गंगालाल गुरुङ |
सामाजिक सञ्जाल फेसबुक अहिले सबैको ओठ–ओठमा झुण्डिएको छ । फेसबुक नाम नसुन्ने सायदै होलान् । उमेरले चार बीस काटेका हजुर बुवा र आमाले पनि अहिले फलानो नातीको फोटो कस्तो छ हेरौ न बाबु तिम्रो फेसबुकमा होलानी भनेर भन्ने गर्दछन् । २१ औ शताब्दीमा अहिले फेसबुक आधारभूत आवश्यकता जस्तै बन्नपुगेको छ । बिशेष गरी युवा पिढीलाई फेसबुकको मोहले चुर्लुम्म डुवाएको छ । सबैको ध्यान फेसबुकमा केन्द्रीत भएको छ ।
गाउँको कुना कन्दरामा बाख्रा चराउनेदेखि सरकारी अफिसको हाकिमसम्मको ध्यान समेत तान्न सफल भएको छ । बिशेष गरी क्याम्पस तहमा अध्ययन गर्ने मानिस १६ बर्ष देखि ३० वर्षसम्मको मानिसले बढि मात्रामा फेसबुक चलाउने गरेको पाईन्छ । हुन त अन्य व्यक्तिले पनि फेसबुक नचलाउने भने होईन यो उमेर समुहको मानिसले बढि मात्रामा फेसबुक प्रयोग गरिरहेको पाईन्छ । फेसबुकमा फोटो अपलोड गर्नु कति उचित र कति अनुचित भन्ने कुरा ख्याल गर्नु आजको आवश्यकता हो ।
आफूले पढ्ने पुस्तक पनि यसरी नै हेरेको भए परीक्षामा राम्रो अंक र सर्टिफिकेट पनि राम्रो अंकको नै आउने थियो । फेसबुकमा हरेक दिन फेटो अपलोड लाईक कमेन्ट गरेर आखिर के पाइयो ? प्रश्न यहाँनेर खडा हुन्छ । बिहान जुरुक्क उठ्यो फेसबुक हे¥यो बेलुका ११ बजेसम्म पनि त्यसलाई नै एकोहोरो हेरिरह्यो आखिर के पायो प्रयोगकर्ताले ? नेपाल टेलिकम र एनसेलबाट एम बि किन किन भनेर म्यासेज आउछ अनि किनेर चलायो पैसाको नाश समयको नाश जवानीनाश कसलाई थाहा छ र यो कुरा अहिलेका युवा पिढीलाई ।
हरेक चीजको सकारात्मक र नकारात्मक प्रभाव हुने गर्दछ । नेपालमा फेसबुकले राम्रो भन्दा नराम्रो प्रभाव पारिरहेको छ । हुन त स्वदेश तथा बिदेशमा रहेको आफ्ना आफन्त साथीभाइको हाई सञ्चोको कुरा अनि एक आपसमा सुख दुःखको कुरा साटफेर गर्न पाउनु राम्रो कुरा हो । सदियौँदेखि टाढा रहेको साथीहरुसँग मेल गराईदिन्छ कसैको घरवार जोडिदिन्छ यो राम्रो कुरा हो । तर कसैको जोडिएको घरवार तोडिदिन्छ फेसबुक त कमालपो छ त । फेसबुकमा अनेक थरीका मानिसको भेट हुन्छ कोही आफ्नै मन मिल्ने साथी भेटिन्छ कोहि मामाको छोरी, कोहि आमाको छोरी भेटिन्छ त कोहि साली भेटिन्छ, कोहि काली भेटिन्छ । फेसबुक पछिल्लो समयमा आएर अहिलेको मानिसको खेलौना बनेको छ । किनकी यसलाई सही सदुपयोग गर्न नसक्दा अनेक थरिका घटनाहरु पनि घट्न पुगेका कुराहरु बिभिन्न पत्रपत्रिकामा पढ्न नपाएको पनि होईन । समयको माग अनुसार फेसबुक सबैले चलाउनु राम्रो हो बिभिन्न घटना परिघटनासँग सम्बन्धित विज्ञ हुनु राम्रो हो ।
फेसबुकमा हाल आएर नानाथरिका फोटो अपलोड गर्ने धमाका नै मच्चिएको छ । मन्दिर गयो सिधा शरीर बटारिएर पोज दिएको भन्दै फोटो खिचेर फेसबुकमै थुपारेका छन् । दशै तिहार आयो टिका लगायो त्यै फेसबुकमै राखेका छन । भातखाएको देखि जाँड खाएको सम्मफोटो फेसबुकमा देख्न पाईन्छ । आहा ! क्या कमाल छ है फेसबुक यसरी आफ्नो फोटो फेसबुकमा छरपष्ट पार्दा यसले पछि के प्रभाव पार्छ भन्ने कुरा सायद अहिलेको मानिसलाई थाहा नै छैन । यदि तपार्इँले अपलोड गर्नुभएको फोटोलाई राखेर कतै अरुले दुरुपयोग त गरेको छैन ? अनि तपाईँ फोटो राखेर तपार्इँकै नामबाट फेसबुक अरुले नै चलाएको त छैन ? सजग रहनुहोला ।
पछिल्लो समयमा आएर फोटो अपलोडमा लाईक र कमेन्टमा समेत मानिसको झगडा समेत पर्ने गरेको छ मेरोमा त यति लाईक आयो तेरोमा त छि कति थोरै यस्तै यस्तै भनि मनमुटमव समेत हुने गर्दछ । आखिर के पाउछ र कसैको फोटो र स्टाटसमा लाईक र कमेन्ट गर्दैमा पुरुस्कार जित्ने जस्तै कुरा पो गर्छ त अहिलेको फेसबुक प्रयोगकर्ता ? अहिले आफ्नो फोटो अरुकोमा टयाग गरिदिने नानाभाती भनेर कमेन्ट गर्ने । सेक्स भिडियो सेयर तथा टयाग गर्ने आदि कुरा प्रवल मात्रामा हुने गरेको छ । यदि सामाजिक सञ्जाल दुरुपयोगको अभियोग लागेमा तपाईँ चिसो खान समेत पर्न सक्नुहुन्छ । फेसबुकको सहि सदुपयोग गर्न सकेमा यहाँ हरेक किसिमका ज्ञानगुनका कुरा पाउन सकिन्छ भने यहि फेसबुकबाट तपार्इँ इज्जत समेत गुम्न सक्छ । फेसबुक चलाएर खेर फाल्ने समयमा केहि सिर्जनात्मक साेंच तथा बिकास गर्न सकेमा सहि समयको सदुपयोग हुने देखिन्छ । फेसबुकलाई राम्रो सम्बन्ध नबनाए कुनै बेला नराम्रो बाटोतर्फ धकेलिरहेको हुन्छ ।
नेपालमा फेसबुकको चलनमा आएको धैरे भएको छैन तर पनि अधिकाँश मानिसको मन एकाएक जित्न सफल भएको छ । हरेकले पानी पधेरो र बाटो घाटोमा भेट्दा पनि आखिर फेसबुककै कुरा हुने गर्दछ । आज त फलानोले फेसबुकमा नयाँ फोटो राखेको रहेछ । उसले त प्रोफाईल फोटो परिवर्तन गरेछ । आखिर यसले के दियो र के दिएन भनेर नियाल्न सक्नु पर्छ । कतिको सार्ईत जराईएको छ फेसबुकले तर पनि यसको भरमा नै परेको मान्छेले कति हन्डर ठक्कर खानु परेको छ ।
नेपालमा एकाएक चर्चामा आएको मोवाईल फेसबुकले हरेकको क्षेत्रमा प्रभाव पारिरहेको छ । चोरको हजार दाउ भनेजस्तै आफ्नो बाबु दाजुभाई लाई फेसबुकमा बन्द गरेर नाना थरीका कुरामा ब्यस्त मानिसको पढाईमा नकारात्मक असर परेको कुरा थाहा नै हुन्न । जो बिवाहित महिला हुनुहुन्छ कत्तिको त घरवार पनि बिग्रिएको कुरा सुनेका छौँ ।
वास्तवमा फेसबुकले मान्छेलाई एक किसिमको लत पारेपछि छोडन गाह्रो पर्ने गर्दछ । हाल आएर फेसबुकमा बिशेष गरि आफ्नो मनको वह पोख्ने थलो समेत बन्न पुगेको छ । आफ्नो मनभित्र लुकेर रहेको अन्र्तमनको भावलाई कसरी हुन्छ कसैले कविताको माध्यमबाट त कसैले गीत, गजल , मुक्तम सायरी डायरी आदि कुराहरु ओकलिएको हुन्छ । आखिर ती कुराहरुलाई आफ्नो डायरीमा संकलन गरेर कुनै साहित्यीक कृति निकाल्न सके राम्रो हुनेथियो । मायाँ केहो ? जीवन के हो ? कतै रोईरहेको कतै हाँसिरहेको फोटो यस्तै छ बिचित्रको केन्द्र बन्न सफल भएको छ फेसबुक जीवनमा घटेको घटनालाई एकआपसमा साटासाट गर्ने माध्यमको थलो फेसबुकले मान्छेको सिर्जनात्मक क्षमतालाई भने क्षति पु¥याएको छ ।
अरुको साहित्य चोर्ने अनि कुनै नयाँ कुरालाई साभार गर्ने यसले त एक किसिमको नराम्रो बानीको बिकास गराएका छ । बिशेषगरी अंग्रेजीमा शुद्ध लेख्ने बानीको पनि हराईसकेको छ । जस्तो hi k6 khabar भन्दा यो सहि हो या होईन कसरी छुटयाउने नत शुद्ध अंग्रेजी न त गणितीय भाषा अनि उत्तर आउछ thikai cha n u यो त झन् कताको भाषा हो कतै परीक्षामा पनि you लेख्नु पर्ने ठाउँमा u लेखेर आयो भने त शिक्षकले पनि यो बिद्यार्थीले फेसबुकको परीक्षामा त राम्रो गर्दो रहेछ भनेर तपाईँलाइ फेसबुकको परीक्षा लिनुहोलानी है ? यो जस्तो फेसबुकको प्रगति अरु के होला । धन्यवाद फेसबुकले नयाँ तरिकाबाट लेख्ने बिकास गरिदिएकोमा ।

0 comments:
Post a Comment