Thursday, January 9, 2014

 पौष २५, धादिङबेसी । माध १५ गते देखि धादिङबेसीको खुल्ला मञ्चमा हुने बृुहत कुषि पर्यटन तथा धादिङ औद्योगीक व्यापार मेलाको तयारी तिव्र पारीएको छ । मेलालाई भव्य र सव्य रुपमा सम्पन्न गर्नको लागी आज मेला प्रचार प्रसार समितिको बैठक सम्पन्न भएको हो । मेलाको प्रचार प्रसारलाई तिव्र रुपमा अगाडी बढाउने उद्देश्य सहित बैठकको आयोजना गरिएको प्रचार प्रसार समितिले जनाएको छ । 
प्रचार प्रसार समितिका संयोजक राजेन्द्र प्रताप शाहको अध्यक्षतामा सम्पन्न भएको बैठकमा रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, रेडियो बिहानीका सह–स्टेशन म्यानेजर नारायण सीलवाल, दिव्य दर्शन टेलिभिजनका प्रमुख पोषनाथ अधिकारी, प्रेस युनियन धादिङका अध्यक्ष मुरारी अधिकारी लगायत पत्रपत्रिका र रेडियोमा कामय गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो ।

 साथै बैठक विभिन्न पाँचवटा निर्णय समेत गरेको छ । मेला प्रचार प्रसार उपसमितिले उद्योग बाणिज्य संघ धादिङमा पेश गरेको प्रस्ताव र बजेटको स्वीकृती माग गर्ने, प्रचार प्रसारलाई अधि बढाउन संघ सँग ५० प्रतिशत रकम तत्काल दिन अनुरोध गर्ने, भित्ते लेखनको लागी कोटेशन लेख्न जिम्मा दिने, प्रचार प्रसारलाई तिव्रता दिन एकजना मानवीय श्रोत व्यावस्थापन गर्ने समेत निर्णय गरेको छ । 
उद्योग बाणिज्य संघ धादिङको को आयोजनामा हुन लागेको मेलामा विभिन्न उपसमितिहरु गठन गरिएको छ । माघ १५ गतेबाट सुरु हुने मेला ११ दिन सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । ११ दिन सम्म सञ्चालन हुने मेलामा हस्तकला, दैनिक उपभोग्य सामान, कुषि तथा जडिबुटी, निमार्ण सामाग्री, अटोमोवाईल हस्तकलाहरु पर्दशनीमा राखीने भएको छ । कृषि शैक्षिक संस्था, घरेलु उद्योगका उत्पादन पनि प्रर्दशनीमा राखीने भएको छ । मेलाको लागी स्टल बुकीङ सुरु भएको छ ।

Related Posts:

  • एड्भान्स एकेडेमीमा चिनिया भाषाको कक्षा सुरु धादिङबेसी जेष्ठ ५ । एड्भान्स एकेडेमी धादिङबेशिमा शैक्षिक सत्र २०७१ बाट चिनिया भाषामा कक्षा संचालन शुरु गरिएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि चिनिया भाषामा कक्षा संचालनको विषयमा शिक्षक र अविभावकहरु विच अन्तरक्रिय… Read More
  • कोरियाबाट चेपाङलाई आर्थिक सहयोग जारी दक्षिण कोरियाको किम्हेबाट संकलन  भएको रकम चितवनको लोथर ६ कान्दामा रहेका चेपाङको घर बनाउन कान्दा रुपान्तरण अभियानमा सकृय रहेको  संस्था लक्ष्मी प्रस्तिस्ठान लाई हस्तान्तरण  गरिएको छ । अगस्ट 15 मा लक्ष्म… Read More
  • चट्याङबाट कृषि रेडियोको प्रसारण अबरुद्ध  भरत रेग्मी कृषि रेडियो धादिङ बैशाख १९ धादिङ   । आज बिहान परेको चट्याङबाट धादिङको जिवनपुरमा संचालन भईरहेको कृषि रेडियो को प्रसारण अबरुद्ध भएको छ ।  चट्याङबाट रेडियोको प्रसारणमा रहेको दुईथान कम्प्युटर… Read More
  • शिक्षक बलिदानी दिवस मनाईयो रामकुमार थापा बैशाख २९ धादिङबेसी । १० बर्षे जनयुद्धको समयमा धादिङबाट सहादत गर्नुहुने शिक्षकहरुको सम्झनामा आईतबार अखिल नेपाल शिक्षक संगठनले शिक्षक  वलिदानी दिवस मनाएको छ । तात्कालिन शाहि सेनाले नेकपा माओवादीको दश बर्ष… Read More
  • एमाओवादी कार्यकर्ताकोे जिम्मेवारी बाँडफाड कार्यशैली सुधारौं जनता हाम्रै पक्षमा–भण्डारी धादिङबेसी । एकीकृत नेकपा माओवादी धादिङका नवनिर्वाचित अध्यक्ष रामबहादुर भण्डारीले कार्यकर्तालाई कार्यशैलि सुधार्न अनुरोध गर्नुभएको छ ।  हामी आफ्नै कार्यशैलिका कारण वर्गिय … Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts