

यसअधि जिल्ला वन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उक्त स्थानमा काठ नरहेको भनी फर्कीएपछि हिजो एक सय ५० जना भन्दा बढी वाईसीयल र सञ्चारकर्मीहरु टाप बहादुरको घरमा पुगेका थिए । अनुगमनमा गएको सञ्चारकर्मीसहितको वाइसिएलको टोलीले श्रेष्ठको घर नजिकैको गोठमा छोपिएर राखेको अवस्थामा उक्त काठ फेला पारेको हो । 
राजनीतिक आडमा टाप बहादुर श्रेष्ठले ३० लाख बराबरको काठ अवैधानिक रुपमा बिक्रीको लागी राखेको वाईसीयल धादिङका अध्यक्ष चन्द्र बहादुर सिलवालले जानकारी दिनुभएको छ । अध्यक्ष सिलवालले दोषि टाप बहादुर श्रेष्ठलाई जिल्ला बन कार्यलय र प्रहरीले उन्मुक्ति दिन खोजे वाईसीयल धादिङ कडा संघर्षमा उत्रने समेत चेतावनी दिनुभयो । जिल्ला वन कार्यालयले टापबहादुरलाई काठ काट्ने विषयमा अनुमति नदिएको जिल्ला वन कार्यालयले जानकारी दिएको छ । उता टापबहादुर श्रेष्ठका आफन्तहरुले भने आफूले काठमाण्डौमा घर बनाउनको लागि काठ काटेर राखेको बताएका छन् । आफ्नै बारीको काठ काटेको हो । केही स्थानीय मानिसहरुसंग पनि किनेका छौं । आफ्नो पुर्जा भएको जग्गामा काठ काट्न किन नपाउने ?’ उनीहरुकोे प्रतिप्रश्न थियो । श्रेष्ठले आफ्नो घर नजिकैको बाटोमा ट्रयाक्टरमा लोड गर्न तयारी हालतमा सडकमा ८४ थान (थाम), आफ्नै घरमुनी रहेको एक भन्सारमा भन्सारको तल्लो तलामा मकैको घाँसले छोपि राखेको अवस्थामा ११० थान, नजिकै रहेको अर्को घरमा ११ थान, घर नजिकैको बारीमा विविध स्थानमा १५ थान तथा घरमा काठ चिराउने काम गर्ने स्थानमा २५ थान गरी जम्मा २४५ थान काठ तयार गरी राखेका थिए ।

Related Posts:

  • समीक्षाको परीक्षामा समाचार दैनिक डा. गोपाल चिन्तन/ एउटा खास विचारधारा, पार्टी वा समूहको पक्षपोषणका लागि जन्मिएको कुनै पनि प्रकाशनको समीक्षा गर्ने कार्य धेरै चुनौतिपूर्ण काम हो । कि त आफैं पनि त्यही विचार वा समूहको हुनुपर्‍यो । त्यसबेला त आफ्नो प्रकाशन… Read More
  • सरकारद्वारा १ खर्ब ६१ अर्बको एक तृतियांश बजेट प्रस्तुतकाठमाडौं, असार ३१ । सरकारले नयाँ आर्थिक वर्ष २०६९/७० का लागि अध्यादेशमार्फत एक तृतियांश बजेटको घोषणा गरेको छ । आइतबार अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले आउँदो चार महिनाका लागि १ खर्ब ६१ अर्ब २ करोड ४८ लाखको बजेट प्रस्तुत गर… Read More
  • इच्छुकको पुख्र्यौली घर । दाङ, असार १० । प्रगतिवादी साहित्यकार तथा पत्रकार महान शहीद कृष्ण सेन ‘इच्छुक’को अर्घाखाँचीको जलुके–७ सातमारामा रहेको पुख्र्यौली घरको कन्तविजोग भएको छ । दाङको भालुवाङनजिकै राप्ती नदीको किनारमा रहेको उक्त घरमा गत वर्ष … Read More
  • कार्यकर्ताको निधनप्रति एकीकृत माओवादी स्तब्धकाठमाडौं, साउन १ । एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले सातौं विस्तारित बैठकमा सहभागी हुन आउनेक्रममा रुपन्देहीको सुनवलमा सडक दुर्घटनामा दई जनाको मृत्यु भएकोमा दुःख प्रकट गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै … Read More
  • त्रिशुलीमा बस दुर्घटना, मर्नेको संख्या १५ पुग्योगोरखा, श्रावण १ - पृथ्वी राजमार्गको कृष्णभीर सडकबाट सोमबार बिहान त्रिशुली नदीमा यात्रुबाहक बस खस्दा मर्नेको संख्या १५ पुगेको छ । क्रेन लगाएर नदीबाट बस निकालेपछि त्यहाँ थप ६ जनाको शव भेटिएको हो । उदयपुरको कटारीबाट काठमाण्ड… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts