Wednesday, October 9, 2013

हुने नै भयो मंसिर ४ मा निर्वाचन

धादिङबेसी । पहिलो संविधानसभाले संविधान बनाउन नसके पछि दोस्रो संविधानसभाको निर्वाचन गराउन बनेको खिलराज रेग्मी नेतृत्वका सरकारले अन्ततः मंसिर ४ गते निर्वाचन गराउने पक्का भएको छ । सबै दललाई सहभागी गराउने रेग्मी सरकारको पहललाई वैद्य नेकपा माओवादी निकट मोर्चाले बहिस्कार गर्ने भए पछि अन्य दलहरुले निर्वाचन आयोगले तोकेको मिति बिहीबार मुलुकभर प्रत्यक्ष तर्फको उम्मेद्वारी दिएका छन् । 

 धादिङ क्षेत्र नं. १
१.भरत प्रसाद नेपाल– ने.क.पा. माले
२.रुद्र बहादुर गेलाङ मगर– स्वतन्त्र
३.मान बहादुर अधिकारी–मधेसी जनअधिकार फोरम
४.तिलक प्रसाद रुवाली–नेपाली कांग्रेस
५.बुद्धि मान तामाङ–रा.प्र.पा.
६.श्याम लामा तामाङ–रा.प्र.पा. नेपाल
७.दिल बहादुर घिमिरे–ने.क.पा.
८.धन बहादुर घले–नेकपा एमाले
९.फणिकान्त छत्कुली–स्वतन्त्र
१०.ठाकुर सिंखडा–स्वतन्त्र
११.पुष्पबिक्रम मल्ल–एमाओवादी
१२.हरि बहादुर गुरुङ–मंगोल नेसनल अर्गनाइजेसन
१३.बिजय कुमार तामाङ–स्वतन्त्र
१४.चन्द्रबहादुर अधिकारी–स्वतन्त्र
१५.सन्तोष सिटौला–स्वतन्त्र
१६.फैसिंह घले–स्वतन्त्र
१७.मिन बहादुर अधिकारी–अखण्ड नेपाल पार्टी
१८.पंथ तामाङ–स्वतन्त्र
१९.गज ब.लामा–संघिय गणतान्त्रिक समाजवादी पार्टी नेपाल
२०.आइत राम गुरुङ–स्वतन्त्र
२१.डल्ले सार्की– स.ज.पा.
२२.रामेश्वर पोखरेल–सद्भावना पार्टी
धादिङ क्षेत्र नं. २
१.हरि प्रसाद आचार्य– ने.क.पा. माले
२।राजेन्द्र चवाल–नेपाल मजदुर किसान पार्टी
३.रामजी लम्साल–राष्ट्रिय जनमोर्चा
४.कमल  कोइराला–शान्तिपार्टी नेपाल
५.निरवहादुर अधिकारी–अखण्ड नेपाल पार्टी
६.नन्दप्रसाद काप्री–राष्ट्रिय प्रजातन्त्र पार्टी
७.सिुदन खान ठकुरी–चुरे भावर रा.ए.पा.नेपाल
८.विष्णु कुमार श्रेष्ठ–नेपाल परिवार दल
९.अम्विका अधिकारी–स्वतन्त्र
१०.वसन्त आचार्य–स्वतन्त्र
११.गुरु प्रसाद वुर्लाकोटी–नेकपा एमाले
१२.अप्सरा पन्त–राप्रपा नेपाल
१३.कृष्ण प्रसाद लम्साल–स्वतन्त्र
१४.जीत वहादुर दमै–स्वतन्त्र
१५.अर्जुन कुमार श्रेष्ठ–स्वतन्त्र
१६.भरत  ढुंगाना–स्वतन्त्र
१७.नवराज थापा–जनमोर्चा नेपाल
१८.सहदेव तामाङ–राष्ट्रवादी जनता पार्टी
१९.शिवराम भण्डारी–स्वतन्त्र
२०.कल्पना धमला–एमाओवादी
२१.जंगवहादुर तामाङ–संघीय गणतान्त्रिक समाजवादी पार्टी नेपाल
२२.रुद्र वहादुर खत्री–स्वतन्त्र
२३.रामनाथ अधिकारी–नेपाली कांग्रेस
२४.कृष्ण प्रसाद पाण्डे–राष्ट्रिय एकता पार्टी
२५.वद्री नेपाल–स्वतन्त्र
२६.गोमा कुमारी लामिछाने–नेकपा
२७.शंकर दर्जी–स्वतन्त्र
२८सुक्रे सार्की–समाजवादी जनता पार्टी
२९.वीर वहादुर पौडेल–राष्ट्रिय नागरिक पार्टी
३०. सुुर्य  वहादुर थापा–सद्भावना पार्टी
धादिङ क्षेत्र नं. ३
१.रामेश्वर सिंखडा–ने.क.पा. माले
२.देव त्वानावासु– ने.म.कि.पा
३.कर्ण वहादुर तामाङ– राष्ट्रिय जनमुक्ती पार्टी
४.जीत वहादुर भण्डारी–रा.प्र.पा
५.टेक वहादुर भण्डारी–जनमोर्चा नेपाल
६.कान्छा तामाङ–नेपाल कम्युनिष्ट पार्टी
७.सानुकान्छा लामा तामाङ– सिवसेना नेपाल
८.सुदिप उप्रेती–रा.प्र.पा. नेपाल
९.राजेन्द्र प्रसाद पाण्डे– ने.क.पा. एमाले
१०.सुरेश कुँवर–राष्ट्रवादी जनता पार्टी
११.प्रल्हादप्रसाद खकुरेल–स्वतन्त्र
१२.निर्पेश न्यौपाने–स्वतन्त्र
१३.राजकुमार अर्याल–देशभक्त पर्यावरणीय सामाजिक मोर्चा
१४.वुद्धलक्ष्मी लामा –नेपाली कांग्रेस
१५.गंगासागर नेपाल–स्वतन्त्र
१६.शालिकराम जम्कट्टेल–एमाओवादी
१७.टेकवहादुर तामाङ–संघीय गणतान्त्रिक समाजवादी पार्टी
१८.नवराज अर्याल–शान्ति पार्टी नेपाल
१९.सहदेव सिलवाल–स्वतन्त्र
२०.गणेशलाल श्रेष्ठ–स्वतन्त्र
२१.वावुरामथापा काजी–राष्ट्रिय नागरिक पार्टी
२२.प्रकाशचन्द्र रावल–सद्भावना पार्टी

धादिङ जिल्लाबाट राजनैतिक दल र स्वतन्त्र तर्फबाट ७२ जनाले निर्वाचन कार्यलयमा नाम दर्ता गराएका छन् । जस अन्तरगत धादिङको निर्वाचन क्षेत्र न. १ मा प्रत्यक्षमा १३ र स्वतन्त्रमा ९ जना गरी २२ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
यसैगरी धादिङको क्षेत्र न. २ बाट प्रत्यक्षमा २० र स्वतन्त्रमा १० गरि ३० जनाले नाम दर्ता गराएका छन् । जस मध्य चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका उम्मेद्वार सुदन खान ठकुरीको नाम उमेर नपुगेको भन्दै निर्वाचन आयोगले खारेज गरेको छ । धादिङको निर्वाचन क्षेत्र न. ३ मा प्रत्यक्षमा १७ र स्वतन्त्रमा ५ गरि २२ जनाले उम्मेदारी दर्ता गराएका निर्वाचन कार्यलय धादिङले जनाएको छ । 
धादिङबेशीमा तीन वटा निर्वाचन कार्यलयको स्थापना गरि कार्यलयले विहानै देखी दल दर्ता कार्य सुरु गरेको थियो । सिमसिमे पानी परेपनि पानीको प्रबाह नगरिकन दलका नेताहरुले आफ्नो पक्षका कार्यकर्ताहरुलाई सदरमुकाम धादिङबेशीमा उतारेका थिए ।
विगत सैविधानसभाको निर्वाचनमा जिल्लाको ३ वटै निर्वाचन क्षेत्र जितेको एकिकृत नेकपा माओवादीले यस पटक पनि ३ वटै क्षेत्र जित्ने बलिया आधारहरु तयार भएको राजनतिक विष्लेषकहरु वताउँछन् । व्यक्तित्वको हिसावले क्षेत्र नं. १ मा राप्रपाका बुद्धिमान तामाङ देखिए पनि उनको पकट क्षेत्र मानिएका लापा, सेर्तुङ तिप्लिङमा अहिले मतदाता संख्या घट्नु र आन्तरिक द्वन्द्वदले नेपाली काँग्रेस सँग प्रतिस्पर्धा हुने स्थिति रहेको बेला नेपाली काँग्रसको २ जना उम्मेद्वार हुनुले एमाओवादीका पुराना र स्थापित नेता पुष्पविक्रम मल्लले जित्न कुनै कठिनाई नपर्ने समेत आकलन गर्न थालिएको छ ।
त्यसैगरी  धादिङ क्षेत्र नं. ३ मा एमाओवादीका नेता शालिकराम जमकट्टेलले जित्ने हवला एमाले कै नेताहरुको मुखबाट सुनिन थालेको छ । भुमि त्रिपाठी र राजेन्द्र पाण्डे बीच को उम्मेद्वार बन्ने लडाई र गाउँमा स्थिापित भुमि त्रिपाठीलाई गुटको आधारमा टिकट नदिए पछि त्यस क्षेत्रमा एमाले बीच तिब्र असन्तुष्टिहरु छरपष्ट हुन थालेका छन् । जसले गर्दा सुदृढ संगठन र स्थापित मजदुर नेता शालिकरामले अत्याधिक मतले राजेन्द्र पाण्डेलाई हराउने जानकारहरु बताउँछन् ।

Related Posts:

  • माओवादी विस्तारित बैठकमै धर्ना श्रावण ४, काठमाण्डौं । एकीकृत नेकपा माओवादीको विस्तारित बैठकको उद्घाटन कार्यक्रम चलिरहँदा रौतहटबाट आएको एक परिवार कार्यक्रम स्थल बाहिर धर्नामा बसेको थियो ।रौतहट चन्द्रनिगाहपुर-२ का भोजपुरा राज्यसमिति सदस्य देवनारायण भगत एक ब… Read More
  • समीक्षाको परीक्षामा समाचार दैनिक डा. गोपाल चिन्तन/ एउटा खास विचारधारा, पार्टी वा समूहको पक्षपोषणका लागि जन्मिएको कुनै पनि प्रकाशनको समीक्षा गर्ने कार्य धेरै चुनौतिपूर्ण काम हो । कि त आफैं पनि त्यही विचार वा समूहको हुनुपर्‍यो । त्यसबेला त आफ्नो प्रकाशन… Read More
  • आज हलोक्रान्ति दिवस काठमाडौं, साउन ११– देशमा प्रजातन्त्रको उदय हुनुअघि विक्रम संवत २००६ साल साउन ११ गते आजकै दिन राणा सरकारको तानशाही संस्कारसँगै मौलाएको ब्राम्हणवाद र जातीय भेदभावसँगै हलीप्रथा अन्त्यका लागि पहिलोपटक लमजुङको दुराडाँडा अर्चल्यान… Read More
  • विनाको पूर्व श्रीमान भन्छन् मत एक्लिएँप्रकाश दाहालसित मेरो दोहोरो चिनजान थिएन । चिनजान गर्नुपर्ने आवश्यकता पनि ठानिनँ । एउटै पार्टीमा हुँदा पनि न कहिल्यै हात मिलाइयो न जम्काभेट भयो । प्रचण्डको छोराका रूपमा उनको रवाफबारे सुनेको थिएँ । त्यही व्यक्तिले मेरो जीवनक… Read More
  • धादिङ्ग घटनाको प्रतिवेदन सार्वजनिकश्रावण ३ । अन्तरजातीय विवाह गरेका कारण धादिङ्गमा दलित वस्ती विस्थापित भएको घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरि कारबाही अघि बढाउन सरोकारवाला निकायलाई विभिन्न दलित संघसंस्थाहरुले सुझाव दिएका छन् । जागरण मिडिया सेन्टर, दलित ग… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts