रामबहादुर भण्डारी |
अन्तरघात आफ्नो पार्टी, व्यक्ति भित्रबाट, पार्टीलाई असहयोग गरिने हरेक योजना असफल, विरोध भन्ने बुझिन्छ । जुन व्यवहार सुन्ने, देख्ने सामान्य मानिसहरुलाई लाग्न सक्छ, यो कस्तो वेईमान, खराव काम व्यावहार गरेको भनेर नीच, घटिया
जस्ता शब्हहरु धोकाको पनि हद हुन्छनी भनेर आक्रोस पोखिहाल्छ ।
यस पटकको संविधानसभाका निर्वाचनमा प्रत्यक्षमा हार्ने उमेदवारहरुले आफुहरु सँग असहमति राख्ने सहयोगी कार्यकर्ताहरुलाई अन्तरघात एवं तथ्य वा तथ्यहिन आरोपहरु औपचारिक वा अनौपचारिक रुपले लगाएर कायकर्ताहरुको राजनीतिक ईतिहासकै हत्या गराई आफ्नो पहँुच पार्टीमा आजीवन टिकाईराख्ने प्रवृत्तिले प्राथमिकता पायो ।

म माथि पनि हार्ने उम्मेद्वारले समानुपातिक सदस्यबाट नाम हटाउन सबै भन्दा सजिलो उपाय भ्रमपुर्ण केहि तथ्यहिन आरोपहरु लगाएर कथित आरोपहरु पुष्टि गराउन समुन्द्रमा डुवेको मानिसले पानी फोके त्यान्द्राको साहारा लिएझै प्रमाण जुटाउन आफ्ना नन्दी भिरीङगी शहिदको रगतसँग साटेर ल्याएको रकमद्वारा घर निमार्ण, घडेरी खरीद र अप्राकृतिक अवसर लुटाएर संरक्षण गरिराखेको केहि अपराधि हनुमानहरुलाई सक्रिय रुपमा भ्रम र दुश्प्रचार गर्न परिचालन गरि जिल्ला पार्टीमा छलफल र निर्णय गर्न नसकि पार्टीकेन्द्रहरुमा ४, ५ जनाको झुटा साक्षि वकपत्र गराई नेतृत्वलाई क्षणिक विश्वास पार्ने कुचेष्टा गरे नै ।
आमपार्टी पंक्ति र न्यायप्रेमी जनसमुदायहरुमा पारेको भ्रम र अन्यौलता बारेमा केहि छलफल गर्ने प्रयास गर्दछु ।
दोस्रो संविधानसभाको निर्वाचनको लागि उम्मेद्वार छनौट गर्न पार्टीले जिल्लामा अभियान चलायो । जिल्ला पार्टी कार्यकर्ता भेलाद्वारा प्रत्यक्षमा मेरो नाम छनौट भयो तर मुख्य नेतृत्वले तपाई समानुपातिकमा उठ्नुहोस् १ मा म उठ्छु मेरो अन्तिम पटक हो २ मा कल्पनाले हार्छ यसमा उठ्नु हुदैन उसले हार्छ ठिक हुन्छ । म उठेर हारे नी हारोस् एमाले काँग्रेसले जितेनी जितोस् भन्दै कार्यक्रम नै समापन नगरि कार्यकर्ताहरुलाई थर्काउदै यो केन्द्रको निर्णय हो परिवर्तन हुदैँन भन्दै, कार्यकर्ताहरुको जनावदी अधिकार माथि नाङगो हस्तक्षेप गरेर उम्मेद्वारी सिफारीस भयो । यी यस्ता नेतृत्वको तानाशाही प्रवृत्ति र कार्यशैलीका कारण धादिङले पराजय भोग्नु प¥यो ।
यस्तो थियो आरोपहरु र वास्तविकताहरु
१, पार्टीलाई सहयोग गरेको समानुपातिकमा मलाई मात्र हाल अर्को प्रत्यक्षको जहाँ हालेनी हाल भनेको जस्ता घटिया आरोप लगाउने कुचेष्टा गरिएको छ ।
२. कार्तिक १० गते चुनाव प्रचारकै क्रममा लडेर मेरो हात भाँचियो शिक्षण अस्पताल महाराजगञ्जमा अप्रेशन भयो जिल्ला नेतृत्वमा रहनेले उपचार सहयोग र सोधनी सम्म भएन, बरु सहयोग गनुपर्छ भनेर हात भाँचेको जस्तो निँच शब्द अभिव्यक्त भयो । उपचारपछि आफ्नो क्षमताले भ्याए सम्म निर्वाचन अभियानमा पार्टीको जिम्मेवारी पुरा गरे । मलाई आरोप लगाउनेले एउटा मात्र मानिस पार्टीलाई असहयोग गरेको प्रमाण ल्योस् त्यस्तालाई लाल सलाम दिन्छु । नत्र आरोप लाउनले लात सलामको सामना गर्न पनि तयार रहनु पर्छ ।
३. पार्टीकार्यलयमा ताला र आगजनी ग¥योे भन्ने आरोप,
पार्टीले समानुपातिक ५४ जनाको अन्तिम नामवली बुझाउने मिति २०७०÷९÷१५ गते म भिमोदय मावि आगिञ्चोक गाँउ विकास समिति वडा न. २ गोलाङको वार्षिक उत्सवमा गएको थिए । १६ गते दिँउसो म आउँदा धादिङ निवासी पुर्व आइजीपी ज्यू (जुन जनआन्दोलन दवाउन लागेका व्यक्तिहरु हुन् ।) उनको नाम समानुपातिकमा एमाओवादी सुचिमा परेपछि आक्रोसीत जनता युवा कार्यकर्ताहरुले पुराना पत्रिका, भाँचिएको प्लाष्टिक कुर्चीहरु जलाएको मैले पछि थाहा पाँए । पार्टी कार्यलय केहि भएको छैन । ताला र आगजनीमा मलाई आरोप लगाउनु निरघार हो तथ्यहरु घट्नामा संलग्नहरु सँग बुझ्दा सत्यको नजिक पुगिन्छ । ‘बाघ कराउनु बाख्रा हराउनु’ ओरालो लागेको मृगलाई रविन्द्र प्रतापहरुले खेद्छन् खेद्नु सत्य भन्ने कुनै वर्ग रहेछ भने अन्त्यमा सत्य पुष्टि भएर छाड्छ ।
३. अचने उमावि त्रिपुरेश्वर का प्रअको १६ लाख रुपँैया लुट्नेलाई जोगाउन खोजेको भन्ने आरोप,
नीज प्रअ र म छिमेकी हौ । मेरो अध्ययनमा उहाँ ईमान्दार खुल्ला स्पष्ट पारदर्शी व्यक्ति हुनुहुन्छ । घट्नाको बारे पुर्णकार्यकर्ताहरुको रुपमा मैले क्षमताले भ्याएसम्म सहयोग गर्दै आएको हुँ तर पछि कहाँबाट आयो राम बहादुर भण्डारी त अपराधि बचाउन लागेको भनेर मै सँग जिम्मेवार पढेलेखेकै व्यक्तिले भनेपछि मैले बुझेको ईमान्दार मानिस प्रति एक्कासी शंका लाग्यो तैपनि उक्त घट्नाको अभियुक्तहरु सँग आज सम्म भेटघाट गरेको छैन । यसरी किन झुट षड्यन्त्रको साहारा लिन्छौ पाखण्डी रविन्द्र प्रतापहरु हाम्रो घर गोठ रित्तो बनाउदा, संगीनले हाम्रो आँखामा प्रहार गर्दा बाँया छातिमा गोली ठोके, हाम्रो रगत पिउँदा पनि तिम्रो चित्त बुझेन शहिद बेपत्ता परिवारको आँशुमा हाँसो डिनर लगाउनेहरुले, के तिमिहरुले अब पनि शान्ति पाँउलाऊ याद गर । यसमा तिम्रा बुझाईमा देश र जनतको मुक्तिको लागि शहिदहरुले बगाएको रगत खेर जान नहिदने शहिदहरुको सपना साकार पार्नको दुष्टमन सँग आक्रोस र वदँला लिने अन्याय म सँग कुनै स्वार्थ र महोत्वकक्षी छैन । न्यायप्रेमी समुदायहरुमा जुन भ्रम पर्न गएको छ त्यो भ्रम आजै दिमागबाट हटाई दिनुहोला । षड्यन्त्रकारी कथित आरोपहरु ‘विनास काले विपरित बुद्धि’ मात्र भनेझै हो ।
जनयुद्धका ति रक्तपिपासुहरु जस्ले दशाँै हजार नेपाली आमाको सपुतहरुको हत्या गरे, हजारौ योद्वाहरुलाई वेपत्ता गराए, लाखौँ मानिसहरुलाई घाईते अपाङग र विस्थापित गराउने साम्राज्यवादी योजना अनुसार जनअपराधका बलिया समृद्ध र जनयुद्ध र जनआन्दोलन दवाउन कुनै कसर बाँकी नराख्ने ति पात्रलाई आज सभाषद बनायौं । मन मनै रामबहादुरलाई सिध्याएँ भनेर खुच्चिङ मानेका होलाउ, भण्डारी मृत्यूलाई जितेर आएको योद्धा हो सभाषद ठुलो कुरा होईन, जनता ठुलो कुरा हो गलत प्रवृतीको विरुद्ध हिजो पनि लडे कै हो आज पनि लड्दै छु । अब हरेक षडेन्त्रहरु जनताले थाहापाई सकेका छन् । अब तानावाना बुन्दै पालै पालो व्यक्तिलाई आक्रमण गर्नेहरु अवश्य नै जनतामाझ त्यसमा पनि एमाओवादी कार्यकर्ता भएर रहन सक्तैन । जस्ले १० बर्षे जनयुद्धदेखी हाल सम्म पार्टी क्रान्ति देश र जनताप्रति रगत, आँशु, पसिना जेल यातना हरेक पाईला वर्गदुश्मन सँग कहिकतै नझुकी योजनामा डटीरहने सर्बहारा वर्गीय पक्षधरताको राजनीतिमा कहि कुनँै कसर बाँकि नराख्ने व्यक्ति चाँहि पार्टीलाई असहयोग गर्ने अन्तरघाती हुने ।
अन्तरघाती को हो ? पार्टी भित्र हुर्केको रविन्द्र प्रतपाहरु होईन ? कागको नाम अरुले वताउन पर्दैन त्यस्तै तिम्रा प्रवृतिहरु अब पहिचान गर्न त्यती गाह्रो भएन । पार्टी आन्दोलनको लामो समयसम्म भुमिगत गिरोहको रुपमा काम गर्दै आएर तित्रा लुकाई हिसाबले तिम्रा असली कम्युनिष्ट खोल निवस्त्र भएको आम पंक्तिमा सार्बजनिक भएको छ । च्यातिएको तिम्रो पोशाक अब बजारमा पाईदैन तिम्रो प्रवृत्ति सँग सती जाने कोहीछन् ? पाउँदैनौ ती ले त छोडीसके, रविन्द्र प्रतापहरुले लगाएको आरोपले मलाई कुनै व्यक्तिगत रुपमा कुनै नोक्सान छैन तर जनताहरुलाई अन्याय भएको सिङगो धादिङ बोल्छ । तिम्रा आरोपले तिम्रो असली चरित्र प्रवृत्ति किटान भएको छ ।(लेखकः भण्डारी एकिकृत (माओवादी) ताम्सालीङ राज्य सम्मेलन आयोजक समितिका सदस्य हुनुहुन्छ) साभारः जनमुक्तिमार्ग साप्ताहिक पुस २९ गते

0 comments:
Post a Comment