रामदीप आचार्य |
सुरुवात
अन्ततस् संविधानसभाको दोस्रो निर्वाचन नौटंकी नै सावित भयो । क्रान्ति र प्रतिक्रान्तिबीचको टक्कर उत्कर्षमा पुगेका वेला संविधानसभाको कार्यनीति बिचौलिया भएर आएको थियो । बिचौलियाको कामै त्यही हो, जता शक्ति उतै ढल्किने । जनता अधिकारका लागि बन्दुक बोकिरहेका थिए । शक्तिमा थिए । संविधानसभा क्रान्तिकारीजस्तो देखियो ।
जनताको हातको बन्दुक खोसियो । प्रतिक्रान्तिकारीहरूले तंग्रने अवसर पाए । संविधानसभा उतै ढल्कियो, बस् भएको यत्ति हो । एमाओवादीको प्रतिकूल हुने गरी परिणाम आउन सुरु हुने बित्तिकैदेखि नेपाली राजनीतिक बजारमा फेरि संविधानसभाको बहस सुरु भएको छ । यहाँ खासगरी एमाओवादीको पराजय किन भयो रु भन्ने मात्र चर्चा गरिनेछ ।अन्ततस् संविधानसभाको दोस्रो निर्वाचन नौटंकी नै सावित भयो । क्रान्ति र प्रतिक्रान्तिबीचको टक्कर उत्कर्षमा पुगेका वेला संविधानसभाको कार्यनीति बिचौलिया भएर आएको थियो । बिचौलियाको कामै त्यही हो, जता शक्ति उतै ढल्किने । जनता अधिकारका लागि बन्दुक बोकिरहेका थिए । शक्तिमा थिए । संविधानसभा क्रान्तिकारीजस्तो देखियो ।
पृष्ठभूमि
एमाओवादीको मूल पृष्ठभूमि जनयुद्ध हो । त्यसमा अरू थुपै्र हाँगा मिसिएका छन् । अहिले एमाओवादी एउटै कम्युनिस्ट केन्द्रको नाममा खिचडी केन्द्र बन्न पुगेको छ । जनयुद्धताका माओवादीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवाललाई मुख्य रूपमा उठायो । खासमा कम्युनिस्ट गणतन्त्र स्थापना गर्नु यसको मूल ध्येय थियो । बिस्तारै कम्युनिस्ट गणतन्त्रको सट्टा लोकतान्त्रिक गणतन्त्रको बिसौनीमा माओवादीको एउटा ठूलो हिस्सा अडिन पुग्यो अनि कम्युनिस्ट गणतन्त्रका लागि भनेर माओवादीको अर्को ठूलो हिस्सा बाहिरिन पुग्यो । अहिले त्यही पहिलो हिस्सा, जो चुनावमा सामेल थियो, पराजित भएको छ । कारण के थिए त रु
कार्यदिशा
‘राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सब थोकको निर्धारण गर्छ’ भनेर माओले विनाकारण भनेका होइनन् । क्रान्तिकारी कार्यदिशा आत्मसात गरुन्जेल आधारभूत रूपमा सबै कुरा ठीक थियो, सुधारवादी कार्यदिशा अवलम्बन गर्नेबित्तिकै सबैतिर गडबड सुरु भयो । सुधारवादी कार्यदिशा रोपेर क्रान्तिकारी बोटवृक्ष बन्न सम्भवै थिएन, भयो पनि त्यस्तै । संविधानसभामा एमाओवादीको पराजय भनेको सुधारवादी लाइनको पराजय हो । एमाओवादीले निर्ममतापूर्वक र वस्तुनिष्ठ समीक्षा गर्ने हो भने पहिला कार्यदिशा सही बनाउनुपर्छ । सही कार्यदिशा हुँदाहुँदै पनि अस्थायी रूपमा पराजय हुनसक्छ । तर, त्यसले वर्गलाई एकताबद्ध राख्न र फेरि संगठित हुन मद्दत गर्छ । बुर्जुवा वर्गको स्थान ओगटेर पुँजीवादी आर्थिक विकास गर्ने हुप्राचौरको लाइन असफल सावित भएको छ । एकपल्ट फेरि यथास्थितिवादी बुर्जुवा वर्गको स्थानमा कांग्रेस नै हाबी भएको छ । अब एमाओवादीले कार्यदिशामा निर्मम समीक्षा गर्नुपर्छ, बुर्जुवा वर्गको पुच्छर बन्ने कि सर्वहारा वर्गको अग्रदस्ता रु
संगठन
कार्यदिशालाई लागू गर्ने माध्यम भनेको संगठन हो । एमाओवादीले क्रान्तिकारी कार्यदिशा छोडेपछि संसद्वादी लाइन समात्यो । तर, संगठन न क्रान्तिकारी भयो, न संसद्वादी । एमाओवादी पार्टी एउटा विशाल भीड जम्मा भएजस्तो भयो, मूल्य–मान्यताविहीन जमघटजस्तो । एउटा प्रणालीमा सञ्चालित चुस्त संगठनविना कुनै पनि लाइन लागू गर्न सकिँदैनथ्यो । एउटा कम्युनिस्ट केन्द्र बनाउने नाममा कुँडाकर्कट पनि जम्मा भए, कुँडाकर्कटमुनि इमानदारहरू पुरिए । निष्ठा र आदर्शविहीन पार्टी भयो । एमाओवादीमा प्रवेश गर्नु र पद प्राप्त गर्नुभन्दा सजिलो काम दुनियाँमा अरू केही भएन । सानेपा या बल्खुमा टिकट नपाएको व्यक्ति एक घन्टाभित्रै पेरिसडाँडामा गएर सजिलै टिकट प्राप्त गर्न सफल भयो । मात्रा बढ्यो, तर गुणमा व्यापक ह्रास आयो । जनमुक्ति सेना विघटन गरियो । योङ कम्युनिस्ट लिग नाम मात्रैको रह्यो । जबसहरू निष्क्रिय बने । मोर्चा संगठनले ठीक भूमिका खेलेनन् । गुटबन्दी चरमचुलीमा पुग्यो । टिकट वितरणमा गुटबन्दी, बार्गेनिङ, धाँधली छताछुल्ल भयो । परिणामतस् सबैलाई थाहा भएकै कुरा हो ।
संगठनात्मक सिद्धान्त जनवादी–केन्द्रीयता एकादेशको कथा मात्रै भयो । संगठन सञ्चालन गर्ने विधि भएन । मूल्यांकन, कार्यविभाजन, कार्यकर्ताको व्यवस्थापनसम्बन्धी सही नीति भएन । सक्नेले लुट, नसक्नेले लुटिऔँ भन्ने नीति नै व्यवहारमा लागू भयो । बिस्तारै आधारभूत जनसमुदायको संगठनमा पहुँच कमजोर हुँदै जानु, अवसरवादी र अभिजात वर्गले संगठनको नाममा फाइदा लुट्नु । तल होइन, माथि फर्कने र सकेसम्म सुमेरु पर्वत घुम्ने कष्ट नगरेर लाजिम्पाट, सानेपा वा झम्सीखेललाई नै सुमेरु पर्वत ठान्ने प्रवृत्ति मौलाउन थाल्यो । संगठनमा विगतको कमजोरीलाई सच्याउने हो भने आधारतभूत जनसमुदाय खासगरी मजदुर र किसानका बीचमा संगठनलाई पुर्याउने र पार्टी कमिटीलाई चुस्त र जुझारु बनाउने काम एमाओवादीले गर्नैपर्छ ।
कार्यनीति
कार्यदिशा नै गलत भएपछि संगठन र कार्यनीति सही हुने कुरै भएन । सक्कली संविधानसभाको दुस्खद अवसानपछि हुने संविधानसभा माओवादीविरुद्ध हुनेछ भन्ने सामान्य आँकलन गर्न नसक्नु नेतृत्वको घोर अदूरदर्शिता हो । ‘असफल कामलाई बारम्बार दोहोर्याउनु पागलपन हो’ भन्ने वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको भनाइ मात्रै आत्मसात गरेको भए यो हविगत हुने थिएन । संविधानसभाको असफल कार्यनीतिलाई रणनीतिकै रूपमा बारम्बार बोकिरहनुले यो परिणाम दिएको हो । खासमा संविधानसभा हामीले जन्माएको बच्चा होइन, हामीले समातेको एके ४७ थियो, जब यो हाम्रो हातबाट खोसियो, तब हाम्रो रहेन । यही कुराको सही व्याख्या गरेको भए जनता र कार्यकर्ता अलमलमा पर्ने थिएनन् । संविधानसभा नेपाली क्रान्तिको उपचरण किमार्थ हुन सक्दैनथ्यो र भएन पनि । अब एमाओवादी एउटा नयाँ निष्कर्षमा पुग्नैपर्छ, क्रान्तिको शान्तिपूर्ण विकासको अवधि समाप्त भएको छ र संक्रमणकालको पनि ।
कार्यशैली
कम्युनिस्ट कार्यशैली भनेको जनशैली हो । शान्तिप्रक्रियापछिको एमाओवादीको कार्यशैली अभिजातवर्गीय कार्यशैलीजस्तो देखियो । वर्ग उत्थान, वर्ग रूपान्तरण । श्रमजीवी जनसमुदायले बिस्तारै पार्टीका नेता र कार्यकर्तालाई घृणा गर्न थाले । आफ्नो साथी, आफ्नो कमरेड, आफ्नो मुक्तिदाता आफूसँग नरहेको बुझे । सुकुम्बासी बस्तीमाथि भएका बुलडोजर आक्रमणले साथी दुस्मन भएको महसुस गरे । प्रेम घृणामा बदलियो । तिनै सुकुम्बासी बुटवलमा बाबुरामको पराजयको कारण बने । शान्तिप्रक्रियापछिको एमाओवादी कार्यशैली ‘धनी बन्नु राम्रो हो’ भन्ने कुराले प्रश्रय पायो । रक्तचन्दनदेखि गैंडाको खाग हुँदै मन्दिरका मूर्तिसम्म मात्र होइन, स्यालका सिङ खोज्न पनि एमाओवादी नै लाग्नुपर्ने अवस्था आयो । जनताबाट लिने र जनतालाई नै दिने माओवादी जनशैली जनताबाट लिने र जनतामाथि शासन गर्ने शैलीमा बदलियो । के एमाओवादीले शिरदेखि पाउसम्म आफ्नो कार्यशैलीलाई सच्याउँछ रु

षड्यन्त्र
संसदीय चुनावको, प्रतिक्रियावादी चुनावको अर्को नाम धाँधली हो । लेनिनले अकारण संसदीय व्यवस्थालाई ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने पसल’ भनेका होइनन् । एमाओवादी साथीहरू त्यही टाउको हेरेर मासु किन्न गएका थिए, उनको भागमा अर्कै मासु पर्यो, भएको यत्ति हो । आफ्नै वर्गभित्र त घात र प्रतिघात कत्ति हो कत्ति हुन्छ भन्ने उदाहरण खोज्न धेरै टाढा जानु पर्दैन । सांसद खरिद–बिक्री गर्न भारतीय संसद्भवनभित्र पैसाका बोरा संसारले देखेकै हो । जनयुद्ध लडेर आएको शक्तिलाई जनताबाट अलगथलग पार्ने र संसारभर क्रान्तिकारी आन्दोलन उठ्नै नदिने साम्राज्यवादी षड्यन्त्रको भद्दा नमुना संविधानसभाको कथित दोस्रो निर्वाचनमा देखियो । एउटा पकेटमारले आफ्नै साथीको पकेट मार्दैन भनिन्छ । एउटा विश्वासका साथ सहकार्य गरेको शक्तिले यति धेरै षड्यन्त्र गर्छ होला भन्ने एमाओवादीले कल्पनासमेत गर्न सकेन । एमाओवादीकै हातबाट सक्कली संविधानसभाको अवसान, हुप्राचौरको प्रायोजित फर्मुलाअनुसार खिलराजको नेतृत्वमा निर्दलीय सरकार गठन र लोकतन्त्रको धज्जी उडाउँदै बुलेटको घेरामा ब्यालेटको छनोट गरियो । एमाओवादीले आफ्नो वर्ग पक्षधरतालाई परित्याग गर्नु र निरन्तर क्रान्तिको सिद्धान्तको उपहास गर्नुले षड्यन्त्रकारीलाई उर्वरभूमि प्रदान गर्यो ।
पार्टी विभाजन
माथि जे भनियो, पार्टी विभाजनको कारण प्रस्टै छ । पार्टी विभाजनको असरलाई एमाओवादीले न्यून मूल्यांकन गर्यो । केही नेता, कार्यकर्ता मात्रै चोइटिएका हुन्, पार्टी विभाजन भएकै छैन, अब बिस्तारै ड्यासहरू वामदेव, सिपी वा एमबी बन्छन् भनेर खिसिट्युरी गर्न थाले । अझ चुनावको अन्ततिर त आफू आँधी बनेर आएको र बहिष्कारवादीहरू फुच्चे सावित भएको घोषणा गर्नसमेत भ्याए । पार्टीका सबै संरचनामा ठाडो विभाजन भएको र त्यसले अत्यधिक प्रभाव पार्ने स्पष्ट तथ्यलाई समेत नजरअन्दाज गरेर उल्टै एक सय ५० भन्दा बढी सिट जित्ने दाबा गर्नुले बुर्जुवा अहंकार मात्रै झल्काउँथ्यो । परिणाम के भयो दुनियाँलाई थाहा छ ।
अन्तमा एमाओवादी पराजयमा प्रितिभोज गर्नु कुनै जरुरी छैन । भेडा खाने बाघले बाख्रा पनि खान्छ भन्ने हेक्का राख्नु मननयोग्य हुन्छ । धेरै हदसम्म पेरिसडाँडाबाट बुद्धनगरमा शरीर मात्र अलग भएको छ, बुद्धि उही छ, कार्यशैली उही छ । संगठनात्मक संचरना उस्तै भद्दा छ । साम्राज्यवादी षड्यन्त्र नष्ट भइसकेको छैन । ठक्कर खाएपछि दिमाग खुल्छ भन्थे, अब बिस्तारै दुवैतिर दिमाग खुल्नुपर्ने हो । न्यूनतम रूपमा प्रतिक्रियावादी दलालहरूको नयाँ गठबन्धन बन्दै छ, त्यसका विरुद्ध संयुक्त मोर्चा बनाएर जाने अनुकूल वातावरण अहिले पैदा भएको छ । यसलाई सदुपयोग गर्ने र कम्युनिस्ट आन्दोलनलाई पुनर्संगठन गर्ने ऐतिहासिक दायित्व पनि यसले प्रदान गरेको छ । सबैले ठन्डा दिमागले सोचौँ । साभारः नयाँ पत्रिका
आचार्य नेकपा–माओवादीका केन्द्रीय सदस्य हुन्

0 comments:
Post a Comment