Thursday, January 16, 2014

धादिङ माघ ३ । जिल्ला प्रहरी कार्यालय गोरखाले नागरिकका गुनासा सुन्न र अन्तरक्रिया गर्न फेसबुक पेज फेसबुक पेजमा नागरिकका गुनासो संकलन गर्न छुट्टै फारम बनाएर राखिने र सेवाग्राहिले त्यसलाई डाउनलोड गरी फर्म भरेर म्यासेज बक्समा पठाउन सक्ने बनाएको छ । यता धादिङ प्रहरीको भने नागरीक सुरक्षामा त्यति ध्यान दिएको पाईदैन । तर छिमेकी जिल्लाका भने प्रहरी प्रतिको अपेक्षा, गुनासा सुन्न र सल्लाह, सुझाव लिन फेसबुक पेज बनाएको प्रहरी प्रमुख डिएसपी रमेश थापाले बताउनुभयो ।
‘धेरैतिर फेसबुकको दुरुपयोग भएको पनि देखिएको, सुनिएको छ तर हामी चाहि यसको उपयोग गरेर शान्ति सुरक्षा मजवुत बनाउन र अपराध नियन्त्रणको लागि प्रयास गर्नेर्छौ ।’कार्यालयमा आएर पनि सन्तोषजनक सेवा नपाएकाहरुले भने कार्यालयमै उपलब्ध गराइएको फाराम भरेर उजुरी गर्न सक्नेछन् ।
प्रहरीको नागरिक सहायता कक्षामा रहेको फाराम भरेर उजुरी पेटिकामा राख्न सकिने थापाले बताउनुभयो । ‘उजुरी गर्नेको नाम गोप्य राखिनेछ, उजूरीपेटिकाको साचो मसग मात्रै हुनेछ’ उहाले भन्नुभयो । उजुरीमा उल्लेख भएअनुसारको कसुर गरेको पाइए तत्काल जागिरबाट हटाउनेसम्मको कारबाही गर्ने उहाको भनाई छ ।
विभिन्न आपराधिक समूह र स्वार्थ समूहहरुसग प्रहरीहरु नजिक हुने गरेकोप्रति आफू सचेत रहेको डिएसपी थापाले बताउनुभयो । ‘कुनै अपराधीसग डराउने प्रहरी प्रहरीनै होइन, उसलाई पुलिसको ड्रेस लगाएर बन्दुक बोक्ने हक छैन’ थापाले भन्नुभयो ‘डराउने पुलिसहरु जागिर छोडेर गए हुन्छ ।’
जिल्लामा पछिल्लो समय आत्महत्याको घटना बढ्दै गएकोप्रति पनि आफूहरु गम्भीर भएको उहाले बताउनुभयो । नागरिकलाई आत्महत्या गर्न वाध्य पार्ने कारण केलाएर सचेतनामूलक कार्यक्रम  गर्ने तयारी भैसकेको थापाले बताउनुभयो । त्यसका लागि आवश्यकता अनुसार सामुदायिक प्रहरीको अवधारणा  पनि कार्यान्वयन गर्ने डिएसपी थापाले बताउनुभयो । यता धादिङका डिएसपी साव भने जनताको कर्मचारी भन्दा पनि जनताका मालिक जस्तै बन्ने गरेको गुनासो बाहिर आउने गरेको छ धादिङ शान्ति सुरक्षाको नाममा डिएस्पीले जनतालाई दुख दिने गरेको र मुख्य घटनालाई ओझेलमा पार्ने गरेको धादिङबेसी बाट खहरे लाँदै गरेको लाखौ लुटेराहरुको अझै पनि पहिचान गर्न नसक्नुले झनै प्रश्न चिन्ह उठेको पिडीतहरुको गुनासो छ । धादिङका डिएसपी साव् पनि मालिक भन्दा सेवकको वानी वसाले धादिङको शान्ति शुरक्षामा सुधार आउँथ्यो की ?



Related Posts:

  • आज हलोक्रान्ति दिवस काठमाडौं, साउन ११– देशमा प्रजातन्त्रको उदय हुनुअघि विक्रम संवत २००६ साल साउन ११ गते आजकै दिन राणा सरकारको तानशाही संस्कारसँगै मौलाएको ब्राम्हणवाद र जातीय भेदभावसँगै हलीप्रथा अन्त्यका लागि पहिलोपटक लमजुङको दुराडाँडा अर्चल्यान… Read More
  • काँग्रेस कार्यकताद्वारा माओवादी कार्यालय तोडफोड धादिङ १५ आश्विन नलाङ ।  एकीकृत नेकपा माओवादी नलाङ गाउँ पार्टी कार्यलयमा भएको तोडफोडको घट्ना प्रति एकीकृत नेकपा माओावादी धादिङले  भन्र्सना गरेको छ । नलाङ गाविस वडा नं ४ का दिपक गुरुङ, हरी गुरुङ र सुजित विश्वकर्माको… Read More
  • एमाओवादी धादिङको सम्मेलन सकियो धादिङ । एकीकृत नेकपा माओवादी धादिङको दोस्रो जिल्ला सम्मेलन आईतबार सम्पन्न भएको छ । माघ २० गतेदेखि हेटौडामा हुन गईरहेको राष्ट्रिय महादिवेशनमा पठाउने प्रतिनिधि÷प्रर्यवेक्षकहरुको छनौट गर्दै सम्मेलन सम्पन्न भएको हो । करिब ५००… Read More
  • एमाओवादी धादिङको सम्मेलन माघ १३गते हुँदै धादिङ । एकीकृत नेकपा माओवादी धादिङले जिल्ला समितिको दोस्रो सम्मेलन यही माघ १३ गते गर्ने भएको छ । एनेकपा माओवादी धादिङको राज्य समिति सदस्यहरुको बिहीबार धादिङबेसीमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । एकताको दोस्रो जिल्ला स… Read More
  • एमाओवादी धादिङको सम्मेलन २२ वर्ष पछि भोली हुँदै धादिङ १२ माघ । एकीकृत नेकपा माओवादी धादिङको भोलि हुने एकताको दोस्रो जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सम्मलेन आयोजक मूल समितिका संयोजक पुष्पविक्रम मल्लले बताउनुभएको छ । सम्मेलन २२ वर्ष पछि भोली हुने भएको हो । मल्ल… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts