
बिक्रम सम्बत् १९९० सालको महाभुकम्प र त्यसले पु¥याएको क्षतिको स्मरण गर्दै हरेक वर्ष माघ २ गते भुकम्प सुरक्षा दिवस मनाउने गरिन्छ । नेपालमा विक्रम सम्बत् १९९० साल माघ २ गते ८ दशमलव ३ रेक्टर स्केलको भुकम्प जाँदा आठ हजार पाँच सय १९ जनाको ज्यान गएको थियो । राष्ट्रिय भूकम्प दिवस २०७० को अवसरमा नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाले भूकम्प आउनु अघि, आइरहेको बेलामा र आइसकेपछि अपनाउनुपर्ने सतर्कता र जोगिने उपायको सम्बन्धमा अभ्यास मुलक कार्यक्रम सञ्चालन गरेको हो । यसैगरि आजै जिल्ला प्रशासन कार्यलय धादिङबेसीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोख्रेल, प्रहरी प्रमुख अशोक सिंह, राजनीतिक दलका प्रमुखहरु, नेपाल रेडक्रस सोसाईटिका सभापति ईश्वरी प्रसाद अधिकारी, सरकारी कार्यलयका प्रमुख, राजनीतिक दलका प्रमुख एवम् प्रतिनीधि, नेपाली सेना र शसस्त्र प्रहरीका प्रमुख एवम् प्रतिनीधि, सरकारी कार्यालय तथा गैर सरकारी संघ–संस्थाका प्रमुख, नेपाल रेडक्रस सोसाइटीका स्वयमसेवकहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
0 comments:
Post a Comment